डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Friday, April 9, 2021

फौजी किरा को रोकथाम गर्ने तरिका

अहिले नेपालको बिभिन्न्न ठाउँ मा मकै खेती भैरहेको हुदा मकै मा बिभिन्न्न समस्या हरु पनि देखिएका छ्न
खासगरी अहिले मकै मा फौजी किरा को प्रकोप अलि बडि नै देखेको छ । यस्ले गर्दा बिभिन्न्न ठाउका किसान हरु चिन्तित देखेका छन । फौजी किरा मकै बालिको लागि निकै नै हानीकारक छ । यो किरा बालीमा देखियो भने बाली नस्ट गर्न कुनै समय नि लाउदैन ।
तेहि भएर यस्को बेवस्तापन गर्न निकै नै जरुरी छ ।
बिभिन्न्न तरिका बाट हामी यस्को प्रकोप बाली मा कम गर्न सक्छौ ।
# फौजी किरा को रोक्थाम बिधी
1) प्राकृतिक सत्रु जस्तै बारुलो को प्रयोग गरेमा यस्को प्रकोप कम गर्न सकिन्छ ।
2) सकेसम्म सबैले मकै एकैचोटी लगाउने र राम्रो संग ब्यवस्थापन गर्ने जस्तै गहिरो जोतने ,,झारपात हटाउने आदि
3) यो किरा राती को बेला चर्न रुचाउने हुनाले ( light trap) प्रयोग गर्न सकिन्छ ।
4) निम (neem) संग संबंधित biopesticide प्रयोग गर्नाले यस्को प्रकोप कम गर्न सकिन्छ ।
5) देखिएका जति लार्भा (larva) लाई हात लेनै टिपेर कम गर्न सकिन्छ ।
6) यो फौजी किरा लाई desmodium grass को सुगन्ध मन नपर्ने र napier grass को सुगन्ध मन पर्ने भएकाले मकै र डेस्मोडियम लाई अन्तरबाली ( intercroping ) लगाएर र napier grass लाई साइड मा लागाएर फौजी किरा को प्रकोप कम गर्न सकिन्छ ।
7) गाई को गहुत गुभोमा राखेर यो किरा लाई हटाउन सकिन्छ ।
8) जैविक बिसादी जस्तै माहासक्ती (2gm/lit) को मात्रा मा मकै मा spray गर्न सकिन्छ ।
9) फौजी किराको प्रकोप यदि बडि नै छ भने insecticide जस्तै spinosad ;; all clear को प्रयोग गर्न सकिन्छ ।
No photo description available.

0 comments:

Post a Comment

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes