======================================
(क) उत्प्रेरणा को अर्थ तथा परिभाषा :-
==================================
अङ्ग्रेजीमा Motivation शब्द Motive बाट उत्पत्ति भएको हो । यसको शाब्दिक अर्थ व्यक्तिमा काम गर्ने इच्छा शक्ति जागृत गर्नु हो । मानिसको आफ्नो व्यक्तिगत इच्छा र चाहना हुन्छ । काम गर्दा त्यो चाहना पूरा हुन्छ भने यसले उसमा काम गर्ने इच्छा शक्ति जागृत गराउँछ । त्यो नै वास्तवमा उत्प्रेरणा हो । कर्मचारीहरूको सीप र योग्यता विकास गरिसकेपछि उनीहरूलाई प्रभावकारी उत्प्रेरणा गर्नुपर्दछ । तब मात्र उनीहरू उत्साह तथा तत्परतापूर्वक आ - आफ्नो कार्यसम्पादन गर्दछन् । आजको प्रतिस्पर्धात्मक वातावरणमा सङ्गठनको लक्ष्य हासिल गर्नका लागि कर्मचारीहरूबाट अधिकतम उत्पादकत्व प्राप्त गर्नुपर्दछ । यसका लागि उत्प्रेरणा जरुरी छ । सक्षेपमा कर्मचारीको व्यक्तिगत इच्छा पूरा हुने गरी अधिकतम कार्यसम्पादन गर्ने कतिबद्धता प्राप्त गर्नु नै उत्प्रेरणा हो । व्यक्तिलाई उत्प्रेरणा प्रदान गर्नका लागि उसको इच्छा र चाहना पूरा गर्नुपर्दछ । कर्मचारीहरूको इच्छा अनुसार उच्च पारिश्रमिक , सुविधा पदोन्नति आदि व्यवस्था गरी उनीहरूलाई उत्प्रेरणा प्रदान गर्नुपर्दछ । सामान्य तलब र ज्यालाले कर्मचारीलाई असन्तुष्टि ( Dissatisfaction ) बाट सन्तुष्टि नभएको ( No satisfaction ) अवस्थामा ल्याउँछ । यसबाट उनीहरूले सामान्य कार्यसम्पादन गर्दछन् । उत्प्रेरणाले उनीहरूलाई सन्तुष्टि नभएको ( No satisfaction ) अवस्थाबाट सन्तुष्टि ( Satisfaction ) को अवस्थामा ल्याउँछ । तब मात्र उनीहरूले उत्साहका साथ उच्च कार्यसम्पादन गर्दछन् । यसले सङ्गठनलाई प्रतिस्पर्धामा सफलतापूर्वक अगाडि बढ्न सक्षम तुल्याउँछ ।
"उप्रेरणा एक प्रक्रिया हो , जसले लक्ष्य प्राप्ति तर्फ व्यक्तिको प्रयत्न निर्देशित तथा चाहना अभिवृद्धि गर्द्छ । "( Motivation is a process that accounts for an individuals intensity , direction and persistence of efforts toward attaining a goal . ) - Stephen P. Robbins
उत्प्रेरणा निरन्तर चलिरहने प्रक्रिया हो । यो व्यक्ति तथा समूहको व्यवहारसँग सम्बन्धित हुन्छ । यो मनोवैज्ञानिक धारणामा आधारित छ । सङ्गठनको लक्ष्य हासिल गर्नका लागि उत्प्रेरणा महत्त्वपूर्ण व्यवस्थापकीय साधन हो । सहायकहरूलाई आवश्यकताअनुरूप काम गराउनका लागि व्यवस्थापकले उत्प्रेरणा प्रदान गर्दछ । यसर्थ उत्प्रेरणा गर्ने कार्य व्यवस्थापकले गर्नुपर्दछ ।
(ख) उत्प्रेरणा सम्बन्धी केही सिद्धान्तहरू:-
==================================
१) . मास्लोको आवश्यकता सम्बन्धी पदसोपान सिद्धान्त :-
--------------------------------------------------------------------
मानव मनोविज्ञानवेत्ता , अब्राहम मास्लोले मानवीय आवश्यकताहरू सम्बन्धी एक सिद्धान्त प्रतिपादन गरे । सन् १ ९ ४३ मा उनले प्रतिपादन गरेको सिद्धान्तलाई नै मास्लोको पदसोपान सिद्धान्त हो । उनका अनुसार आवश्यकताले व्यक्तिलाई उत्प्रेरित गर्दछ । यस्ता आवश्यकता पदसोपानको रूपमा रहन्छन् र एउटा आवश्यकता पूर्ति भएपछि अर्को शुरु हुन्छ । तर तल्लो तहका उत्प्रेरणाहरू पहिले पूर्ति भएपछि मात्र नयाँ आवश्यकताहरू सिर्जना हुन्छ । मानिसका आवश्यकताहरू अनन्त हुन्छन् । यिनै आवश्यकताले मानिसलाई काममा उत्प्रेरित गर्दछ । सन्तुष्ट आवश्यकताहरूले मानिसलाई उत्प्रेरित गर्दैन । पदसोपानमा वर्गीकृत यी आवश्यकताहरू तलबाट माथितिर सर्दै जान्छन् । उनले तयार गरेका वा कल्पना गरेका ५ वटा आवश्यकताको पदसोपान ( Hierachy ) निम्नानुसार छ :
१. शारीरिक आवश्यकता ( Physiological needs )
शारीरिक अवस्था विशेषत मानिसको आधारभूत आवश्यकतासँग सम्बन्धित छन् । जुन बाँच्नका लागि नभै हुँदैन । खाना , पानी , लुगा , आवास , यौन र अरु शरीरसंग सम्बन्धित आवश्यकता यो वर्गमा पर्दछन् । यी आवश्यकता परिपूर्ति नभएसम्म मानिस अन्य आवश्यकताका लागि कुनै कार्य गर्दैन ।
२. सुरक्षा आवश्यकता ( Safety Needs )
शारीरिक र मानसिक हानीबाट जोगाउन , जीउ धनको सुरक्षा गर्न चाहिने आवश्यकता यो तहमा पर्दछन् ।
३. सामाजिक आवश्यकता ( Social or belonging needs )
सामाजिक प्राणी भएको र समाजमा रहन चाहिने आवश्यकताहरूको नै यस अन्र्तगत पर्दछन् । माया , ममता , साथीत्व , सामाजिक स्वीकृति , सामाजिक स्वीकार , औपचारिक अनौपचारिक संगठन , पेशागत सम्बन्ध आदि यस अन्तर्गत पर्दछन् ।
४. आत्मसम्मानका आवश्यकताहरू ( Esteem Needs or egoneeds )
सामाजिक आवश्यकता परिपूर्ति भएपछि मानिस आफै वा बाह्य सर्वसाधारणद्वारा सम्मानित हुन्छ । Status needs को रूपमा रहेका यस्ता आवश्यकताहरूमा शक्ति , प्रतिष्ठा , मर्यादा , सात्म - सम्मान , स्वायत्तता , सम्मान , पद आदि पर्दछन् ।
५. आत्म सन्तुष्टि बा आत्मबोध आवश्यकताहरू ( Self actualization needs )
कुनै तहको वा हुनु पर्ने तहको माथिल्लो अवस्थामा पुग्ने गरी चाहिने आवश्यकता यो समूहमा पर्दछन् । यो आवश्यकताको उच्चतम तह हो । यसमा आत्म गौरव , सिर्जनात्मक प्रतिभा , योग्यता , क्षमता , विश्वास , आत्म विकास , जस्ता कुराहरू पर्दछन् । मास्लोले माथि उल्लिखित पाँच प्रकारका आवश्यकताहरूको श्रृङ्खला प्रस्तुत गरे । मास्लोका अनुसार कुनै पनि व्यक्तिलाई उत्प्रेरित गर्न , उक्त व्यक्ति श्रृङ्खलाको कुन तहमा छ , थाहा पाएर त्यो भन्दा माथिल्लो तहको आवश्यकतामा जोड दिनु पर्दछ । श्रृङ्खलाका तलका २ वटा आवश्यकताहरूलाई तल्लो तहका ( Lower Level ) र अरु तीन तहलाई माथिल्लो तहका ( Higher order ) आवश्यकताहरू भनिन्छ । उच्च तहका आवश्यकताहरू आन्तरिक रूपमा र तल्लो तहका आवश्यकताहरू बाह्य रूपमा देखिन्छन् । मास्लोका आवश्यकता सिद्धान्तले बृहत रूपमा नै मान्यता पायो । सरल , व्यवहारिक र सजिलो हुनुका साथै कर्मचारीको आवश्यकताहरू बुझ्न र तिनलाई पूरा गर्न तल्ला तहका आवश्यकता पूरा भएपछि मात्र माथिल्लो तहका आवश्यकताहरूले सन्तुष्टी प्रदान गर्ने कुरा व्यवस्थापकलाई बुझाउन यो सिद्धान्त महत्वपूर्ण भए पनि यो आलोचनामुक्त भने छैन । अनुसन्धानहरूले यो सिद्धान्तलाई प्रमाणित गर्न सकेको छैन भने आवश्यकताबाट मात्र नभई धारणा , आकांक्षा र अनुभवबाट पनि मानिसहरू उत्प्रेरित हुन सक्छन् । त्यस्तै सिद्धान्तमा परिस्थितिजन्य तत्वहरूलाई पनि ध्यान दिएको छैन ।
२) . हर्जवर्गको उत्प्रेरणाको दुई तत्व सिद्धान्त ( Herzberg's Two Factor Theory )
--------------------------------------------------------------------
अमेरिकी व्यवस्थापनविद् Fredrick Herzberg ले १ ९ ६० को दशकमा यो सिद्धान्त प्रतिपादन गरेका हुन् । उनको सिद्दान्तले कर्मचारी / कामदारलाई उत्प्रेरित गर्नका लागि मुख्य २ वटा तत्वहरू आवश्यक पर्ने कुरालाई प्रष्टयाएको छ । उनको यही अध्ययनबाट उत्प्रेरणाको दुई तत्वहरूको सिद्धान्त ( Two Factors Theory ) को प्रतिपादन भएको हो । उनले प्रस्तावित गरेका दुई तत्वहरू यस प्रकार छन् :
( क ) आरोग्यतत्व ( Hygiene Factors ):-
हजबर्गले कामसित सम्बन्धित तत्वहरूलाई यो वर्गमा राखेका छन् । उनका अनुसार यी तत्वहरू विद्यमान नभएमा वा कार्य वातावरण नभएमा असन्तुष्टि उत्पन्न हुन्छ । यी तत्वहरूको प्राप्तिबाट काममा असन्तुष्टि उत्पन्न हुँदैन भने यी तत्वले उत्प्रेरित पनि गर्न सक्दैनन् । यस्ता तत्वहरूलाई Dissatisfiers , Maintenance , Hygiene , or Job Context Factors आदि पनि भनिन्छ । आरोग्य तत्वहरूमा सुपरिवेक्षण , कम्पनीको नीति र प्रशासन , कार्य वातावरण , हाकिमसँगको सम्बन्ध , तलव , साथीहरूसंगको सम्बन्ध , व्यक्तिगत जीवन , सहायकहरूसितको सम्बन्ध , मर्यादा अर्थात सामाजिक स्थिति , नोकरीको सुरक्षा आदि पर्दछन् ।
( ख ) उत्प्रेरक तत्वहरू :-
उत्प्रेरक तत्वहरू आन्तरिक तत्व हुन् जसको उपस्थितिले कार्य सन्तुष्टि जगाउँछ । कार्यसूचिसँग सम्बन्धित भएकोले यी तत्वको प्राप्तिले कर्मचारीलाई उत्प्रेरित गर्ने भएकोले उत्प्रेरक तत्व भनिएको हो । तर यी तत्वहरूको अभावमा कार्य असन्तुष्टि आउँछ भन्न पनि मिल्दैन । कर्मचारीलाई उत्प्रेरित गर्ने यी तत्वहरू प्राप्ति , सम्मान प्रगति , कामको प्रकृति , जिम्मेवारी , उन्नतिको अवसर आदि तत्व पर्दछन् । उनको सिद्धान्त पनि आलोचनामुक्त छैन । यो लोकप्रिय र सबैले जान्न सक्ने , उत्प्रेरणाको महत्वलाई जोड दिएको , कार्य सुदृढीकरणमा जोड दिएको भएपनि अनुसन्धान पद्धतिले सिद्धान्तलाई प्रमाणित गर्न नसक्ने , यसको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने , व्याख्याहरूमा फरकपन आएको , सन्तुष्टिको मापदण्ड उपयुक्त नभएको र परिस्थितिजन्य तत्वहरूलाई उपेक्षा गरिएको जस्ता आलोचनाहरू हुने गरेको पाइन्छ
0 comments:
Post a Comment