डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Saturday, February 10, 2024

वासलातमा समाबेस हुने प्रमुख बुँदाहरु

 वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु

तिर्नुपर्ने बिल (Bills Payable)
बैंक ओभरड्राफ्ट ( Bank Overdraft)
साहु ( Creditor)
ऋण ( Loan)
सुरक्षित कोष (Reserve Fund)
पुँजी ( Capital)
पुँजी फिर्ता (Drawings)
खुद नाफा (Net Profit)
खुद नोक्सान (Net Loss)
वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु
नगद मौज्दात (Cash in Hand)
बैंक मौज्दात ( Cash at Bank)
भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable)
आसामी (Debtor)
फर्निचर (Furniture)
मोटर ( Motar)
लगानी (Investment)
भवन, हाता र पर्खाल (Business Premises)
अदृश्य सम्पतिहरु (Intangible Assets)
सामानको अन्तिम मौज्दात (Closing Stock)
वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु
अन्तिम मौज्दात (Closing Stock)
पेस्की खर्च ( Prepaid Expenses)
भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses)
ह्रास ( Depreciation)

वासलात के हो


कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ ।

संतुलन परीक्षण भनेको के हो ? यसको महत्व र उद्देश्यहरू उल्लेख गर्नुहोस ।



> आर्थिक कारोबारहरु का लागि तयार गरिएका प्रारम्भिक अभिलेखहरू ठिक छन् या छैनन् सम्बन्धित खाताहरुमा ठिक संग प्रविष्टि गरिए गरिएनन् सोको परीक्षण गरी हेर्ने बिधि संतुलन परीक्षण हो।

> दोहोरो लेखा प्रणाली अनुसार तयार गरिने हुँदा सन्तुलन परिक्षण मा डेबिट र क्रेडिट को योगफल बराबर हुनुपर्छ।

> एक निश्चित समयमा सम्पूर्ण  बही खातालाई बन्द गरी त्यसको  डेबिट र क्रेडिट मौज्दातलाई क्रमबद्ध रूपमा शिर्षक अनुसार राखिन्छ जसबाट डेबिट को रकम र क्रेडिटको रकम  मेल खान्छ खादैन भनी जाँच गरिन्छ। यदि डेबिट र क्रेडिट बराबर छन् भने गोश्वरा भौचर तथा बहीखाता ठिक छन् तथा बराबर छैन भने कारोबारको प्रविष्टि ठिक छैन भन्ने बुझ्नुपर्दछ।

> सन्तुलन परिक्षण ले लेखा अंकित कारोबारको अंकगणितीय शुद्धताको पहिचान गर्दछ।

> सन्तुलन परिक्षण लाई खाताहरु निचोड तथा लेखा सम्बन्धी गल्तिहरु को निरुपण गर्ने साधनको रुपमा मानिएको छ।


सन्तुलन परिक्षण को महत्व:

> सुरुको अभिलेखको हिसाबको परीक्षण गर्न,

> खाताको सारांश पत्ता लगाउन,

> अंकगणितीय शुद्धता परीक्षण गर्न, 

> अन्तिम खाता तयार गर्ने आधार बनाउन, 

> गल्ती पत्ता लगाई सुधारमा सहयोग गर्न, 

> लेखापरीक्षणमा मद्दत पुर्याउन, 

> व्यवस्थापनमा सहयोग पुर्याउन, 

> दोहोरो प्रविष्टि सम्बन्धी गल्तीहरु पत्ता लगाउन, 

> वासलात तयारीको आधिकारिकता प्रमाणित गर्न,

> अभिलेखहरू विश्वसनीय बनाउन मद्दत गर्दछ,

> लेखा राख्ने क्रममा तयार गरिएका अभिलेखहरू को  अंकगणितीय शुद्धताको जाँच गर्नमा सहयोग गर्दछ,

> गल्ती तथा छलकपट रोकथाम गर्न मद्दत गर्दछ,

> दोहोरो प्रविष्टि सम्बन्धि गल्तीहरु सुधार गर्न सहयोग पुर्याउँछ,

> विभिन्न खाताहरु को सारांश प्रदान गर्दछ आदि।


सन्तुलन परिक्षण को उद्देश्य:

> खाताहरु को सारांश पत्ता लगाउनु,

> अंकगणितीय शुद्धता परिक्षण गर्नु,

> अन्तिम खाता तयार गर्ने आधार बनाउनु,

> गल्ती पत्ता लगाई सुधारमा सहयोग गर्नु,

> सुरु अभिलेखका हिसाबको परीक्षण गर्नु,

> लेखापरीक्षणमा मद्दत पुर्याउनु,

> दोहोरो प्रविष्टि सम्बन्धी गल्तिहरु पत्ता लगाउनु,

> वासलात तयारीको आधिकारिकता प्रमाणित गर्नु आदि।

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes