डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Tuesday, January 14, 2020

नमुना सहकारीको २२औ साधारणसभा सम्पन्न

मकवानपुरको  मनहरी ३ मा  रहेको नमुना  कृषक बहुमुखी सहकारीको २२औ साधारणसभा आज सम्पन्न  भएको  छ सभा मा सस्थाका अध्यक्ष  लालबहादुर  मल्लले आगामि कार्य योजना  प्रस्तुत  गर्नु भएको  थियोे  साथै  कर्जा  लेखा काेसाध्यक्ष  ले आ आफ्नो  प्रतिवेदन प्रस्तुत  गर्नु भएको  थियोे  कार्यक्रम  सचिव  राम प्रसाद सुवेदीले उद्घघाेषण गर्नु भएको  थियोे  कार्यक्रममा विभिन्न विधामा सदस्य हरूलाई पुरस्कृत गरिएको थियोे  साथै  भुपु अध्यक्ष हरूलाइ  सम्मान  गरिएको  थियो

0 comments:

Post a Comment

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes