नाफा नोक्सान हिसाब खाता भनेको के हो? नाफा नोक्सान हिसाब खाताको फाइदाहरु, नाफा नोक्सान हिसाब खाता तयार गर्ने तरिका एवं नाफा नोक्सान हिसाब खातामा समावेश हुने बुँदाहरु बारे लेख्नुहोस |
=================
उत्तर: व्यावसायिक संगठनहरुमा बर्षभरी संचालन भएका आर्थिक कारोबारहरुको आधारमा कुल नाफा वा कुल नोक्सान र खुद नाफा वा नोक्सान के भयो र कति भयो भनि हेर्न तयार गरिने खातालाई नाफा नोक्सान हिसाब खाता भनिन्छ | बर्षको अन्त्यमा ब्यवशायका कारोबारहरुबाट कुल नाफा र कुल नोक्सान पत्ता लागिसकेपछी मात्रै खुद नाफा र खुद नोक्सान पत्ता लगाउने गरिन्छ | वस्तुको खरदि विक्रीसंग सम्बन्धित प्रत्यक्ष खर्च र उत्पादन खर्च एवं उत्पादित सामानबाट हुने आम्दानीलाई सर्वप्रथम समावेश गरि कुल नाफा वा कुल नोक्सान पत्ता लगाइन्छ | कुल नाफा भए सोहि खाताको क्रेडिट र कुल नोक्सान भए डेबिटमा चढाइन्छ | यदि डेबिट पक्षको कुल रकम र क्रेडिट पक्षको कुल रकम बराबर भएमा नाफा वा नोक्सान केहि नहुने हुनाले केहि पनि जिम्मेवारी सर्दैन | कुल नाफा वा कुल नोक्सान पत्ता लगाईसकेपछी सोहि खाताको डेबिट महलमा सम्पूर्ण अप्रत्यक्ष खर्चहरु एवं अप्रत्यक्ष आम्दानीहरुलाई क्रेडिट महलमा समावेश गरि खुद नाफा वा नोक्सान पत्ता लगाइन्छ | अप्रत्यक्ष खर्चहरु भन्नाले प्रशासकीय खर्चहरु, ब्यवाशय संचालन खर्चहरु र सामान बिक्रिसम्बन्धि खर्चहरु भन्ने बुझिन्छ | त्यसैगरि अप्रत्यक्ष आम्दानी भन्नाले बिक्रि बाहेकका अन्य सम्पूर्ण आम्दानीहरु भन्ने बुझिन्छ | यदि नाफा नोक्सान खाताको क्रेडिट महलको रकम डेबिटभन्दा बढी भयो भने खुद नाफा क्रेडिट महलको रकम डेबिटभन्दा बढी भयो भने खुद नाफा मानिन्छ, ठिक त्यस्तै प्रकारले डेबिट महलको रकम क्रेडिट महलको भन्दा बढी भएमा खुद नोक्सान हुन्छ | नाफा नोक्सान हिसाब खातामा खुद नाफा वा खुद नोक्सान जे भए पनि वासलातमा सारिन्छ |
=================
नाफा नोक्सान हिसाब खाताका फाइदाहरु:
१) निश्चित अवधिको कुल नाफा र खुद नाफा वा कुल नोक्सान र खुद नोक्सान कति भयो र कसरि भयो भन्ने जानकारी पाइन्छ |
२) व्यावसायिक संस्थाको बर्षभरिको खरिद र बिक्रि पत्ता लगाउन सकिन्छ |
३) प्रत्यक्ष र अप्रत्यक्ष खर्चहरुको अनुपात निकाल्न सकिन्छ |
४) विभिन्न शिर्षकहरुबाट प्राप्त आम्दानी रकमहरुको तुलनात्मक अध्ययन गर्न सकिन्छ |
५) नाफा वा नोक्सान हुनाका कारणहरु पत्ता लगाउन सजिलो हुन्छ |
६) नाफा वा नोक्सान हुनाका कारणहरु पत्ता लगाउन सजिलो हुन्छ |
७) व्यावसायिक भावी स्वरुपको खाका कोर्न मदत गर्दछ |
=================
नाफा नोक्सान हिसाब खाता तयार गर्ने तरिका:
हिसाब खाताको डेबिट महलमा सुरु मौज्दात, खरिद र त्यसबाट फिर्ता भएको रकम तथा भित्र्याउने ढुवानी खर्च र ज्याला देखाउनुपर्दछ | उत्पादन कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित अन्य खर्चहरु जस्तै: इन्धन, ग्यास, बिजुली, कारखानामा खरिद गरि ल्याएका सामानमा लाग्ने भन्सार, मुल्यअभिब्रिद्दी कर र स्थानीय निकायहरुले लिने करहरु पनि यसमा समावेश गरिन्छ | यस खाताको क्रेडिट महलमा बिक्रि, बिक्रि फिर्ता तथा अन्तिम मौज्दात देखाइन्छ | ब्यापार नोक्सान भएको खण्डमा पनि यसै महलमा लेखिनुपर्दछ | अन्तिम मौज्दात को मुल्यांकनले एउटा समस्या खडा गर्छ तर यो खाता तयार गर्दा लागत मुल्य तथा बजार मुल्य जुन कम हुन्छ, त्यहीअनुसार राख्नुपर्छ | व्यापारमा नाफा पनि हुन सक्छ, नोक्सान पनि हुन सक्छ | क्रेडिट पक्ष बढी भयो भने जति रकमले डेबिट पक्ष घटी हुन्छ त्यहि रकम नै कुल नाफा हो | नाफा क्रेडिट रकम हो तर डेबिट पक्ष र क्रेडिट पक्ष बराबरी पार्नुपर्ने सिद्धान्तअनुसार जति रकम नाफा भएको हो त्यति रकमलाई डेबिट पक्षमा कुल नाफा भनि देखाई तत्काल रकम बराबरी गराउनुपर्दछ | त्यसैगरि कुल नोक्सान भएको रहेछ भने क्रेडिट पक्षमा लेखि बराबर पार्नुपर्छ | कुल नाफा भए त्यो रकम तत्काललाइ डेबिटमा देखाए पनि क्रेडिट रकम भएकाले नाफानोक्सान खातामा क्रेडिट महलमा अर्थात् आम्दानी महलमा सार्नुपर्छ भने कुल नोक्सान भने त्यस रकमलाई नाफानोक्सान खाताको डेबिट अर्थात् खर्च महलमा सार्नुपर्छ |
कुल नाफा वा नोक्सान पत्ता लगाईसकेपछी अवास्तविक खाता का सम्पूर्ण डेबिट रकम अर्थात् सम्पूर्ण खर्च तथा नोक्सानहरु नाफा नोक्सान खाताको डेबिट महलमा र सम्पूर्ण आम्दानी वा फाइदाहरु क्रेडिट महलमा सार्नुपर्दछ | डेबिट र क्रेडिट महलको जोड रकमबीच तुलना गरि नाफा वा नोक्सान के भएको रहेछ पत्ता लगाउनुपर्दछ | यदि डेबिट महलको कुल रकम क्रेडिट महलको कुल रकमभन्दा कम भएमा खुद नाफा हुन्छ | त्यसैगरि क्रेडिट महलको कुल रकम कम भएमा खुद नोक्सान हुन्छ | खुद नाफा वा खुद नोक्सान जे भए पनि सो रकम वासलातको दायित्व महलमा सारिन्छ |
=================
नाफानोक्सान हिसाब खातामा समावेश हुने बुँदाहरु:
क) सुरु मौज्दात : अघिल्लो बर्षमा बिक्रि हुन् बाँकी रहेका र व्यापारमा प्रयोग भइरहेका मालसामानहरु यस आर्थिक बर्षको सुरुमा अघिल्लो बर्षबाट स्वत प्राप्त हुन्छ | ती मालसामानहरु समेत यस बर्ष बिक्रि वा प्रयोग गरिने हुँदा सोको लागतलाइ सुरु मौज्दातका रुपमा देखाउनुपर्दछ |
ख) खरिद: चालु आर्थिक बर्षमा उत्पादनका बिक्रिका लागि नगद वा उधारोमा खरिद गरि प्राप्त गरेका मालसामानहरुलाई खरदि वा क्रय भनिन्छ |
ग) खरिद फिर्ता : खरिद गरिएका मालसामानहरु कुनै कारणवश फिर्ता गर्नुपर्ने भइ फिर्ता गरिएमा खरिद फिर्ता भनिन्छ | त्यस्ता फिर्ता भएका सामानहरुको भुक्तानी गर्नुपर्दैन | खरिद फिर्ता घटाएर मात्र खरिदको यथार्थ मुल्य थाहा पाउन सकिन्छ |
घ) भित्रि ढुवानी खर्च : यसले खरिद गरिएका मालसामानहरुको ढुवानी खर्चलाई जनाउछ | सामान खरदि गरि ल्याउँदा भएका यस्ता खर्चहरुलाई खरिद खर्च भनिन्छ | खरिद खर्चमा अन्य किसिमका खर्चहरु पनि आउछन | जस्तै : कुल्ली खर्च, ठेलागाडी भाडा, भन्सार महसुल तथा स्थानीय करहरु प्रत्यक्ष खर्चभित्र पर्दछन |
ङ) उत्पादन खर्चहरु : ब्यावाशायिक संस्थाले मालसामान उत्पादन गरि बेच्ने गरेको हुन्छ | मालसामान उत्पादन गर्दा भएका खर्चहरु यस शिर्षकमा पर्दछन | ज्याला, बुजुली, ग्यास, कोइला, इन्धन, पानि जस्ता उत्पादनसंग सम्बन्धित प्रत्यक्ष खर्चहरु यसमा पर्दछन |
च) प्रशासकीय खर्च : यसमा तलब र ज्याला, बिमा, बिद्युत खर्च जस्ता प्रशासनसंग सम्बन्धित कार्यसम्पादनका क्रममा हुने खर्चहरु पर्दछन |
छ) व्यवशाय संचालन खर्च : मसलन्द र छपाई, कानुनि खर्च, छुट, भाडा, कर, लेखापरिक्षण शुल्क, पुँजीको ब्याज, ह्रासकट्टी, हुलाक खर्च, कार्यालय मर्मत सम्भार, बैंक दस्तुर, संचालन शुल्क, अप्राप्य ऋण, शंकास्पद ऋणका लागि व्यवस्था, टेलिफोन, ट्रंक, इमेल, फ्याक्स, टेलेक्स, इन्टरनेट आदिको महसुल, मोटर मर्मत खर्च एवं अन्य प्रकारको नोक्सान आदि व्यवशाय संचालन खर्चमा पर्दछन |
ज) सामान बिक्रि खर्च : यसमा बिज्ञापन खर्च, बिक्रि छुट, बधाई खर्च, बिक्रेताहरुको भ्रमण भत्ता आदि खर्च पर्दछन |
झ) अन्य प्रकारका अप्रत्यक्ष खर्चहरु
ञ) कुल नोक्सान
Thursday, March 12, 2020
नाफा नोक्सान हिसाब खाता भनेको के हो?
March 12, 2020
स्मार्ट खबर.कम
No comments
0 comments:
Post a Comment