डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Wednesday, February 24, 2021

डेविट र क्रेडिटका नियमहरु

आर्थिक कारोबारलाई खातामा अभिलेख गर्दा अबलम्बन गर्नु पर्ने मार्गदर्शन डेबिट र क्रेडिटका नियम सिद्धान्त एवं तरिका हुन्। डेबिट र क्रेडिट निम्न तरिकाअनुसार गरिन्छ।

क) खाताको आधारमा [On the Basis of Account Nature]
१) व्यक्तिगत खाता
- यसमा पाउने व्यक्ति डेबिट हुन्छ।
- दिने व्यक्ति क्रेडिट हुन्छ।
२) वास्तविक खाता
- यसमा जे आउँछ त्यो डेबिट हुन्छ।
- जे जान्छ त्यो क्रेडिट हुन्छ।
३) सांकेतिक खाता
- यसमा खर्च वा नोक्सान भएमा डेविट हुन्छ।
- आम्दानी वा नाफा भएमा क्रेडिट हुन्छ।
ख) सम्पत्ति र दायित्वको आधारमा [On the Basis of Income & Expenses]
१) डेबिट
निम्न अवस्थामा डेबिट गरिन्छः
- खर्च बढेमा
- सम्पत्ति बढेमा
- आम्दानी घटेमा
- दायित्व घटेमा
२) क्रेडिट
निम्न अबस्थामा क्रेडिट गरिन्छः
- खर्च घटेमा
- सम्पत्ति घटेमा
- आम्दानी बढेमा
- दायित्व बढेमा
अथवा
डेबिटः खर्च सम्पत्ति बढेमा, आम्दानी दायित्व घटेमा।
क्रेडिटः खर्च सम्पत्ति घटेमा, आम्दानी दायित्व बढेमा।

0 comments:

Post a Comment

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes