मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर ५ राज दमार स्थायी बसोबास गर्ने बिरबल काजि मोक्तान आफ्नो ४ जनाको परिवार सहित १० कठ्ठा पाखो बारीमा परम्परागत खेती गर्दथे जसबाट उनको परिवारलाई ६ महिना मात्रै खान पुग्ने अन्न मुस्किलले उब्जाउथे । ज्याला मजदुरी गरेर परिवार धान्दै आएका उनले बेकरी उद्योगमा उत्पादन भएको सामानहरू पसलसम्म पुर्याउने कामको सुरूवात गरे यसैक्रममा बिस्तारै काम सिक्दै दुनोट घरमै बनाई पसलहरूमा बेच्न सुरूवात गरे । घरमै दुनोट उत्पादन व्यवशाय सुरू गरेका उनले बिभिन्न सहकारी सस्था, स्थानिय बेकरी उद्योग, मकवानपुर उद्योग बाणिज्य सघं , युवा व्यवशायी स्वरोजगार कोष आदिबाट बिभिन्न समयमा तालिमहरू लिई ब्यबसायीक रूपमा बेकरीका सामानहरू उत्पादन गर्न सक्षम भए । प्रयाप्त लगानी को अभावमा सिमित उत्पादन गरिरहेका उनले युवा तथा साना व्यवसायी तथा स्वरोजगार कोष मकवानपुर बाट परम्परागत पेशा व्यवसायलाई सुधार गर्दै युवाहरूलाई स्वरोजगार बनाउने तथा बिपन्न बर्गको आर्थिक अवस्था उकास्ने उदेश्यले बकैया ५ मा रहेको पावस दुग्ध उत्पादक सहकारी सस्था ली ले युवा ब्यबसायी स्वरोजगार कोषको सहयोमा युवा व्यवसायीहरूलाई लगानी उपलब्ध गराईरहेको जानाकारी पाएपछी उक्त सहकारी को शेयर सदस्य बनी स्वरोजगार कोषको कर्जाबाट सहुलियत ब्याजदरको रू २०००००/- ( दुईलाख रूपैयाँ मात्रै) कर्जा लगानी रकम प्राप्त गरि आधुनिक भट्टी, ओभन, लगायत मेसिन उपकरणको जडानगरी ब्यबस्थित रूपमा उद्योग दर्ता गरी दिदीभाई बेकरी उद्योग सञ्चालन गरेका छन् । हाल उनको बेकरी उद्योगमा परिवार का २ जना तथा अन्य ४ जना गरी ६ जनाले नियमित रोजगारी पाईरहेका छन् । दैनिक १०० केजी बेकरी सामग्री उत्पादन गरिरहेको उनले हाल आम्दानी राम्रो भएकोले घरायसी खर्च गरी बाँकी रकम सहकारीहरुमा मासिक रुपमा बचत गरी हाल मासिक बचतमा वृद्धि गरेका छन्। सहकारीमा नियमित वचत तथा किस्ता बुझाएका छन् । आर्थिक अवस्थामा अझ प्रत्यक्ष सुधार भई हाल मासिक औसत रु.३०,०००।– (तिस हजार) भन्दा बढी मासिक खुद नाफा बचत गर्न सफल भएका छन् ।यसरी उनले युवा तथा साना ब्यवशायी स्वरोजगार कोष मार्फत बेरोजगार युवाहरूलाई ऋण लगानी गरेर आधुकिन प्रविधिमामा आधारीत बेकरी उत्पादन व्यवशायबाट स्वरोजगारको अवसर प्राप्त गरि जिवनस्तर सुधार तथा आय आर्जनमा बृद्धि गरी नमुना उद्योगी/व्यवसायी बन्न सकिन्छ भनि अन्य बेरोजगार युवाहरूलाई प्रेरणाको स्रोत बनेका छन् ।
-मिना अर्याल, असुली सहजकर्ता, युवा तथा साना ब्यवशायी स्वरोजगार कोष मकवानपुर
0 comments:
Post a Comment