डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Tuesday, March 26, 2024










 



Thursday, March 14, 2024

व्यावसायिक योजना के हो, यो कसरी लेख्ने ?

 


व्यावसायिक योजना के हो ?

तपाईंको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले र कसरी गर्ने) भन्ने विषयमा एकै ठाउँमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यवसायिक योजना हो।

२. व्यावसायिक योजनामा कस्ता जानकारीहरु उल्लेख हुनुपर्छ ?

तपाईंले सुरु गर्ने व्यवसायमा आउन सक्ने सबै किसिमका समस्याहरुको उत्तर हुनुपर्छ। ती प्रश्नको उत्तर तपाईको व्यावसायिक योजनामा समावेश भएको हुनुपर्छ। ती हुन् :–

– तपाईंको व्यवसायको नाम, उदेश्य के हो ?

– मेशिन उपकरण के कति चाहिन्छ ? के कस्ता दक्षताका कति कामदार चाहिन्छ ?

– कति पूँजी आवश्यक पर्छ ? अन्य खर्चहरू के कति लाग्ला ?

– लगानीको कति नाफा पाउन सकिन्छ ?

–तपाईंले कुन/कस्तो गुणस्तरको वस्तु/सेवा उत्पादन गर्ने वा दिने हो ?

– कति परिमाणमा उत्पादन गर्ने हो, सेवा दिने हो ?

– वस्तु/सेवाको बजार क्षेत्र कहाँ हो ?

– बजार माग कस्तो छ ? त्यहाँ कस्ता उमेर समूह र रुचिका मान्छेहरु बस्छन् ?

– तपाईंको व्यावसायका प्रमूख चुनौति के–के हुन्, ती चुनौति सामना गर्ने तपाईका बिकल्प के छन् ?

३. व्यवसायिक योजना किन चाहिन्छ ?

– व्यवसाय सञ्चालन गर्दा अलमल नभइकन दैनिक काम तथा निर्णयहरु गर्न व्यावसायिक योजना चाहिन्छ।

– व्यवसायका लागि ऋण लिँदा व्यवसायिक योजना भयो भने ऋण लिन सजिलो र छिटो पनि हुन्छ।

– लगानी गर्ने कि नगर्ने लेखाजोखा गर्न व्यावसायिक योजना चाहिन्छ।

– तपाईंले गर्न लाग्नुभएको व्यवसायमा कुन–कुन कुराहरु राम्रा छन्, कुन–कुन कुराहरुको कमी छ ? त्यसको लेखाजोखा गर्न व्यावसायिक योजना चाहिन्छ।

४. व्यावसायिक योजनामा अरु के गर्ने ?

– व्यावसायिक योजना व्यवसायी आफैँले बनाउन गाह्रो भयो भने पढेलेखेका अरु साथीभाइ, आफन्त वा पैसा तिरेर जान्ने मान्छेको पनि मद्दत पनि लिन सकिन्छ। तर, त्यसमा व्यावसाय गर्ने मान्छेको भिजन समेट्ने कुरामा ध्यान दिनुपर्छ।

– समय–समयमा विभिन्न संघसंस्थाहरुले व्यावसायिक योजना बनाउने सम्बन्धि तालिमहरु पनि दिइरहेका हुन्छन्, त्यहाँ गएर पनि तालिम लिन सकिन्छ।

Wednesday, March 13, 2024

उत्प्रेरणा भनेको के हो ? उत्प्रेरणाको मह्त्व र उत्प्रेरणाका सिदान्तहरु लेख्नुहोस् ।


======================================

(क) उत्प्रेरणा को अर्थ तथा परिभाषा :-
==================================
अङ्ग्रेजीमा Motivation शब्द Motive बाट उत्पत्ति भएको हो । यसको शाब्दिक अर्थ व्यक्तिमा काम गर्ने इच्छा शक्ति जागृत गर्नु हो । मानिसको आफ्नो व्यक्तिगत इच्छा र चाहना हुन्छ । काम गर्दा त्यो चाहना पूरा हुन्छ भने यसले उसमा काम गर्ने इच्छा शक्ति जागृत गराउँछ । त्यो नै वास्तवमा उत्प्रेरणा हो । कर्मचारीहरूको सीप र योग्यता विकास गरिसकेपछि उनीहरूलाई प्रभावकारी उत्प्रेरणा गर्नुपर्दछ । तब मात्र उनीहरू उत्साह तथा तत्परतापूर्वक आ - आफ्नो कार्यसम्पादन गर्दछन् । आजको प्रतिस्पर्धात्मक वातावरणमा सङ्गठनको लक्ष्य हासिल गर्नका लागि कर्मचारीहरूबाट अधिकतम उत्पादकत्व प्राप्त गर्नुपर्दछ । यसका लागि उत्प्रेरणा जरुरी छ । सक्षेपमा कर्मचारीको व्यक्तिगत इच्छा पूरा हुने गरी अधिकतम कार्यसम्पादन गर्ने कतिबद्धता प्राप्त गर्नु नै उत्प्रेरणा हो । व्यक्तिलाई उत्प्रेरणा प्रदान गर्नका लागि उसको इच्छा र चाहना पूरा गर्नुपर्दछ । कर्मचारीहरूको इच्छा अनुसार उच्च पारिश्रमिक , सुविधा पदोन्नति आदि व्यवस्था गरी उनीहरूलाई उत्प्रेरणा प्रदान गर्नुपर्दछ । सामान्य तलब र ज्यालाले कर्मचारीलाई असन्तुष्टि ( Dissatisfaction ) बाट सन्तुष्टि नभएको ( No satisfaction ) अवस्थामा ल्याउँछ । यसबाट उनीहरूले सामान्य कार्यसम्पादन गर्दछन् । उत्प्रेरणाले उनीहरूलाई सन्तुष्टि नभएको ( No satisfaction ) अवस्थाबाट सन्तुष्टि ( Satisfaction ) को अवस्थामा ल्याउँछ । तब मात्र उनीहरूले उत्साहका साथ उच्च कार्यसम्पादन गर्दछन् । यसले सङ्गठनलाई प्रतिस्पर्धामा सफलतापूर्वक अगाडि बढ्न सक्षम तुल्याउँछ ।
"उप्रेरणा एक प्रक्रिया हो , जसले लक्ष्य प्राप्ति तर्फ व्यक्तिको प्रयत्न निर्देशित तथा चाहना अभिवृद्धि गर्द्छ । "( Motivation is a process that accounts for an individuals intensity , direction and persistence of efforts toward attaining a goal . ) - Stephen P. Robbins
उत्प्रेरणा निरन्तर चलिरहने प्रक्रिया हो । यो व्यक्ति तथा समूहको व्यवहारसँग सम्बन्धित हुन्छ । यो मनोवैज्ञानिक धारणामा आधारित छ । सङ्गठनको लक्ष्य हासिल गर्नका लागि उत्प्रेरणा महत्त्वपूर्ण व्यवस्थापकीय साधन हो । सहायकहरूलाई आवश्यकताअनुरूप काम गराउनका लागि व्यवस्थापकले उत्प्रेरणा प्रदान गर्दछ । यसर्थ उत्प्रेरणा गर्ने कार्य व्यवस्थापकले गर्नुपर्दछ ।
(ख) उत्प्रेरणा सम्बन्धी केही सिद्धान्तहरू:-
==================================
१) . मास्लोको आवश्यकता सम्बन्धी पदसोपान सिद्धान्त :-
--------------------------------------------------------------------
मानव मनोविज्ञानवेत्ता , अब्राहम मास्लोले मानवीय आवश्यकताहरू सम्बन्धी एक सिद्धान्त प्रतिपादन गरे । सन् १ ९ ४३ मा उनले प्रतिपादन गरेको सिद्धान्तलाई नै मास्लोको पदसोपान सिद्धान्त हो । उनका अनुसार आवश्यकताले व्यक्तिलाई उत्प्रेरित गर्दछ । यस्ता आवश्यकता पदसोपानको रूपमा रहन्छन् र एउटा आवश्यकता पूर्ति भएपछि अर्को शुरु हुन्छ । तर तल्लो तहका उत्प्रेरणाहरू पहिले पूर्ति भएपछि मात्र नयाँ आवश्यकताहरू सिर्जना हुन्छ । मानिसका आवश्यकताहरू अनन्त हुन्छन् । यिनै आवश्यकताले मानिसलाई काममा उत्प्रेरित गर्दछ । सन्तुष्ट आवश्यकताहरूले मानिसलाई उत्प्रेरित गर्दैन । पदसोपानमा वर्गीकृत यी आवश्यकताहरू तलबाट माथितिर सर्दै जान्छन् । उनले तयार गरेका वा कल्पना गरेका ५ वटा आवश्यकताको पदसोपान ( Hierachy ) निम्नानुसार छ :
१. शारीरिक आवश्यकता ( Physiological needs )
शारीरिक अवस्था विशेषत मानिसको आधारभूत आवश्यकतासँग सम्बन्धित छन् । जुन बाँच्नका लागि नभै हुँदैन । खाना , पानी , लुगा , आवास , यौन र अरु शरीरसंग सम्बन्धित आवश्यकता यो वर्गमा पर्दछन् । यी आवश्यकता परिपूर्ति नभएसम्म मानिस अन्य आवश्यकताका लागि कुनै कार्य गर्दैन ।
२. सुरक्षा आवश्यकता ( Safety Needs )
शारीरिक र मानसिक हानीबाट जोगाउन , जीउ धनको सुरक्षा गर्न चाहिने आवश्यकता यो तहमा पर्दछन् ।
३. सामाजिक आवश्यकता ( Social or belonging needs )
सामाजिक प्राणी भएको र समाजमा रहन चाहिने आवश्यकताहरूको नै यस अन्र्तगत पर्दछन् । माया , ममता , साथीत्व , सामाजिक स्वीकृति , सामाजिक स्वीकार , औपचारिक अनौपचारिक संगठन , पेशागत सम्बन्ध आदि यस अन्तर्गत पर्दछन् ।
४. आत्मसम्मानका आवश्यकताहरू ( Esteem Needs or egoneeds )
सामाजिक आवश्यकता परिपूर्ति भएपछि मानिस आफै वा बाह्य सर्वसाधारणद्वारा सम्मानित हुन्छ । Status needs को रूपमा रहेका यस्ता आवश्यकताहरूमा शक्ति , प्रतिष्ठा , मर्यादा , सात्म - सम्मान , स्वायत्तता , सम्मान , पद आदि पर्दछन् ।
५. आत्म सन्तुष्टि बा आत्मबोध आवश्यकताहरू ( Self actualization needs )
कुनै तहको वा हुनु पर्ने तहको माथिल्लो अवस्थामा पुग्ने गरी चाहिने आवश्यकता यो समूहमा पर्दछन् । यो आवश्यकताको उच्चतम तह हो । यसमा आत्म गौरव , सिर्जनात्मक प्रतिभा , योग्यता , क्षमता , विश्वास , आत्म विकास , जस्ता कुराहरू पर्दछन् । मास्लोले माथि उल्लिखित पाँच प्रकारका आवश्यकताहरूको श्रृङ्खला प्रस्तुत गरे । मास्लोका अनुसार कुनै पनि व्यक्तिलाई उत्प्रेरित गर्न , उक्त व्यक्ति श्रृङ्खलाको कुन तहमा छ , थाहा पाएर त्यो भन्दा माथिल्लो तहको आवश्यकतामा जोड दिनु पर्दछ । श्रृङ्खलाका तलका २ वटा आवश्यकताहरूलाई तल्लो तहका ( Lower Level ) र अरु तीन तहलाई माथिल्लो तहका ( Higher order ) आवश्यकताहरू भनिन्छ । उच्च तहका आवश्यकताहरू आन्तरिक रूपमा र तल्लो तहका आवश्यकताहरू बाह्य रूपमा देखिन्छन् । मास्लोका आवश्यकता सिद्धान्तले बृहत रूपमा नै मान्यता पायो । सरल , व्यवहारिक र सजिलो हुनुका साथै कर्मचारीको आवश्यकताहरू बुझ्न र तिनलाई पूरा गर्न तल्ला तहका आवश्यकता पूरा भएपछि मात्र माथिल्लो तहका आवश्यकताहरूले सन्तुष्टी प्रदान गर्ने कुरा व्यवस्थापकलाई बुझाउन यो सिद्धान्त महत्वपूर्ण भए पनि यो आलोचनामुक्त भने छैन । अनुसन्धानहरूले यो सिद्धान्तलाई प्रमाणित गर्न सकेको छैन भने आवश्यकताबाट मात्र नभई धारणा , आकांक्षा र अनुभवबाट पनि मानिसहरू उत्प्रेरित हुन सक्छन् । त्यस्तै सिद्धान्तमा परिस्थितिजन्य तत्वहरूलाई पनि ध्यान दिएको छैन ।
२) . हर्जवर्गको उत्प्रेरणाको दुई तत्व सिद्धान्त ( Herzberg's Two Factor Theory )
--------------------------------------------------------------------
अमेरिकी व्यवस्थापनविद् Fredrick Herzberg ले १ ९ ६० को दशकमा यो सिद्धान्त प्रतिपादन गरेका हुन् । उनको सिद्दान्तले कर्मचारी / कामदारलाई उत्प्रेरित गर्नका लागि मुख्य २ वटा तत्वहरू आवश्यक पर्ने कुरालाई प्रष्टयाएको छ । उनको यही अध्ययनबाट उत्प्रेरणाको दुई तत्वहरूको सिद्धान्त ( Two Factors Theory ) को प्रतिपादन भएको हो । उनले प्रस्तावित गरेका दुई तत्वहरू यस प्रकार छन् :
( क ) आरोग्यतत्व ( Hygiene Factors ):-
हजबर्गले कामसित सम्बन्धित तत्वहरूलाई यो वर्गमा राखेका छन् । उनका अनुसार यी तत्वहरू विद्यमान नभएमा वा कार्य वातावरण नभएमा असन्तुष्टि उत्पन्न हुन्छ । यी तत्वहरूको प्राप्तिबाट काममा असन्तुष्टि उत्पन्न हुँदैन भने यी तत्वले उत्प्रेरित पनि गर्न सक्दैनन् । यस्ता तत्वहरूलाई Dissatisfiers , Maintenance , Hygiene , or Job Context Factors आदि पनि भनिन्छ । आरोग्य तत्वहरूमा सुपरिवेक्षण , कम्पनीको नीति र प्रशासन , कार्य वातावरण , हाकिमसँगको सम्बन्ध , तलव , साथीहरूसंगको सम्बन्ध , व्यक्तिगत जीवन , सहायकहरूसितको सम्बन्ध , मर्यादा अर्थात सामाजिक स्थिति , नोकरीको सुरक्षा आदि पर्दछन् ।
( ख ) उत्प्रेरक तत्वहरू :-
उत्प्रेरक तत्वहरू आन्तरिक तत्व हुन् जसको उपस्थितिले कार्य सन्तुष्टि जगाउँछ । कार्यसूचिसँग सम्बन्धित भएकोले यी तत्वको प्राप्तिले कर्मचारीलाई उत्प्रेरित गर्ने भएकोले उत्प्रेरक तत्व भनिएको हो । तर यी तत्वहरूको अभावमा कार्य असन्तुष्टि आउँछ भन्न पनि मिल्दैन । कर्मचारीलाई उत्प्रेरित गर्ने यी तत्वहरू प्राप्ति , सम्मान प्रगति , कामको प्रकृति , जिम्मेवारी , उन्नतिको अवसर आदि तत्व पर्दछन् । उनको सिद्धान्त पनि आलोचनामुक्त छैन । यो लोकप्रिय र सबैले जान्न सक्ने , उत्प्रेरणाको महत्वलाई जोड दिएको , कार्य सुदृढीकरणमा जोड दिएको भएपनि अनुसन्धान पद्धतिले सिद्धान्तलाई प्रमाणित गर्न नसक्ने , यसको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने , व्याख्याहरूमा फरकपन आएको , सन्तुष्टिको मापदण्ड उपयुक्त नभएको र परिस्थितिजन्य तत्वहरूलाई उपेक्षा गरिएको जस्ता आलोचनाहरू हुने गरेको पाइन्छ

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes