डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Thursday, July 8, 2021

नमुना सहकारीले प्रदेश सरकारबाट प्राप्त दुधको अनुदान रकम वितरण गर्यो

 

🖋 सुनिल अर्याल,मनहरी

मनहरी गाउँपालिका वडा नम्बर–३ भुन्द्रुङ मा रहेको नमुना कृषक बहुमुखी सहकरी संस्थाले दुग्ध उत्पादक किसानहरुलाई  उत्पादनका आधारमा आनुदन रकम वितरण गरेको छ । संस्थाले आव ०७/०७ को पशु पन्छी तथा मत्स्य विकास निर्देसनालय बागमती प्रदेश बाट प्रतिलिटर रु का दरले कुल रु.३०६९७२ प्राप्त भएको रकम आज वितरण गरेको हो । संस्थाको संचालक समिति तथा जन प्रतिनिधि  को उपस्थितिमा उक्त रकम बितरण  गरिएको हो यस प्रकारको अनुदान सहयोग ले कृषक हरु प्रोत्साहित भई देसलाई दुधमा आत्म निर्भर बनाउन सकिने  देखिन्छ    दुधको भुक्तानीमा हुने ढिलाई र प्रतिकुल समयमा दुधको बजारीकरणमा आउने  समस्या समाधान  गर्न सकिए  दुध उत्पादन प्रति कृषक अझै  आकर्षित हुने देखिन्छ




0 comments:

Post a Comment

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes