डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Wednesday, February 24, 2021

बैंक नगदी किताब

 


फाराम भर्ने तरिकाः

बजेट उपशीर्षक नं. मा आर्थिक संकेत तथा वर्गीकरण अनुसारको बजेट उपशीर्षक नं. लेख्नुपर्छ ।
महल १ मा भौचर राखेको दिनको मिति लेख्नुपर्छ ।
महल २ मा भौचर नं. उल्लेख गर्नुपर्छ ।
महल ३ मा भौचरमा भएको कारोबारको संक्षिप्त व्यहोरा लेख्नुपर्छ ।
महल ४ मा नगद प्राप्त भएमा यस डेविट महलमा लेख्नुपर्छ ।
महल ५ मा महल ४ को नगद रकम बैंक दाखिला हुँदा वा अन्य कारणले तहबील नगद घट्ने भएमा यस                 महलमा क्रेडिट गर्नुपर्छ ।
महल ६ मा बैंकमा रकम जम्मा हुन आएमा यस डेविट महलमा लेख्नुपर्छ ।
महल ७ मा बैंकमा जम्मा भएको रकम घट्ने क्रियाकलाप वा कारोबार गरेमा यस क्रेडिट महलमा चढाउनुपर्छ
महल ८ मा बैंकमा नगद जम्मा भएमा वा बैंक मार्फत कुनै भुक्तानी भएमा उक्त कारोबारको चेक नं. वा बैंक             विद्युतीय ट्रान्सफर नं. लेख्नुपर्छ ।
१० महल ९ मा बैंक मौज्दातको डेविट र क्रेडिट महलको खूद जम्मा रकम लेख्नुपर्छ । महल नं ९=(४+६)-(५+७)
११ महल १० मा बजेट खर्च हुँदा खर्च लेखिने खर्च शीर्षक नं. लेख्नुपर्छ ।
१२ महल ११ मा महल १० मा भएको खर्च शीर्षक नं. मा के कति रकम खर्च भयो सो रकम लेख्नुपर्छ ।
१३ महल १२ मा यस मितिसम्म (महल १ मा चढाइएको मितिसम्म)को चालु आर्थिक वर्षमा दिइएको पेस्की रकम         उल्लेख गर्नुपर्छ ।
१४ महल १३ मा चालु आर्थिक वर्षको पेस्की फर्छ्यौट भएमा यस महलमा लेख्नुपर्छ ।
१५ महल १४ मा गत विगत आर्थिक वर्षको जिम्मेवारी सारिएको पेस्की रकम उल्लेख गर्नुपर्छ ।
१६ महल १५ मा गत विगत आर्थिक वर्षको जिम्मेवारी सारिएको पेस्की यस आर्थिक वर्षमा फर्छ्यौट गरिएमा यस         महलमा लेख्नुपर्छ । जिम्मेवारी सारिएको रकमबाट फछ्र्यौट भएको रकम कट्टा गर्दा बाँकी भएको अङ्क                 फछ्र्यौट हुन बाँकी पेश्की भन्ने व्यहोरा अवगत हुन्छ ।
१७ महल १६ र महल १७ मा अन्य विविध शीर्षकमा क्रमशः डेविट र क्रेडिट गर्नको लागि प्रयोग गर्नुपर्छ ।
१८ महल १८ मा विवरणहरू अद्यावधिक गर्ने क्रममा कुनै मितिको विवरणमा केही कैफियत लेख्नुपरेमा यस                 महललाई प्रयोग गर्नुपर्छ ।
१९ यो महिनाको जम्मा हरफमा यस महिनाको सम्बन्धित महलहरूमा जम्मा जोड रकम लेख्नुपर्छ ।
२० गत महिनासम्मको जम्मा हरफमा गत महिनासम्मको सम्बन्धित महलहरूको जम्मा जोड रकम यहाँ सार्नुपर्छ         / लेख्नुपर्छ ।
२१ हालसम्मको जम्मा हरफमा यस महिनाको जम्मा रकम र गत महिनासम्मको जम्मा रकम जोडेर लेख्नुपर्छ ।
२२ यस बैंक नगदी किताब प्रत्येक महिनाको लागि तयार गरिन्छ ।
२३ महल ४, ६, ११ र १६ को जम्मा जोड रकम महल ५,७ र १७ को जम्मा जोड रकमसंग बराबर हुनुपर्छ ।


0 comments:

Post a Comment

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes