डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Thursday, September 3, 2020


 

सहकारीको कर्जा लगानी प्रक्रिया र कर्जा लगानीका सिद्धान्तः

 पृष्ठभूमि:

सहकारी  संस्थाले आफ्ना सदस्यहरुबाट जम्मा भएको सानो सानो पैसालाई एकिकृत गरेर सदस्य हितका क्षेत्रमा लगानी गर्ने र आफ्ना सदस्यहरुलाई समस्या परेका बखत ऋणको रुपमा उपलव्ध गराउने कार्य गर्दछन् । सहकारी संस्थाको प्रकृति अनुरुप संस्थाले गर्ने कार्यमा भने विविधता हुनेगर्दछ । कृषि सहकारी संस्थाहरुले विभिन्न कृषि उपजको उत्पादन, भण्डारण, बजारीकरण र बेचविखन लगायतका कृषि क्षेत्रको उत्थान र विकास संग सम्बन्धित कार्यमा लगानी गर्दछन्, उपभोक्ता सहकारीले गुणस्तरीय उपभोग्य वस्तुको सरल, सहज र सुपथ मूल्यमा उपभोक्ता सामु पु¥याउने प्रबन्ध मिलाउने कार्य गर्दछन् भने बचत तथा ऋण सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुका बिच सानो तिनो बचत स्वीकार गरी लिने र उनीहरुलाई आवश्यकता परेका बखत ऋण उपलव्ध गराउने कार्य (सदस्यहरु बीच बैंकिङ्ग कार्य) गर्दछन । वहुउद्देश्यीय सहकारी संस्थाहरुले सदस्यहितका विविध क्षेत्रमा कार्य गर्दछन् भने शिक्षा, स्वास्थ्य, हाउजिङ्ग, विमा, यातायात लगायतका अन्य विविध प्रकृतिका सहकारी संस्थाहरुले आफ्नो विनियममा उल्लेख भए अनुसारका सहकारी मूल्य र सिद्धान्त अनुरुपका सदस्य हितका विविध कार्यहरु गर्दै आफ्ना सदस्यहरुलाई विभिन्न सेवा र सुविधाहरु उपलव्ध गराउंदै उनीहरुको सामाजिक, आर्थिक र सांस्कृतिक हित उत्थानमा महत्वपूर्ण कार्य गर्दै आइरहेका हुन्छन ।


नेपालको सन्दर्भमा प्राय: सबै प्रकृतिका सहकारी संस्थाहरुले आफ्नो मुख्य उद्देश्य अनुसारको कार्यका अतिरिक्त बचत तथा ऋणको कारोवार कुनै न कुनै रुपमा गर्दै आईरहेका छन । त्यसमा पनि बचत तथा ऋण सहकारी संस्थाहरु र अधिकांश वहुउद्देश्यीय सहकारी संस्थाहरु मूल रुपमा बचत तथा ऋणको कारोवारमा मात्र केन्द्रित रहंदै आएको देखिन्छ । वित्तीय कारोवार गर्ने हरेक सहकारी संस्थाका लागि तुलनात्मक रुपमा बचत संकलनमा भन्दा ऋण लगानीमा बढी जोखिमको मात्रा अन्तरनिहित हुने  गर्दछ । यसअर्थ पनि कर्जा लगानी प्रक्रिया वित्तिय कारोवार गर्ने सहकारी संस्थाका लागि अहं महत्व राख्ने विषय हो । यस लेखमा सहकारी संस्थामा कर्जा लगानीका प्रक्रिया र सिद्दान्तका बारेमा छोटो चर्चा गर्ने प्रयत्न गरिएको छ ।

कर्जा लगानी प्रक्रियाः

कर्जा लगानीको कार्य आफैमा एक संवेदनशील कार्य हो । लगानी भएको कर्जा तोकिएको समयमा असूल उपर हुन सकेन भने त्यसले कर्जा लगानी गर्ने संस्थालाई जोखिममा पु¥याउंदछ । बैंक तथा वित्तिय संस्थाहरुले कर्जा लगानी गर्दा सहकारी संस्थाको तुलनामा केही प्रक्रियागत जटिलताहरु रहेको कुरा हामी सबैले महशुश गरेकै छौं । यसबाट ग्रामीण कृषक र साना व्यावसायी बैंकबाट लाभान्वित हुन सकि राखेका छैनन । सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई कम झण्झटिलो प्रक्रियाबाट कर्जा लगानी गर्नुपर्दछ । नेपालको सन्दर्भमा सहकारी संस्थाहरुको कर्जा लगानी प्रक्रिया सम्बन्धमा संस्था अनुसार फरक फरक विधि, प्रक्रिया र अभ्यास रहेको पाइन्छ । केही सहकारी संस्थाहरुले कर्जा लगानी नीति बनाएर सोही नीतिको परिधिभित्र रही सहकारी मूल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थित ढंगले कर्जा लगानी गर्दै आएका छन त केही सहकारी संस्थाहरुमा कर्जा लगानी सम्बन्धमा नीतिगत रुपमा ब्यबस्था भएतापनि व्यवहारिक रुपमा कमी कमजोरीहरु रहेका छन् । त्यसै गरी केही सहकारी संस्थाहरु नीतिगत र व्यवहारिक दुवै दृष्टिकोणले कर्जा लगानी सम्बन्धमा कमजोर रहेको पाईन्छ । यिनै कमजोर नीतिगत र व्यवहारिक अवस्थामा रहेका संस्थाहरु बढी जोखिममा रहेको कुरा विभिन्न अध्ययनले देखाएको छ।

सहकारी संस्थाले कर्जा लगानी गर्दा मूलत विश्वासको आधारमा गर्दछन् र त्यो विश्वास सदस्यले संस्थामा गरेको कारोवारबाट आर्जन हुन्छ । विश्वासको वातावरण सिर्जना गर्नका लागि सदस्यको पृष्ठभूमि र व्यवहार, आम्दानी खर्चको स्थिति, आर्थिक अवस्था, ईमान्दारिता तथा कर्जा लिनका लागि संस्थामा राखिने सुरक्षण, कर्जाको उद्देश्य, परियोजना विवरण र परियोजनाको लाभ–लागत विश्लेषण आदि कुराहरु महत्वपूर्ण हुन्छन । सहकारी संस्थाले विश्वास गरेको सदस्यलाई उसको आवश्यकता, क्षमता र सुरक्षण तथा परियोजना विश्लेषण समेतको आधारमा कर्जा लगानी प्रक्रिया अगाडि बढाउनु पर्दछ । यसरी हेर्दा वित्तिय कारोवार गर्ने सहकारी संस्थाले कर्जा लगानी गर्नु अगाडि सहकारी मूल्य, सिद्धान्त र मापदण्डको आधारमा निम्न लिखित प्रक्रिया पुरा गर्नु पर्दछ ।

१. सहकारी सदस्य केन्द्रित व्यवसाय भएकोले कर्जा सुविधा उपभोग गर्नका लागि यसको शेयर सदस्य बन्नु जरुरी हुन्छ । गैर सदस्यमा सहकारी संस्थजाले कर्जा लगानी गर्न कानूनत वर्जित हुन्छ । शहरी क्षेत्रका कतिपय सहकारी संस्थाहरुमा कर्जा दिनका लागि सदस्य बनाउने र कर्जा चुक्ता भैसके पश्चात सदस्यता पनि समाप्त हुने खालको गलत अभ्यास रहेको कुरा अध्ययनले देखाएको छ । कर्जा  दिनको लागि मात्र बनाइएको सदस्यको बारेमा नत संस्थालाई राम्रो जानकारी हुन्छ नत त्यस्तो सदस्य संस्थाप्रति उत्तरदायी नै हुन्छ । यस्ता सदस्यलाई प्रवाह गरेको कर्जामा जोखिमको मात्रा बढी हुने कुरा समेत अध्ययनले औल्याएको छ । त्यसकारण सहकारी संस्थाले आफ्ना सदस्यलाई कर्जा लगानी गर्ने र कर्जा दिनकै लागि सदस्यता प्रदान गर्ने अथवा सदस्यता बनाएर कर्जा लगानी गर्ने गलत परिपाटीको विकास गर्नु हुंदैन । सहकारी संस्थाको सदस्यता बन्नु कर्जा लगानी प्रक्रियाको प्रस्थान विन्दु हो ।

२. सहकारी संस्थाको सदस्य भैसकेपछि सदस्यले आफ्नो संस्थामा कुनै न कुनै बचत कार्यक्रममा सहभागिता जनाउनु पर्दछ । सस्थाले कर्जाको माग गर्ने सदस्यलाई कर्जा चुक्ता नहोइन्जेल सम्मका लागि उसलाई अतिरिक्त आर्थिक भार पर्ने भएमा बचतलाई अनिवार्य नगरी ऐच्छिक बनाउन पनि सकिन्छ । तर कुनैपनि बचत कार्यक्रममा सहभागी नहुने वा नभएको सदस्यलाई कर्जा लगानी गर्नु उपयुक्त हुंदैन ।

३. सदस्यले आफुलाई कर्जाको आवश्यकता परेको कारण र प्रयोजन खुलाई कर्जाको लागि सहकारी संस्थामा आवेदन दिनु पर्दछ । सदस्यबाट प्राप्त आवेदन उपर कर्जामा काम गर्ने कर्मचारीले आवश्यक पर्ने सबै कागजात गरी/गर्न लगाई आफ्नो रायसहित व्यवस्थापन समक्ष पेश गर्नु पर्दछ । कर्जा सुविधा उपभोग गर्न चाहने सदस्यले संस्थामा पेश गर्ने कर्जा माग फाराममा निम्न लिखित कागजातहरु संलग्न गर्नुपर्दछ ।

(क)   नागरिकताको प्रमाणित प्रतिलिपि ।

(ख)   पासपोर्ट साईजको २ प्रति फोटो ।

(ग)    १८ वर्ष भन्दा माथि उमेर पुगेका एकाघरका परिवारका सदस्यहरुको मञ्जुरीनामा कागज वा पत्र ।

(घ)    विना धितो कर्जाको हकमा संस्थामा नियमित बचत गरिरहेका अन्य सदस्यको सिफारिश एवं जमानत पत्र ।

(ङ)    संस्थाको कार्यक्षेत्रभीत्र बसोबास गरेको प्रमाण देखिने कागजात ।

(च)   सुरक्षण (धितो) राख्ने घर/जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि, नापी कार्यालयबाट वित्तिय कारोवारको लागि प्रमाणित नक्सा, जग्गाको चारकिल्ला प्रमाणित कागज, तिरो तिरेको रसिद, घर भएमा घरको कर तिरेको कागज, घरको स्वीकृत नक्सा, घर निर्माणको इजाजत पत्र, घर निर्माण सम्पन्नताको प्रमाणपत्र र बिमा गरेको कागज आदि ।

(छ)   सवारी साधनको हकमा व्लुवुक, कर तिरेको कागजात, विमा पोलिसी र किस्ता तिरेको रसिद, रुट परमिट कागज आदि ।

(ज)   फर्म/संस्था भएमा दर्ताको प्रमाणपत्र, करचुक्ता प्रमाण पत्र, संचालक/प्रोपाईटरको निर्णयको प्रतिलिपि, पछिल्लो वर्षको लेखापरिक्षण प्रतिवेदन आदि ।

(झ)   लागत लाभ विश्लेषण सहितको परियोजना विवरण ।

(ञ)   मुद्दती रसिद, सरकारी ऋणपत्र, डिवेञ्चर, शेयर प्रमाणपत्र आदि भएमा त्यस्को सक्कल कागजात र सम्बन्धित निकायबाट रोक्का वा नामसारी गरेको कागज समेत ।

(ट)    मौज्दातको प्रमाणित कागजात ।

(ठ)    ऋणीको आम्दानीको श्रोत र खर्चको विवरण ।

(ड)    कर्जाको प्रकृति हेरेर अन्य आवश्यक कागजपत्रहरु ।

(ढ)    संस्थाले आबश्यक ठानेका र प्रचलित कानुन तथा संस्थाको कर्जा लगानी निती अनुरुपका अन्य कागजपत्रहरु ।

४. कर्जाको लागि सदस्यबाट आवेदन प्राप्त भैसकेपछि कर्जा लिनका लागि राखिने सुरक्षण (धितो) को स्थलगत निरिक्षण गर्नुपर्दछ । यस्तो निरिक्षण गर्दा सहकारी संस्थाबाट संचालक/कर्जा उपसमिति/कर्मचारी मध्यबाट कम्तिमा एक जना र एक जना व्यावसायिक मूल्यांकनकर्ता (Valuator) समेतले निरिक्षण मूल्यांकन गरी मूल्यांकन प्रतिवेदन पेश गर्नुपर्दछ ।

५. संस्थाको व्यवस्थापनले आफुकहां पेशहुन आएको धितो मूल्यांकन सहितको कर्जा मांग फाराममा आवश्यक अध्ययन गरी संस्थाको कर्जा लगानी नीति अनुरुप आफ्नो अधिकार क्षेत्र भित्र पर्ने भएमा आफुले निर्णय गर्ने र अधिकार क्षेत्रभन्दा बाहिर पर्ने भएमा आफ्नो राय सहित कर्जा उपसमितिमा फाईल पेश गर्नु पर्दछ ।

६. कर्जा उपसमितिमा पेश हुन आएको कर्जा माग गरेको फाईल उपसमितिले आवश्यक अध्ययन गरी संस्थाको कर्जा लगानी नीतिको परिधिभित्र रहेर कर्जा लगानीको निर्णय गर्ने वा फाईल फिर्ता पठाउने वा संचालक समितिमा आफ्नो राय सहित पेश गर्ने निर्णय गर्नु पर्दछ ।

७. संचालक समिति समक्ष कर्जा उपसमितिले पेश गरेको कर्जा मागको फाईल उपर आवश्यक अध्ययन गरी कर्जा लगानी गर्ने वा सम्बन्धित सदस्यलाई फाईल फिर्ता पठाउने निर्णय गर्नु पर्दछ।

८. ब्यबस्थापक, कर्जा उपसमिति वा संचालक समितिको निर्णयको आधारमा संस्थाले सदस्यलाई कर्जा लगानी गर्ने वा फाईल फिर्ता पठाउने कार्य गर्दछ । सदस्यलाई फाईल फिर्ता पठाउनु पर्ने अवस्थामा कर्जा लगानी गर्न नसक्ने कारण स्पष्ट रुपमा उल्लेख गर्नु पर्दछ ।

९. कर्जा लगानी गर्ने निर्णय भएमा कर्जा लगानी गर्नु अगाडि सम्बन्धित सदस्यसंग तमसुक गर्ने, जमानत दिने सदस्यसंग जमानतको कागज गराउने, सुरक्षण (धितो) लाई कानूनी रुपमा सम्बन्धित कार्यालयबाट संस्थाको नाममा बनाउने वा रोक्का राख्ने, मौज्दात सिल गर्ने लगायतका सम्पूर्ण कानूनी र प्रशासनिक प्रक्रियाहरु पुरा गर्नु पर्दछ ।

१०. संस्थाले कर्जा लगानी गर्नु अगाडि सम्बन्धित सदस्यलाई कर्जाको पुनर्भुक्तानीको बारेमा आवश्यक सम्पूर्ण जानकारीहरु उपलव्ध गराउनु पर्दछ । साथै विमा हुने र गर्न सकिने सुरक्षण  (धितो) जस्तै घर, सवारी साधन, यन्त्र, उपकरण, मौज्दात, कृषि वाली, पशुपंक्षी आदि भएमा त्यसको कर्जा रकम खाम्ने गरि विमा कम्पनीबाट विमा गर्नु पर्दछ । यसका अतिरिक्त कर्जा सुविधा लिने सदस्यलाई कर्जा भुक्तानी तालिका, कर्जाको मूल रकम, व्याजदर, मासिक/त्रैमासिक रुपमा बुझाउनु पर्ने किस्ता रकम (व्याज र सांवा छुट्टीने गरी), कर्जा भुक्तान गरिसक्नु पर्ने समय लगायतका सबै कुराहरु स्पष्ट रुपमा उल्लेख गरी सुसूचित गर्नु पर्दछ ।

उपर्युक्त प्रक्रिया अनुरुप सदस्यहरुलाई कर्जा लगानी गर्दा छिटो, सहज र पारदर्शी ढंगले गर्नुपर्दछ । कर्जाको रकम, शिर्षक र प्रकृती हेरेर १ दिन देखि ७ दिनमा नबढाई कर्जा लगानीको कार्य पुरा गरिसक्नु उपयुक्त हुन्छ । सहकारी सदस्य हितका लागि संचालन गरिने व्यवसाय भएकोले कुनै पनि वहानामा आफ्ना सदस्यलाई सेवा दिने क्रममा विभेद गर्ने, ढिलासुस्ती गर्ने, अनुचित ढंगले बढी ब्याज लिने, बिभिन्न  नाममा अनाबश्यक शुल्कहरु लिने र अलमलमा पार्ने वा अलमलाउने कार्य गर्नु बाञ्छनीय हुदैन ।

कर्जा लगानीका सिद्धान्तः

सहकारी संस्थाले कर्जा लगानी गर्नुभन्दा अगाडि आफुले लगानी गरेको कर्जा तोकिएको समयावधि भित्र फिर्ता भैसक्दछ भन्ने कुराको सुनिश्चितता हुनु जरुरी हुन्छ । लगानी गरेको कर्जा रकम तोकिएको समयमा नै भुक्तानी हुन सकेन भने त्यसले सहकारी संस्थामा जोखिमको विजारोपण गर्दछ । फलस्वरुप थप कर्जा लगानी र निक्षेप फिर्ता गर्न कठिनाई हुन गै संस्थामा जोखिम उत्पन्न हुन सक्दछ । कर्जा लगानीबाट हुन सक्ने संभावित जोखिम न्यूनीकरणका लागि कर्जा लगानी गर्दा विशेष सतर्कता सहित कर्जा लगानीका विभिन्न विधि, सिद्धान्त र प्रक्रियाको अवलम्वन गर्नुपर्दछ । कर्जा लगानी गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरु र सहकारी संस्थाहरुले आफ्नो अनुकुल हुनेगरी विभिन्न किसिमका सिद्धान्तहरु अवलम्वन गर्दै आएको पाइन्छ । ती विभिन्न सिद्दान्तहरु मध्य वित्तिय कारोवार गर्ने सहकारी संस्थाहरुकालागि उपयोगी हुने केहि महत्वपूर्ण सिद्धान्तको बारेमा संक्षिप्तमा उल्लेख गरिएको छ ।

१. तरलताको सिद्धान्त (Liquqidity Principal):

वित्तिय क्षेत्रमा तरलता भन्ने शब्दले नगदलाई बुझाउंदछ । संस्थामा सेफमा राखेको नगदका अतिरिक्त बैंक तथा वित्तिय संस्थाहरु र सहकारी संघ-संस्था तथा सहकारी बैंकमा रहेको निक्षेप समेत तरलताको परिभाषा भित्र पर्दछ । सहकारीले सदस्यको निक्षेप रकमबाट नै कर्जा लगानी गर्ने भएकोले त्यस्तो कर्जा निर्दिष्ट समयमा फिर्ता भुक्तानी हुन नसक्दा निक्षेपकर्ता सदस्यको निक्षेप रकम माग गरेको समयमा भुक्तानी दिन कठिनाई हुन सक्दछ । त्यसैले सहकारी संस्थाले तरलता व्यवस्थापनमा उचित ध्यान पु¥याउनु पर्दछ र अबस्था हेरी १५-२०% सम्म तरलता राखेर मात्र कर्जा लगानी गर्नु पर्दछ । त्यसैगरी संस्थाले लगानी गर्दा निर्दिष्ट समयमा भुक्तानी हुन सक्ने सदस्य र क्षेत्रमा मात्र कर्जा लगानी गर्नु पर्दछ । बैंक तथा वित्तीय संस्थाहरुमा समय समयमा देखिने लगानी योग्य पूँजी (तरलता) को अभावको एउटा कारण तरलताको सिद्धान्त भन्दा बाहिर गएर कर्जा लगानी गरेकाले हो ।

२. सुरक्षाको सिद्धान्त  (Principle of Security):

सुरक्षित लगानी कर्जा लगानीको दोश्रो महत्वपूर्ण सिद्धान्त हो । सुरक्षित लगानी भन्नाले त्यस्तो लगानीलाई बुझिन्छ जहाँ ऋणी सदस्यले मासिक/त्रैमासिक रुपमा नियमित किसिमले व्याज र किस्ता बुझाउंदछ वा बुझाउन सक्दछ । कर्जाको पुनर्भुक्तानी, ऋणी सदस्यको चरित्र, कर्जा तिर्न सक्ने क्षमता, कर्जा लिन राखिएको सुरक्षण (धितो), व्यवसायको पूँजी र तात्कालीक अवस्था तथा परिवेशमा निर्भर गर्दछ । यसलाई पांच सी को सिद्दान्त (5 C Principle) समेत भन्ने चलन छ । जस अनुरुप पहिलो C ले Character (ऋणीको चरित्र), दोश्रो C ले Capacity (ऋणीको कर्जा तिर्न सक्ने क्षमता), तेश्रो C ले Collateral (कर्जा लिन राखिएको सुरक्षण), चौथो C ले Capital (व्यवसायको पूँजी), र पाँचौ C ले Condition (तात्कालीक अवस्था) लाई बुझिन्छ । कर्जा लगानीको निर्णय गर्नुपूर्व सहकारी संस्थाले यो सिद्धान्तलाई मध्यनजर गर्दै ऋणी सदस्यको चरित्र, क्षमता, सुरक्षण, पूँजी र अवस्थाको बिस्तृत रुपमा विश्लेषण गरेर कर्जा लगानी गर्न उपयुक्त देखिएमा मात्र कर्जा लगानी गर्ने निर्णय गर्नुपर्दछ ।  

३. विविधताको सिद्धान्त (Principle of Diversity):

कर्जा लगानीको अर्को महत्वपूर्ण सिद्धान्त विविधताको सिद्धान्त हो । यस सिद्धान्त अनुसार कर्जा लगानी गर्दा कुनै एउटा मात्र क्षेत्र, शिर्षक, विषय र व्यक्तिमा नगरी विविध क्षेत्र, शिर्षक, विषय र व्यक्तिमा गर्नुपर्दछ । यसबाट कुनै एउटा क्षेत्र, व्यक्ति वा शिर्षकमा समस्या आएको अवस्थामा पनि अन्य क्षेत्र, व्यक्ति वा शिर्षकबाट कर्जाको पुनर्भुक्तानी भैरहेको हुन्छ र संस्थामा जोखिमको मात्र कम हुन्छ । Don’t put all your eggs in one basket भन्ने अग्रेजी भनाईको अनुशरण गर्दै सहकारी संस्थाहरुले कर्जा विविधकरण मार्फत जोखिम न्यूनीकरण गर्नु पर्दछ ।

४. नाफाको सिद्धान्त (Principle of Profit):

सहकारी संस्थाहरु नाफा भन्दा पनि सदस्यको हितमा केन्द्रित रहनु पर्दछ । तर संस्थाले उचित नाफा आर्जन गर्न नसकेको अवस्थामा सदस्यहितका कुनै पनि कार्यहरु गर्नको लागि कठिनाई उत्पन्न हुन्छ । त्यसकारण बैक तथा वित्तिय संस्थाहरु जस्तो नाफा केन्द्रित नहुँदा नहुँदै पनि सहकारी संस्थाहरुले सदस्य केन्द्रित हुँदै उचित मुनाफाका क्षेत्रहरु पहिचान गरी सोही अनुरुप लगानी गर्नु पर्दछ ।

५.राष्ट्रिय चासो र उपयुक्तताको सिद्धान्त (Principle of National Interest and Suitabability):

कर्जा लगानीको अर्को महत्वपूर्ण सिद्धान्त राष्ट्रिय चासो र उपयुक्तताको सिद्धान्त हो । राष्ट्रिय चासो र स्वार्थ पुरा गर्न लागिपर्नु संस्था र व्यक्तिको कर्तव्य हुन आउँछ । त्यसकारण कतिपय अवस्थामा संस्थाको आफ्नो चाहना नहुँदा नहुँदै पनि राष्ट्रिय आवश्यकता र चासो भएको क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ । उदाहरणका लागि राज्यले कृषि क्षेत्रको विकासको लागि यो क्षेत्रमा कर्जा प्रवाह बढाउन आव्हान गरेको अवस्थमा संस्थाले समेत कृषि क्षेत्रमा कर्जा प्रवाह बढाउनु पर्दछ र यसरी कृषिमा लगानी बढाउदा सदस्यको आर्थिक उत्थान हुनेगरि गर्नु पर्दछ ।

६. गोपनियताको सिद्धान्त (Principle of Secrecy):

हरेक सदस्यले आफ्नो संस्थासँग हुने बचत र ऋणको कारोवार प्रायः गोप्य नै रहोस भन्ने चाहना राखेको हुन्छन । यदि सदस्यले गरेको कारोवारको गोपनियता रहेन भने उसले संस्थामा कारोवार गरिरहन रुची नराख्न सक्दछ । त्यसैले वित्तिय कारोवार गर्ने सहकारी संस्थाले आफ्ना सदस्यको वित्तिय कारोवारलाई सम्बन्धित सदस्य र निश्चित निकाय बाहेक गोप्य नै राख्नु पर्दछ । यस् सम्बन्धमा संस्थाले आफ्ना संचालक र कर्मचारीलाई पर्याप्त मात्रमा प्रशिक्षित गर्नुपर्दछ । 

७. सक्षमताको सिद्धान्त (Principle of Efficiency):

प्रत्येक सहकारी संस्थाले आफ्नो ब्यबसाय संचालन गर्ने निश्चित क्षमता हुन्छ र त्यसैको आधारमा ब्यबसाय संचालन गर्नु पर्दछ । कर्जा लगानीको कार्यमा त संस्थाको क्षमता अझ महत्वपूर्ण शर्त हो । संस्था जुन क्षेत्रमा कर्जा लगानी गर्न सक्षम छ त्यो क्षेत्रमा मात्र उसले लगानी गर्नु पर्दछ । आजको प्रतिष्पर्धी युगमा त क्षमतावान ब्यबस्थापनको अर्को कुनै विकल्प हुन सक्दैन । त्यसैले प्रत्येक संस्थाले आफ्ना कर्मचारीहरुलाई ब्यबस्थापनमा सक्षम बनाउनका लागि आबश्यकता अनुसार शिक्षा र तालिमको समेत प्रबन्ध गर्नुपर्दछ ।

माथि उल्लेख गरिएका सिद्धान्त बाहेक अन्य थुप्रै सिद्धान्तहरु समेत सहकारी संस्थामा कर्जा लगानीका सिद्धान्तको रुपमा प्रयोगमा ल्याउन सकिन्छ । संस्थाको उद्देश्य, समग्र वित्तिय बजारको अवस्था, सदस्यहरुको आर्थिक स्थिति, विद्यमान समय, सन्दर्भ, परिवेश र विषयवस्तु समेतको आधारमा कर्जा लगानीका सिद्धान्तहरु मध्ये कुनै बढी महत्वपूर्ण र सान्दर्भिक हुन आउंदछन भने कुनै कम महत्वको हुन आउँदछ । समग्रमा संस्थाले कर्जा लगानी गर्दा यि सिद्धान्तहरुको विश्लेषण गरी सापेक्षिक रुपमा लगानी गरेका खण्डमा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्दछ । भने र भरोशा मा हुन्छ ।

उपसंहारः

वित्तिय कारोवार गर्ने सहकारी संस्थाका लागि विश्वास सबैभन्दा ठूलो कुरा हो । कुनै एक जना सदस्यलाई गरेको कर्जा लगानी समयमा उठ्न सकेन भने यसले अर्को सदस्यको निक्षेप भुक्तानीमा प्रतिकुल असर पार्दछ । एक जना सदस्यको निक्षेप फिर्तामा मात्र समस्या आयो भने यो भुसको आगो जस्तै सदस्यहरुका बिच फैलिन्छ र सदस्यको संस्था प्रतिको विश्वासमा क्रमश: कमि आउन थाल्दछ । यसबाट संस्था त जोखिममा पर्दछ नै सिंगो सहकारी क्षेत्र हुँदै समग्र वित्तिय क्षेत्रप्रति नै जनताको विश्वासमा कमि हुँदै जान सक्दछ । यस्तो अवस्थामा सहकारी प्रति जनताको विश्वास कायम राखी राख्नका लागि कर्जा लगानी प्रक्रियामा विशेष सतर्कता अपनाउन जरुरी छ । हरेक सहकारी संस्थाले सहकारी मूल्य, मान्यता, सिद्धान्त र मापदण्डको परिधि भित्र रही कर्जा लगानी प्रक्रियालाई अवलम्वन गर्नु पर्दछ । सहकारी संस्थाको उद्देश्य आफ्ना सदस्यलाई छिटो छरितो र गुणस्तरीय सेवा, सुविधा उपलव्ध गराउने भएको हुँदा कर्जाको माग गर्ने सदस्यले पेश गरेका कागजातको सत्यता परीक्षण गर्दै कानूनी प्रक्रिया र संस्थाको कर्जा लगानी नियमावली अनुरुप ढिलोमा ७ (सात) दिन भित्रमा कर्जा सुविधा उपलव्ध गराउनु पर्दछ । कर्जा लगानी गरिसके पछाडी पनि सदस्यले उद्देश्य अनुरुप कार्य गरेको छ/छैन अनुगमन गर्ने र नगरेको पाइएमा उद्देश्य अनुरुप कार्य गर्न उत्प्रेरित गर्नु पर्दछ । यसबाट एकातर्फ ऋणि सदस्यले समयमा नै साँवा, व्याज भुक्तान गर्न सक्दछ भने अर्कोतर्फ उसको आर्थिक स्तर अभिवृद्धिमा समेत सहयोग पुग्दछ र सहकारी संस्थाको जोखिम न्यूनीकरणमा  सहयोगी साबित हुन्छ ।

Wednesday, September 2, 2020

Monday, August 24, 2020

कोरोना बिमा पोलिसी

 https://drive.google.com/file/d/12ouqSuOjAbMzYsDDu9gxxvQyI73Ozi92/view?usp=drivesdk

Sunday, August 16, 2020

computer Tips

 कम्प्युटर सम्बन्धि जानकारी..!!

=================================

नेपालमा सर्बप्रथम कम्प्युटर कहिले भित्रिएको थियो ?- 

== बि.स.२०२८

2. बढी प्रचलनमा रहेको अपरेटिङ सिस्टम कुन हो ? -

==माइक्रोसफ्ट

3.  पहिलोपटक इन्टरनेट शब्दको प्रयोग कहिले भएको थियो ?-

==सन् १९३२ मा

4. विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो ? 

==संयुक्त राज्य अमेरिका

5. कम्प्युटरका पिता भनेर कसलाइ चिनिन्छ ? 

 ==चाल्र्स वेबेज

6. विश्वको सबभन्दा पहिलो सुपर कम्प्युटरको नाम के हो ? 

== क्रे के १ एस

7. नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ?    

==सुसाङ्ख्य

8. नेपालमा पर्सनल कम्प्युटर बनाउने पहिलो व्यक्ति कोहुन् ?  

==मुनिबहादुर शाक्य

9.  विश्वमा पर्सनल कम्प्युटरको सुरुवात कहिलेदेखि भयो ?  

==सन् १९८१ देखि

10. 'इन्टरनेटका पिता' कसलाई भनिन्छ ? 

== डा. लियोनार्डक्लिनराक

11. सबभन्दा पहिले कम्प्युटर माउसको आविष्कार कसलेगरेका थिए ?

==डगलस एजलबार्ट

12. नेपालको पहिलो साइबर क्याफे कुन हो ?  ==सगरमाथासाइबर क्याफे

13. LAN : Local Area Network

14. CD : Compact Disc.

15. कम्प्युटरको माध्यमले पत्र, दस्तावेज, ग्राफिक्स आदिएक ठाउँबाट अर्को ठाउँमा पठाउने माध्यमलाई केभनिन्छ ?   

==इमेल

16. कम्प्युटरमा प्रयोग हुने आई.सी.चिप केले बनेको हुन्छ ?--

==सिलिकन

17. नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ?

 ==सुसाङ्ख्य

18. नेपालमा सर्बप्रथम कम्प्युटर कहिले भित्रिएको थियो ? 

==वि.सं.२०२८

19. नेपालमा वि.सं. २०२८ सालमा पहिलो पटक

भित्रिएको कम्प्युटर कुन हो ?

==IBM 1401

20. ABC को पूरा रुप के हो ? 

==Antasoff BerryComputer

21. CPU को पूरा रुप के हो ?

==Central ProcessingUnit

22. ITU को पूरा रुप के हो ?

==InternationalTelecommunicati on Unit

23. नेपालमा ल्याइएको दोश्रो कम्प्युटर कुन हो ?

==ICL2950/10

24. नेपालमा ल्याइएको IBM 1401 र ICL 2950/10कुन कम्प्युटर थियो ? 

==मेनफ्रेम कम्प्युटर

30. Laptop कुन कम्प्युटर हो ?

==माइक्रो कम्प्युटर

31.बढी प्रचलनमा रहेको अपरेटिङ सिस्टम कुन हो ?

==माइक्रोसफ्ट

32. Pendrive र Memory card लाई कुनडिभाइस भनीचिनिन्छ ? 

==Storage Device (Flash Memory)

33. तलका मध्य इन्टरनेट ब्राउजर कुन होइन ?

(A) Google Chrome

(B) Mozilla firefox

(C) Internet Explorer

(D) MS-Windows

==Answer : (D) MS-Windows

34. पहिलोपटक इन्टरनेट शब्दको प्रयोग कहिले भएकोथियो ?

==सन् १९३२ मा

35. IBM को पूरा रुप के हो ?

==International BusinessMachine

36. IBM भन्दा छुट्टै अपरेटिङ सिस्टम भएको कम्प्युटरनिम्नमध्ये कुन हो ?

(A) Apple Macintosh

(B) Dell

(C) Ascer

(D) Toshiba

==Answer: (A) Apple Macintosh

37. विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन

हो ?

==संयुक्त राज्य अमेरिका

38.'कम्प्युटरका पिता' भनेर कसलाइ चिनिन्छ ?

==चार्ल्सब्याबेज

40. विश्वको सबभन्दा पहिलो सुपर कम्प्युटरको नाम केहो ?

==क्रे के १ एस

41.देहायमध्येको सबैभन्दा शक्तिशाली कम्प्युटर कुन

हो ?

(A) Super computer

(B) Mainframe computer

(C) Micro computer

(D) All of above

==Answer : (A) Super computer

42. नेपालको पहिलो कम्प्युटर अपरेटर को हुन् ? ==निलकण्ठउप्रेती 

(यसअघीका प्रमुख निर्वाचन आयुक्त)


43. तलकामध्ये गलत कुन हो ?

(A) Mouse, Keyboard and scanner हरु इनपुटडिभाइस हुन् ।

(B) OFC को पूरा रुप Option of Fiber Cable हो ।

(C) कम्प्युटरलाई कामका आधारमा एनालग, डिजिटल रहाइब्रिड गरी ३ भागमा बाँडी अध्ययन गरिन्छ ।

(D) एनालग र डिजिटल दुवैको गुण भएको कम्प्युटर

हाइब्रिड कम्प्युटर हो ।

==उत्तरः (B) OFC को पूरा रुप Option of Fiber Cable हो ।

(नोटः OFC को पूरा रुप Optical Fiber Cable हो ।)


44. Android के हो ?

== मोबाइलमा प्रयोग हुने अपरेटिङसिस्टम सफ्टवेयर

45. तलकामध्ये Multimedia software कुन हो ?

(A) VLC Media player

(B) MX Player

(C) MS-Powerpoint

(D) All of the above

==Answer : (D) All of the above

46. माइकोसफ्ट एक्सेलमा डाटा इन्ट्री गर्ने इकाइ कुन हो ?

== Cell

• 47.माइक्रोसफ्ट  विन्डोजमा खुलेका सबै प्रोगामको विन्डोजलाई एकैपटक मिनिमाइज गर्न कुन सर्टकट किको प्रयोग गरिन्छ ?

==Windowskey +D


48.Important_Abbreviations

*Kbps* Kilobits Per Second

*LAN* Local-Area Network

*LCD* Liquid Crystal Display

*LED* Light Emitting Diode

*LPT* Line Printer 

*LPT1* First Parallel Printer Port

*LPT2* Second Parallel Printer Port

*MP3* MPEG Player lll

*MP4* MPEG Player IV

*Mbps* Megabits Per Second

*Microsoft* Micro Computer Software

*MPEG* Motion Picture Experts Group

*NTFS* New Technology File System

*OCR* Optical Character Readers

*OMR* Optical Mark Reader

*OS* Operating System

*PDF* Portable Document Format

*PNG* Portable Network Graphics

*POST* Power On Self-Test

*PPM* Pages Per Minute (Generally refers to the Speed of a Printer)

*PS/2* Personal System/2

*RAM* Random Access Memory

*RGB* Red Green Blue

*ROM* Read-Only Memory

*RTF* Rich Text Format


49.#Name_of_Five_Web_domains

.net, .com, .biz, .org, .edu


50.Name of Five Data Measurement Units:

TB, GB, MB, KB, Byte


51.Name of Five programming Languages:

CSS, SQL, Java, PHP, Python


52.Name of Five Numbering system:*

Binary Numbers, Base 5, Octal System (Base 8), Decimal System, Hexadecimal System


53.Name of Five

ProcessorManufactures:*

Intel, AMD, IBM, NVidia, Qualcomm


54.Name of Five Products by Apple:*

iPhone, iMac, iTunes, iPod, iPad


55.Name of Five Camera Manufactures:*

Canon, Nikon, Sony, Olympus, Panasonic


56.Name of Five Color Schemes:*

CMYK, RGB, HSB, Web Safe Colors, SVG Colors


57.Name of Five products by Google*

google (Search Engine), Google (Chrome), Gmail, Android, YouTube


58.Name of Five Versions of Microsoft Office:*

Office 365 (Cloud based), Office 2019, Office 2016, Office 2013, Office 2010

Source-dipak thapa


#keep reading keep sharing 😊

Sunday, June 28, 2020

tapaile labha uthaun saknu hunchh


Sunday, June 21, 2020

grahan sambandhi jankari

https://youtu.be/R1PY2hoaSq4?list=LLnmXiaWBSsgQNwYtFrRqCPg

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes