डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Tuesday, April 30, 2019

कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण, कसरी बच्ने?

डिजिटल सामग्रीहरु मानव जीवनको अभिन्न हिस्सा बनेका छन्। मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर , टेलिभिजन जस्ता डिजिटल सामानको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन। पछिल्लो एक दशकमा नेपालीमाझ मोबाइल र ल्यापटपको प्रयोग ह्वात्तै बढेको पाइन्छ। यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले हाम्रो दैनिक जीवन सहज गराए तापनि लामो समयसम्मको प्रयोगले आँखा र दृष्टिामा गम्भीर असर गर्ने गरेको पाइन्छ। यस्ता समस्याबाट नेपाली समाजमा धेरै मानिस अन्जान छन्। "भिजन काउन्सिल" नामक एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा विश्वमा हरेक मानिस औसतमा प्रत्येक दिन सात घन्टा कम्प्युटरजन्य सामाग्री नजिक रहेर काम गर्ने गर्छन्। यही संस्थाको अनुसन्धान रिपोर्टका अनुसार अमेरिकामा मात्र ५०-८० प्रतिशत कम्प्युटर प्रयोगकर्तालाई "कम्प्युटर भिजन सिन्ड्रोम" नामक समस्याले पिरोलेको पाइन्छ।...

Monday, April 29, 2019

गाईबस्तुको दुधको प्रयोग गरि रोग किरा नियन्त्रण बिधि!!

गाईबस्तुको दुधको प्रयोग गरि रोग किरा नियन्त्रण बिधि!! * गाईको दुध र पानी बरावर भाग मिसाएर प्रत्येक २ दिनको अन्तरालमा पात, डाँठ सबै भाग भिज्ने गरी स्प्रे गर्दा केराउ, टमाटर, खुर्सानी, जुकुनी, लहरे तरकारी र गहुँमा लाग्ने सेतो धुले ढुसी नियन्त्रण गर्न सकिन्छ (भण्डारी, २०६३) । * एक लिटर पानीमा १०० मिलिलिटर गाईवस्तुको दूध मिसाएर छर्कदा भाईरसबाट लाग्ने रोगहरुबाट बोट बिरुवालाई जोगाउन सकिन्छ । यस्तो कृषकहरुले काउली र बन्दाको पात गुजमुजिने, पहेंलो हुने, पातको छिर्के सेतो थोप्लेरोग लाग्न नदिन र बिरुवा राम्रोसंग बढ्छ भन्ने उद्देश्यले १ लिटर दूध ४लिटर पानीमा मिसाएर नर्सरीबाट बेर्ना सारेको १ महिना पछि स्प्रे गर्ने चलन पाईएको छ (भण्डारी, २०६३) । * एक लिटर गाइको दुधमा २ लिटर पानी थपी छर्कनाले काँक्रो, फर्सी, करेला, गोलभेंडा, खुर्सानी, आलु आदिको...

Saturday, April 13, 2019

Tuesday, April 9, 2019

photo

...

Sunday, April 7, 2019

Tuesday, April 2, 2019

तरकारीको उचित मुल्य नपाउंदा हांडीखाेलाका कृषक चिन्तित

 सबै किसानकाे उचित बजारिकरिकरणकाे पहुंच नहुनु बिचाैलियाहरूकाे बिगबिगि सम्वन्धित निकायकाे माैनता  अाधुनिक प्रविधिकाे अभावले उत्पादन लागत बृदि किसानले बजारमुखी उत्पादन गर्न नसक्नु  लगायत विविध समस्याकाे चपेटामा यस हांडीखाेलाका कृषकहरू पर्ने गरेका छन ।जसकाे परिणाम स्वरूप उत्पादित तरकारी नविकि खेतमै कुहिएर जाने गरेकाे छ । हाल भण्टा उत्पादन गर्ने किसानलाइ यस्तै समस्याले सताइरहेकाे छ । प्रति के.जी. ४/५ मा पनि भण्टा नविक्दा यहांका किसानहरू चिन्तित छन् ।यस्तै अवस्था रहने हाे भने कृषिलाइनै मुख्य पेषा बनाएका  कृषकहरू चरम अार्थिक संकटमा  पर्न सक्ने देखिन्छ ।यस वर्ष काउलिकाे सिजनमा पनि यंहाका किसानले यस्तै समस्या भाेग्नु परेकाे थियाे । ऋण सापट गरि तरकारी खेतीमा गरिएकाे लगानि यसरीनै फस्दै जानेहाे भने  कृषि पेसानै धरासायीमा...

Monday, April 1, 2019

jyotish

विर्यान्विते राहुसमेतराशिनाथान्विते राहुयुते विलग्ने। सर्पाद् भयं विक्रमराशिनाथे बुधेन युक्ते गलरोगमेती।। अर्थात् >:-          यदि तृतीयेश बलवान् भएर राहु जुन राशिमा छ उसैको साथ होस् तथा राहु लग्नमा छ भने सर्पको डर भए हुन्छ।        ज्योतिषमा राहुलाई सर्प सग विशेष सम्बन्ध राख्ने मानिन्छ। फलदिपमा राहुको अधिपति सर्प लाई मानिन्छ। त्यसैले भावार्थमा भन्नू पर्दा…………………………………………।        जहाँ राहु त्यहा सर्प भुजगाधिनाथ को योग मानिन्छ भने जहाँ राहु त्यहा पुत्र सुखमा बाधा अर्थात् जुन राशिमा राहु छ त्यहा परासरले भन्दछ। " सर्पशापात् सुतक्षय:" त्यसैले जुन राशिमा राहु त्यसै भावलाई अवश्य प्रभाव पार्दछ। कश्यप ज्योतिष सेवा  कुश कश्य...

Page 1 of 3112345Next

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes