डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Wednesday, April 28, 2021

Question Bank



 

Question Bank



 

Friday, April 9, 2021

फौजी किरा को रोकथाम गर्ने तरिका

अहिले नेपालको बिभिन्न्न ठाउँ मा मकै खेती भैरहेको हुदा मकै मा बिभिन्न्न समस्या हरु पनि देखिएका छ्न
खासगरी अहिले मकै मा फौजी किरा को प्रकोप अलि बडि नै देखेको छ । यस्ले गर्दा बिभिन्न्न ठाउका किसान हरु चिन्तित देखेका छन । फौजी किरा मकै बालिको लागि निकै नै हानीकारक छ । यो किरा बालीमा देखियो भने बाली नस्ट गर्न कुनै समय नि लाउदैन ।
तेहि भएर यस्को बेवस्तापन गर्न निकै नै जरुरी छ ।
बिभिन्न्न तरिका बाट हामी यस्को प्रकोप बाली मा कम गर्न सक्छौ ।
# फौजी किरा को रोक्थाम बिधी
1) प्राकृतिक सत्रु जस्तै बारुलो को प्रयोग गरेमा यस्को प्रकोप कम गर्न सकिन्छ ।
2) सकेसम्म सबैले मकै एकैचोटी लगाउने र राम्रो संग ब्यवस्थापन गर्ने जस्तै गहिरो जोतने ,,झारपात हटाउने आदि
3) यो किरा राती को बेला चर्न रुचाउने हुनाले ( light trap) प्रयोग गर्न सकिन्छ ।
4) निम (neem) संग संबंधित biopesticide प्रयोग गर्नाले यस्को प्रकोप कम गर्न सकिन्छ ।
5) देखिएका जति लार्भा (larva) लाई हात लेनै टिपेर कम गर्न सकिन्छ ।
6) यो फौजी किरा लाई desmodium grass को सुगन्ध मन नपर्ने र napier grass को सुगन्ध मन पर्ने भएकाले मकै र डेस्मोडियम लाई अन्तरबाली ( intercroping ) लगाएर र napier grass लाई साइड मा लागाएर फौजी किरा को प्रकोप कम गर्न सकिन्छ ।
7) गाई को गहुत गुभोमा राखेर यो किरा लाई हटाउन सकिन्छ ।
8) जैविक बिसादी जस्तै माहासक्ती (2gm/lit) को मात्रा मा मकै मा spray गर्न सकिन्छ ।
9) फौजी किराको प्रकोप यदि बडि नै छ भने insecticide जस्तै spinosad ;; all clear को प्रयोग गर्न सकिन्छ ।
No photo description available.

Friday, April 2, 2021

टीएमएसबाट कसरी गर्ने सेयर कारोबार ? कति लाग्छ सेवा शुल्क ?

छिल्लो समय सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताका संख्या हरेक दिन बढिरहेको छ । अझ सेयर कारोबार अनलाइनमार्फत् नै गर्न मिल्ने भएपछि लगानीकर्ताहरु यसतर्फ आकर्षित भएको देखिन्छ । नेपालमा सेयरको कारोबार शुरु हुँदा बैंकमा गएर सेयर खरिदका लागि आवेदन दिनु पर्ने अवस्था थियो । त्यसपछि ब्रोकर कार्यालयमा गएर चिच्चाएर अर्डर दिनुपर्ने अवस्था थियो ।


समय क्रमसँगै सेयर कारोबार अनलाइनबाट पनि सम्भव भएको छ । जसलाई हामी टीएमएस भन्छौं । नेप्सेका अनुसार अहिले औसतमा ८० प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाट मात्रै हुन थालेको छ । नेप्सेका अनुसार टीएमएस लिनेको संख्या करिब ३ लाख ५० हजार पुगेको छ । तथ्यांक हेर्दा हालसम्म २८ लाख ८३ हजारभन्दा बढीले डिम्याट अकाउन्ट खोलेका छन् । त्यसैगरी मेरो सेयर खोल्नेहरुको संख्या पनि १५ लाखभन्दा बढी छ ।

तथ्यांक हेर्दा पछिल्लो १ वर्षमा मात्रै दोब्बरभन्दा बढीले डिम्याट र मेरो सेयर खोल्ने बढेका छन् । कोरोना महामारीको शुरुवातमा आएको नेपाल पुनर्बीमा कम्पनी र हालै निष्कासन भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओका कारण डिम्याट र मेरो सेयर लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

अझ सानो लगानीबाट पनि सेयर कारोबार गर्न सकिने भएकाले मानिसहरुले आफूले बचत गरेर राखेको पैसा सेयरमा लगानी गर्न थालेको देखिन्छ । अन्य कुनै व्यवसाय शुरु गर्नका लागि १÷२ लाख रुपैयाँले पुग्दैन । तर सेयरमा लगानी गर्नका लागि २० हजारबाट मात्रै शुरु गर्छु भन्न पनि सकिन्छ वा त्योभन्दा कम पैसाबाट लगानी शुरु गर्न सकिन्छ ।

के हो टीएमएस ?

टीएमएसको पूरा रुप हो, ट्रेड म्यानेजमेन्ट सिस्टम । यो अनलाइनबाट सेयर कारोबार गर्नका लागि प्रयोग गरिन्छ । परम्परागत रुपमा ब्रोकर कार्यालयमा गएर मौखिक वा लिखितरुपमा सेयर खरिद वा बिक्रीको आदेश दिएपछि मात्रै सेयर कारोबार हुन्थ्यो । तर टीएमएस आइसकेपछि यो सेवा लिएका लगानीकर्ताले ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता छैन ।

लगानीकर्ताले घर, कार्यालय वा आफू बसेकै ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका डिभाइसमा लगइन गरी सेयर कारोबार गर्न सक्छन् । यसका लागि सबैभन्दा पहिले तपाईंले कुनै ब्रोकर कार्यालयमा गएर टीएमएस सेवा लिनुपर्ने हुन्छ । यो लिए वापत कुनै शुल्क लाग्दैन । ब्रोकर कार्यालयमा केवाई (नो युअर कस्टमर)फारम अपडेट गराएपछि टीएमएसका लागि फारम भर्नुपर्ने हुन्छ । ब्रोकर कार्यालय अनुसार सोही दिन वा भोलिपल्टसम्म तपाईंको इमेलमा टीएमएसको युजर नेम र पासवर्ड आउँछ ।

ब्रोकर कार्यालयलाई उनीहरुको नामसँगै १, २, ३ जस्ता नम्बरले पनि चिनिन्छ । यदि तपाई ब्रोकर नम्बर १ मा गएर टीएमएस सेवा लिनुहुन्छ भने तपाईंले www.tms01.nepsetms.com.np मा गएर ब्रोकर कार्यालयबाट उपलब्ध गराइएको युजर नेम र पासवर्ड टाइम गरी लगइन गर्नुपर्ने हुन्छ । ब्रोकर कार्यालयको नम्बर ब्राउजरमा टीएमएस लगइन गर्दा नै उल्लेख हुन्छ ।

यसरी युजर नेम र पासवर्ड आइसकेपछि तपाईंसँग भएको सेयर बिक्री गर्नका लागि कुनै समस्या छैन । तपाईंले विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार गर्न सक्नुहुन्छ । त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सक्नुहुन्छ । टीएमएसबाट सेयर बिक्री गर्नका लागि तपाईंले अर्डरमा क्लिक गरेर सेल भन्ने अप्सनमा गइसकेपछि कम्पनीको नाम, बिक्री गर्न चाहेको सेयरको मात्रा र मूल्य लेखेर बिक्री गर्न सक्नुहुन्छ । यसरी बिक्री भए वा नभएको तत्कालै देख्न सकिन्छ ।

यसरी सेयर मूल्य राख्दा तत्कालको मूल्यभन्दा अधिकतम र न्यूनतम २ प्रतिशतसम्ममा राख्न सकिन्छ । त्यसैगरी टीएमएसबाट कुनै कम्पनीको सेयर खरिद गर्दा पनि बाइ अर्डरमा गएर कम्पनीको नाम, खरिद गर्न चाहेको कित्ता र मूल्य राखेर समिट गर्न सकिन्छ । तर यसका लागि तपाईंसँग खरिद गर्न लागेको कुल रकमको २५ प्रतिशत रकम टीएमएसमा धितोका रुपमा राख्नुपर्ने हुन्छ । तपाईंले ब्रोकर कार्यालयमार्फत् कनेक्ट आइपीएसमार्फत् टीएमएसको कोल्याट्रर राख्न सक्नुहुन्छ ।

कोल्याट्रलरमा जति रकम देखिन्छ त्यसलाई २५ प्रतिशत रकम मान्न सकिन्छ । जस्तै तपाईंको कोल्याट्रलमा २५ हजार रुपैयाँ छ भने तपाईंले १ लाख रुपैयाँसम्मको सेयर खरिद गर्न पाउनु हुन्छ । तपाईंले अर्डर र सेयर खरिद गरेसँगै धितोका रुपमा राखिएका कति रकम खर्च भयो भन्ने देखिन्छ ।

यदि तपाईंले सेयर खरिद गर्नु भयो भने त्यसवापतको पैसा ब्रोकर कार्यालय वा कनेक्ट आइपीएसमार्फत् भुक्तानी गरिसकेपछि धितो पुरानै अवस्थामा देखिन्छ । यसरी खरिद गरेको सेयर कित्ता ३ दिनभित्रमा तपाईंको खातामा आइसक्नुपर्ने व्यवस्था छ भने सेयर बिक्री गरे वापतको पैसा ३ दिनभित्र तपाईंको बैंक खातामा आइसक्छ ।

सेयर कारोबार गर्दा कति लाग्छ शुल्क ?

सेयर कारोबार भनेको खरिद वा बिक्री गर्नु हो । तपाईंले कुनै सेयर खरिद वा बिक्री गर्दा लाग्ने खर्च कतिको कारोबार हो भन्नेले अर्थ राख्छ । अर्थात् तपाईंले ५० हजार रुपैयाँसम्मको कारोबार गर्नु भएको छ भने ०.४ प्रतिशत शुल्क बुझाउनु पर्छ भने ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत शुल्क, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.३० प्रतिशत शुल्क १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत शुल्क लाग्छ । सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ भने डिपी शुल्क भनेर प्रतिकारोबार २५ रुपैयाँ लाग्छ । त्यसबाहेक धितोपत्र बोर्डले पनि ०.०१५ प्रतिशत कमिसन लिन्छ


 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes