> आर्थिक कारोबारहरु का लागि तयार गरिएका प्रारम्भिक अभिलेखहरू ठिक छन् या छैनन् सम्बन्धित खाताहरुमा ठिक संग प्रविष्टि गरिए गरिएनन् सोको परीक्षण गरी हेर्ने बिधि संतुलन परीक्षण हो।
> दोहोरो लेखा प्रणाली अनुसार तयार गरिने हुँदा सन्तुलन परिक्षण मा डेबिट र क्रेडिट को योगफल बराबर हुनुपर्छ।
> एक निश्चित समयमा सम्पूर्ण बही खातालाई बन्द गरी त्यसको डेबिट र क्रेडिट मौज्दातलाई क्रमबद्ध रूपमा शिर्षक अनुसार राखिन्छ जसबाट डेबिट को रकम र क्रेडिटको रकम मेल खान्छ खादैन भनी जाँच गरिन्छ। यदि डेबिट र क्रेडिट बराबर छन् भने गोश्वरा भौचर तथा बहीखाता ठिक छन् तथा बराबर छैन भने कारोबारको प्रविष्टि ठिक छैन भन्ने बुझ्नुपर्दछ।
> सन्तुलन परिक्षण ले लेखा अंकित कारोबारको अंकगणितीय शुद्धताको पहिचान गर्दछ।
> सन्तुलन परिक्षण लाई खाताहरु निचोड तथा लेखा सम्बन्धी गल्तिहरु को निरुपण गर्ने साधनको रुपमा मानिएको छ।
सन्तुलन परिक्षण को महत्व:
> सुरुको अभिलेखको हिसाबको परीक्षण गर्न,
> खाताको सारांश पत्ता लगाउन,
> अंकगणितीय शुद्धता परीक्षण गर्न,
> अन्तिम खाता तयार गर्ने आधार बनाउन,
> गल्ती पत्ता लगाई सुधारमा सहयोग गर्न,
> लेखापरीक्षणमा मद्दत पुर्याउन,
> व्यवस्थापनमा सहयोग पुर्याउन,
> दोहोरो प्रविष्टि सम्बन्धी गल्तीहरु पत्ता लगाउन,
> वासलात तयारीको आधिकारिकता प्रमाणित गर्न,
> अभिलेखहरू विश्वसनीय बनाउन मद्दत गर्दछ,
> लेखा राख्ने क्रममा तयार गरिएका अभिलेखहरू को अंकगणितीय शुद्धताको जाँच गर्नमा सहयोग गर्दछ,
> गल्ती तथा छलकपट रोकथाम गर्न मद्दत गर्दछ,
> दोहोरो प्रविष्टि सम्बन्धि गल्तीहरु सुधार गर्न सहयोग पुर्याउँछ,
> विभिन्न खाताहरु को सारांश प्रदान गर्दछ आदि।
सन्तुलन परिक्षण को उद्देश्य:
> खाताहरु को सारांश पत्ता लगाउनु,
> अंकगणितीय शुद्धता परिक्षण गर्नु,
> अन्तिम खाता तयार गर्ने आधार बनाउनु,
> गल्ती पत्ता लगाई सुधारमा सहयोग गर्नु,
> सुरु अभिलेखका हिसाबको परीक्षण गर्नु,
> लेखापरीक्षणमा मद्दत पुर्याउनु,
> दोहोरो प्रविष्टि सम्बन्धी गल्तिहरु पत्ता लगाउनु,
> वासलात तयारीको आधिकारिकता प्रमाणित गर्नु आदि।
0 comments:
Post a Comment