डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Saturday, May 25, 2019

HAMRO BAREMA

धेरै बिसयबस्तुलाई  एकै  ठाउमा  समेटी  एउटै  पेज बाट धेरै जानकारी  गराउने यस  पेज को मुख्य उद्देश्य हो . बिशेस गरी ग्रामीण  परिबेश कृषि सहकारी  ज्योतिषि  पशुपालन  नेपाली साहित्य  आधुनिक प्रबिधि तथा समसामयिक  बिसयबस्तु बारे भरपूर  जानकारी दिने  हाम्रो उद्देश्य  हो . 

 पेजका एडमिनहरु 

१. सुनील कुमार अर्याल - मनहरी  ३ मकवानपुर



















२. ज्योतिष कुशहरी  अधिकारी -हेटौडा ४ मकवानपुर

Friday, May 10, 2019

राष्ट्रिय वाणिज्य बैंक परिक्षा तयारी

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा खेल्ने भुमिका
मुलुकका बैँक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रिय बैँक रहेको हुन्छ । नेपालको केन्द्रिय बैँक नेपाल राष्ट्र बैँक हो । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका छन् । साथै, सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा व्यवस्थापनको काम पनि नेपाल राष्ट्र बैँकले नै गर्ने गर्दछ ।
नेपाल राष्ट्र बैंकमा स्थापना कालदेखि नै विभिन्न राजनीतिक हस्तक्षेपहरु हुने गरेका थिए । जसले गर्दा विद्यमान ऐन तथा व्यवस्थाले पुर्णता नपाउने अवस्था थियो । पटकपटक गर्भनर परिर्वतन भइरहँदा राष्ट्र बैंकको कार्य प्रणालीमा कठिनाई आउने गरेको थियो । यस्तो झन्झट र राजनीतिक हस्तक्षेप हुन थालेपछि राष्ट्र बैंकको ऐन नै परिवर्तन गर्ने निर्णय भयो । त्यसै अनुरुप २०५८ सालमा ऐेन परिवर्तन भयो । सोही ऐनअनुरुप हाल नेपाल राष्ट्र बैँकले आफ्ना काम कारबाही अघि बढाइरहेको छ ।
नेपाल राष्ट्र बैंकका उद्देश्यहरु:-
१. अर्थतन्त्रको दिगो विकासको निमित्त मुल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौदि«क तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,
२. बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रर्वद्धन गर्ने,
३. सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने,
४. बैंकिङ तथा वित्तीय प्रणालीको नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,
५. नेपाल अधिराज्यको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको सम्बद्र्धन गरी सोप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने ।
यी उद्देश्य हासिल गर्न राष्ट्र बैंकलाई सोही ऐनले नेपाली नोट तथा सिक्का निष्कासन र व्यवस्थापन गर्ने, मौदि«क नीति तर्जुमा र कार्यान्वयन गर्ने, विदेशी विनिमय नीति निर्माण गर्ने र विदेशी विनिमय सञ्चिति व्यवस्थापन र सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थालाई सञ्चालन इजाजतपत्र दिनुका साथै तिनलाई नियमन–सुपरिवेक्षण गर्ने, सरकारको बैंकका रुपमा कार्य गर्ने, बैंक तथा वित्तीय संस्थालाई आवश्यक पर्दा कर्जा प्रदान गर्ने, भुक्तानी प्रणाली र हिसाब मिलान पद्धतिलाई नियमन तथा व्यवस्थित गर्ने लगायतका कार्यभार प्रदान गरिएको छ ।
नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकारहरु:-
१. बैंक नोट तथा सिक्का निष्काशन र व्यवस्थापन गर्ने,
२. मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने,
३. विदेशी विनिमय नीति निर्माण गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने,
४. विनिमय पद्धति निर्धारण गर्ने,
५. विदेशी विनिमय संचितिको व्यवस्थापन र संञ्चालन गर्ने,
६. बैंक तथा वित्तीय संस्थालाई वित्तीय कारोबार गर्न अनुमति दिने र त्यस्तो कारोबार कानुन बमोजिम भए वा नभएको सम्बन्धमा नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,
७. नेपाल सरकारको बैंकर सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने,
८. वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने,
९. भुक्तानी, फछ्र्यौट ९क्लियरिङ० तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने,
१०. बैंकका निर्धारित उद्धेश्य हासिल गर्नको निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने, गराउने ।
मुलुकको अर्थतन्त्रमा राष्ट्र बैंकको भूमिका:-
नेपाल राष्ट्र बैँकले मुलुकको समग्र अर्थतन्त्र निर्माण तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । समग्रमा सरकारका लागि राष्ट्र बैंकले निर्वाह गर्ने तीन भूमिकाहरु यसप्रकार छन्ः
आर्थिक सल्लाहकारः सरकारका सबै आर्थिक लेनदेनको रेकर्ड राष्ट्र बैंकसँग हुन्छ । राष्ट्र बैंकले सरकारको प्रमुख आर्थिक सल्लाहकारको रुपमा भूमिका खेलेको हुन्छ । विशेषतः सरकारको बजेट निर्माणको विषयमा राष्ट्र बैँकले सल्लाहकारको भूमिका खेल्ने हुन्छ । पूर्वबजेटको समीक्षागत प्रतिवेदन तयार गरी राष्ट्र बैँकले सरकारको सहयोगी भूमिका निर्वाह गर्दछ । त्यस्तै, प्रत्येक बर्ष अर्थमन्त्रिले बजेट पढिसकेपछि राष्ट्र बैंकलाई आर्थिक सर्वेक्षणको लागि निर्देशन दिएको हुन्छ । त्यसको लागि नेपाल सरकारसँग सहकार्य गरेर काम गर्छ । त्यस्तै, नेपाल सरकारले बाह्य क्षेत्रबाट ऋण लिंदा ऋण रकमको राशि, सोको प्राप्ति तथा ऋण सापटीका शर्त वा अवस्था तथा ऋणको भुक्तानी जस्ता विषयमा राष्ट्र बैंकसँग परामर्श लिने गर्दछ ।
वित्तीय एजेण्टः सरकारको वित्तीय एजेन्टको रुपमा नेपाल राष्ट्र बैँकले सरकारको तर्फबाट पैसा उठाइदिने गर्छ । सरकारलाई बैँक तथा वित्तीय संस्थाबाट ऋण लिन परेमा ट्रेजरी विलमार्फत तथा जनताबाट ऋण उठाउन परेमा बचतपत्र निष्काशन गर्ने काम नेपाल राष्ट्र बैँकले गर्दछ । नेपाल सरकारसँग भएको सम्झौताका आधारमा निर्धारित शर्त वा सीमाको अधीनमा रही नेपाल सरकारद्वारा जारी गरिएका ऋणपत्रको खरिद बिक्री गर्ने, बजार व्यवस्था गर्ने, हस्तान्तरण गर्ने र सोको अभिलेख राख्ने जस्ता कारोबारहरु गर्न पाउने अधिकार नीतिगत रुपमा नै राष्ट्र बैंकलाई दिइएको छ ।
बैंकरः नेपाल राष्ट्र बैंकले सरकारको बैँकरको रुपमा पनि काम गरेको हुन्छ । सरकारको खाता नेपाल राष्ट्र बैंकमा नै रहेको हुन्छ भने त्यहींबाट सरकारको लेनदेन हुने गर्दछ ।
अन्य कार्यहरु:
राष्ट्र बैंकले नेपाल सरकारको वा नेपाल सरकारले तोकिदिएको अन्य निकायको निक्षेप स्वीकार गर्नेछ ।
(२) उपदफा (१) बमोजिम निक्षेप स्वीकार गर्दा राष्ट्र बैंकले रकम जिम्मा लिने, भुक्तानी दिने, खाता सञ्चालन गर्ने तथा अन्य बैंक सेवा प्रदान गर्ने जस्ता कार्य गर्नेछ । (३) राष्ट्र बैंकले तोकेको शर्त पालना गर्ने गरी आवश्यकता अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उपदफा (२) बमोजिमको कारोबार गर्न पाउने गरी अधिकार प्रदान गर्न सक्नेछ ।


Thursday, May 9, 2019

RBB Tayari


विश्वमा सबैभन्दा पहिला स्थापना भएको बैंकः–बान्सा मोन्टे डीपस्सी डी सीना
विश्वको सबैभन्दा पुरानो केन्द्रिय बैंकः– स्वीडेनको स्भेरिगेज रिक्स बैंक
विश्वमा सर्वप्रथम नोट छाप्ने अधिकार पाउने बैंकः– बैंक अफ इङ्ल्याण्ड
नेपालको पहिलो बैंकः– नेपाल बैंक लिमिटेड
नेपालको पहिलो विकास बैंकः– नेपाल औधोगिक विकास निगम
नेपालको पहिलो ग्रामीण विकास बैंकः– पूर्वाञ्चल ग्रामीण विकास बैंक
नेपालको केन्द्रीय बैंकः– नेपाल राष्ट्र बैंक
नेपालको सबैभन्दा ठुलो वाणिज्य बैंकः– कृषि विकास बैंक
स्वदेशी र विदेशी संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको पहिलो वाणिज्य बैंकः– नेपाल अरब बैंक (नबिल)
नेपालको पहिलो क्षेत्रिय वाणिज्य बैंकः– लुम्बिनी बैंक लिमिटेड
नेपाली निजी लगानीकर्ताहरुको पूर्ण लगानीमा खोलिएको नेपालको पहिलो वाणिज्य बैंक:– लुम्बिनी बैंक लिमिटेड
नेपालमा सर्वप्रथम एटिएम मेसिन र डेविट कार्ड प्रचलनमा ल्याउने बैंकः– एभरेस्ट बैंक
नेपालमा सर्वप्रथम इन्टरनेट बैंकिङ सेवाको सुरुवात गर्ने बैंकः– कुमारी बैंक
नेपालमा सर्वप्रथम क्रेडिट कार्ड प्रचलनमा ल्याउने बैंकः– हिमालयन बैंक
नेपालमा सर्वप्रथम Multi currency Card प्रयोग गर्ने बैंकः– सेन्चुरी कमर्सियल बैंक
नेपालमा सर्वप्रथम रोबर्ट प्रयोग गर्ने बैंकः– एस.बि.आई. बैंक
नेपालमा सबैभन्दापछि स्थापना भएको वाणिज्य बैंकः– सेन्चुरी बैंक

Thursday, May 2, 2019

साञ्जेन र रसुवागढी हाइड्रोपावरको सेयर बाँडफाँड

रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको सेयर उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा बाँडफाँड भएको छ । गत बैशाख ६ देखि १२ गतेसम्म निष्काशन गरेको साधारण सेयर बिहीबार मन्त्रालयमा बाँडफाँड भएको हो ।
रसुवागढी हाइड्रोपावर कम्पनीमा आवेदन दिएका आवेदकले अधिकतम ५० सम्म सेयर पाएका छन् भने ४० कित्तासम्म माग गर्ने आवेदकले माग अनुसार नै सेयर पाएको बताइएको छ । ४० कित्ताभन्दा बढी सेयरका लागि आवेदन दिएका लगानीकर्ताहरुले ४० कित्ताका दरले सेयर बाँडफाँड गरी बाँकी रहेको २ लाख ३६ हजार ९३० कित्ता सेयर गोलाप्रथाबाट २३ हजार ६९३ जनालाई थप १० कित्ता गरी ५० कित्ता बाँडफाँड भएको छ ।
रसुवागढीको साधारण सेयरमा एक करोड ७१ लाख ७ हजार ८४० कित्ताको लागि ३ लाख २ हजार ३४३ जनाले आवेदन दिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ । यस्तै साञ्जेन जलविद्युत कम्पनीमा आवेदन दिएका आवेदनकर्तामध्ये १० कित्ताका लागि आवेदन गरेका ५९ हजार ४५५ जना आवेदकलाई माग अनुसार नै सेयर परेको छ । २० देखि २ हजार कित्तासम्म आवेदन दिएका २ लाख २९ हजार ४४२ आवेदकमध्ये दुई लाख ९ हजार ३२८ आवेदकलाई गोलाप्रथाबाट थप १० कित्तासहित २० कित्ताका दरले सेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
साञ्जेनको साधारण सेयरमा आवेदन दिएका २ लाख ८८ हजार ७९७ जना मध्ये १० कित्ताका दरले २८ लाख ८८ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी २० लाख ९३ हजार २८० कित्ता सेयर २० कित्ताभन्दा बढी आवेदन गर्ने २ लाख ९ हजार ३२८ जना लगानीकर्तालाई गोलाप्रथाबाट थप १० कित्ता दिइएको छ ।

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes