डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Monday, August 12, 2019

महेन्द्र ज्योति मा.वि.मनहरी ३ द्वारा TSLC प्रवेस परिक्षाकाे नतिजा प्रकाशन

 महेन्द्र ज्योति  मा.वि.मनहरी गाउँलालिका-३,हाडिखोलाले यही २०७६/०४/२५ गते लिएकाे CTEVT मान्यता प्राप्त १८ महिने पशु बिज्ञान(18 Months VJTA) काे पुण शुल्किय प्रवेस  परिक्षा तथा वगिर्कृत निशुल्क छात्रवृति परिक्षाकाे नतिजा यस प्रकार रहेकाे छ ।

Tuesday, July 23, 2019

महेन्द्रज्योति मा वि मनहरि ३ हाडिखोलामा १८ महिने पशु बिज्ञान विषयमा भर्ना खुलेको सूचना


मनहरी गाउँलालिका-३,हाडिखोलामा अवस्थित श्री महेन्द्रज्योति उच्च मा.वि. मा यहि शैक्षिक सत्र २०७६/७७ को लागि CTEVT मान्यता प्राप्त १८ महिने पशु बिज्ञान(18 Months VJTA) सन्कायमा आबेदन फर्म खुलेको हुदा समयमा नै आबेदन फर्म भर्नको लागि जानकारी गराइन्छ ।
* फर्म बितरण मिति :- २०७६/०३/२६ गते
* फर्म बुझाउने अन्तिम मिति :- २०७६/०४/१५ गते सम्म
*आवश्यक कागजातहरु:
१)SEE/SLC को मार्कसिटको फोटोकपी १ प्रर्ति
२) ceartficate को फोटोकपी १ प्रति
३) नागरिता वा जन्मदर्ताको फोटोकपी १ प्रती
४) पासपोर्ट साईज फोटो ३ प्रती
५) फर्म शुल्क : ५०० मात्र
@ सिट सीमित भएकाले समयमानै सम्पर्क गर्नुहाेला ।
नोट : १८ महिनाको जम्मा शुल्क जम्मा रु.६०,०००/-
* विस्तृत जानकारीको लागि बिधालयमा सम्पर्क गर्नु होला

Tuesday, July 16, 2019

हांडीखोलाको नमुना सहकारी द्धारा रु ५२९३६९।११ ब्याज अनुदान वितरण ।


मकवानपुरको मनहरी गांउपालिका वडा नं ३ स्थित नमुना कृषक बहुमुखी सहकारी संस्था ले युवा तथा साना व्यवसायि स्वरोजगार कोष बाट २०६९÷७० मा प्राप्त रु ५०००००० ऋण समयमै कोषको नियम अनुसार लगानि तथा भुक्ताानि गरेपछि कोषबाट प्राप्त ६० प्रतिशत वापतको रु५२९३६९।११ ब्याज अनुदान आज एक कार्यक्रम गरि ३० जना व्यवसायिहरुलाय वितरण गरेको छ कार्यक्रम मनहरी गाउंपालिका वडा नं ३ का वडा अध्यक्ष श्री मान ब स्याङ्तानको प्रमुख आतिथ्यता तथा युवा तथा साना व्यवसायि स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिका सदस्य सचिव मिना अर्यालको आतिथ्यमा सम्पन्न गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष लाल ब मल्ल ,उपाध्यक्ष केशव प्र. अर्याल सचिव राम प्र सुवेदी लेखा संयोजक नरहरीनन्दन उप्रेती सदस्य दधिराम लामिछाने अनुगमन संयोजक उद्धव मल्ल लगायतको उपस्थिति थियो । संस्थाले उक्त ऋण तरकारी खोती गाइ भैसि पालन कुखुरा पालन वंगुर पालन उपभोक्ता पसल लगायतको व्यवसायमा लगानिगरेको थियो र हाल पनि दोस्रो लटको रु ५०००००० कै कार्यक्रम संस्थामा संचालन भइरहेको छ ।

Saturday, June 15, 2019

नमुना कृषक ब स सं लि मार्फत २ वर्षे कृषि परियाेजना संचालन

मकवानपुरकाे मनहरी ३ भुन्द्रुङ मा रहेकाे नमुना कृषक बहुमुखी सहकारी संस्था लि ले  किसान २ परियाेजनाकाे सहकार्यमा Income Generation Through Commercial Farming System by  Decreasing of Chemical  Pesticides  विषयक २ वर्षे  कृषि परियाेजना  संचालन गरेकाे छ मनहरी ३  मकवानपुरकाे कुल ५०० घरधुरी समेट्ने गरि काम सुरू भएकाे छ  कृषकहरूलाइ विभिन्न समुहमा विभाजन गरी  दक्ष कृषि प्राविधिक  मार्फत विविध सेवा प्रवाह  गर्ने र विषादि न्युनिकरण  गर्ने यसकाे उदेश्य रहेकाे छ ।

कार्यक्रम बारे कृषकहरूलाइ जानकारी गराउदै गर्दाकाे केहि तस्विरहरू






Saturday, May 25, 2019

HAMRO BAREMA

धेरै बिसयबस्तुलाई  एकै  ठाउमा  समेटी  एउटै  पेज बाट धेरै जानकारी  गराउने यस  पेज को मुख्य उद्देश्य हो . बिशेस गरी ग्रामीण  परिबेश कृषि सहकारी  ज्योतिषि  पशुपालन  नेपाली साहित्य  आधुनिक प्रबिधि तथा समसामयिक  बिसयबस्तु बारे भरपूर  जानकारी दिने  हाम्रो उद्देश्य  हो . 

 पेजका एडमिनहरु 

१. सुनील कुमार अर्याल - मनहरी  ३ मकवानपुर



















२. ज्योतिष कुशहरी  अधिकारी -हेटौडा ४ मकवानपुर

Friday, May 10, 2019

राष्ट्रिय वाणिज्य बैंक परिक्षा तयारी

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा खेल्ने भुमिका
मुलुकका बैँक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रिय बैँक रहेको हुन्छ । नेपालको केन्द्रिय बैँक नेपाल राष्ट्र बैँक हो । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका छन् । साथै, सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा व्यवस्थापनको काम पनि नेपाल राष्ट्र बैँकले नै गर्ने गर्दछ ।
नेपाल राष्ट्र बैंकमा स्थापना कालदेखि नै विभिन्न राजनीतिक हस्तक्षेपहरु हुने गरेका थिए । जसले गर्दा विद्यमान ऐन तथा व्यवस्थाले पुर्णता नपाउने अवस्था थियो । पटकपटक गर्भनर परिर्वतन भइरहँदा राष्ट्र बैंकको कार्य प्रणालीमा कठिनाई आउने गरेको थियो । यस्तो झन्झट र राजनीतिक हस्तक्षेप हुन थालेपछि राष्ट्र बैंकको ऐन नै परिवर्तन गर्ने निर्णय भयो । त्यसै अनुरुप २०५८ सालमा ऐेन परिवर्तन भयो । सोही ऐनअनुरुप हाल नेपाल राष्ट्र बैँकले आफ्ना काम कारबाही अघि बढाइरहेको छ ।
नेपाल राष्ट्र बैंकका उद्देश्यहरु:-
१. अर्थतन्त्रको दिगो विकासको निमित्त मुल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौदि«क तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,
२. बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रर्वद्धन गर्ने,
३. सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने,
४. बैंकिङ तथा वित्तीय प्रणालीको नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,
५. नेपाल अधिराज्यको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको सम्बद्र्धन गरी सोप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने ।
यी उद्देश्य हासिल गर्न राष्ट्र बैंकलाई सोही ऐनले नेपाली नोट तथा सिक्का निष्कासन र व्यवस्थापन गर्ने, मौदि«क नीति तर्जुमा र कार्यान्वयन गर्ने, विदेशी विनिमय नीति निर्माण गर्ने र विदेशी विनिमय सञ्चिति व्यवस्थापन र सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थालाई सञ्चालन इजाजतपत्र दिनुका साथै तिनलाई नियमन–सुपरिवेक्षण गर्ने, सरकारको बैंकका रुपमा कार्य गर्ने, बैंक तथा वित्तीय संस्थालाई आवश्यक पर्दा कर्जा प्रदान गर्ने, भुक्तानी प्रणाली र हिसाब मिलान पद्धतिलाई नियमन तथा व्यवस्थित गर्ने लगायतका कार्यभार प्रदान गरिएको छ ।
नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकारहरु:-
१. बैंक नोट तथा सिक्का निष्काशन र व्यवस्थापन गर्ने,
२. मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने,
३. विदेशी विनिमय नीति निर्माण गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने,
४. विनिमय पद्धति निर्धारण गर्ने,
५. विदेशी विनिमय संचितिको व्यवस्थापन र संञ्चालन गर्ने,
६. बैंक तथा वित्तीय संस्थालाई वित्तीय कारोबार गर्न अनुमति दिने र त्यस्तो कारोबार कानुन बमोजिम भए वा नभएको सम्बन्धमा नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,
७. नेपाल सरकारको बैंकर सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने,
८. वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने,
९. भुक्तानी, फछ्र्यौट ९क्लियरिङ० तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने,
१०. बैंकका निर्धारित उद्धेश्य हासिल गर्नको निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने, गराउने ।
मुलुकको अर्थतन्त्रमा राष्ट्र बैंकको भूमिका:-
नेपाल राष्ट्र बैँकले मुलुकको समग्र अर्थतन्त्र निर्माण तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । समग्रमा सरकारका लागि राष्ट्र बैंकले निर्वाह गर्ने तीन भूमिकाहरु यसप्रकार छन्ः
आर्थिक सल्लाहकारः सरकारका सबै आर्थिक लेनदेनको रेकर्ड राष्ट्र बैंकसँग हुन्छ । राष्ट्र बैंकले सरकारको प्रमुख आर्थिक सल्लाहकारको रुपमा भूमिका खेलेको हुन्छ । विशेषतः सरकारको बजेट निर्माणको विषयमा राष्ट्र बैँकले सल्लाहकारको भूमिका खेल्ने हुन्छ । पूर्वबजेटको समीक्षागत प्रतिवेदन तयार गरी राष्ट्र बैँकले सरकारको सहयोगी भूमिका निर्वाह गर्दछ । त्यस्तै, प्रत्येक बर्ष अर्थमन्त्रिले बजेट पढिसकेपछि राष्ट्र बैंकलाई आर्थिक सर्वेक्षणको लागि निर्देशन दिएको हुन्छ । त्यसको लागि नेपाल सरकारसँग सहकार्य गरेर काम गर्छ । त्यस्तै, नेपाल सरकारले बाह्य क्षेत्रबाट ऋण लिंदा ऋण रकमको राशि, सोको प्राप्ति तथा ऋण सापटीका शर्त वा अवस्था तथा ऋणको भुक्तानी जस्ता विषयमा राष्ट्र बैंकसँग परामर्श लिने गर्दछ ।
वित्तीय एजेण्टः सरकारको वित्तीय एजेन्टको रुपमा नेपाल राष्ट्र बैँकले सरकारको तर्फबाट पैसा उठाइदिने गर्छ । सरकारलाई बैँक तथा वित्तीय संस्थाबाट ऋण लिन परेमा ट्रेजरी विलमार्फत तथा जनताबाट ऋण उठाउन परेमा बचतपत्र निष्काशन गर्ने काम नेपाल राष्ट्र बैँकले गर्दछ । नेपाल सरकारसँग भएको सम्झौताका आधारमा निर्धारित शर्त वा सीमाको अधीनमा रही नेपाल सरकारद्वारा जारी गरिएका ऋणपत्रको खरिद बिक्री गर्ने, बजार व्यवस्था गर्ने, हस्तान्तरण गर्ने र सोको अभिलेख राख्ने जस्ता कारोबारहरु गर्न पाउने अधिकार नीतिगत रुपमा नै राष्ट्र बैंकलाई दिइएको छ ।
बैंकरः नेपाल राष्ट्र बैंकले सरकारको बैँकरको रुपमा पनि काम गरेको हुन्छ । सरकारको खाता नेपाल राष्ट्र बैंकमा नै रहेको हुन्छ भने त्यहींबाट सरकारको लेनदेन हुने गर्दछ ।
अन्य कार्यहरु:
राष्ट्र बैंकले नेपाल सरकारको वा नेपाल सरकारले तोकिदिएको अन्य निकायको निक्षेप स्वीकार गर्नेछ ।
(२) उपदफा (१) बमोजिम निक्षेप स्वीकार गर्दा राष्ट्र बैंकले रकम जिम्मा लिने, भुक्तानी दिने, खाता सञ्चालन गर्ने तथा अन्य बैंक सेवा प्रदान गर्ने जस्ता कार्य गर्नेछ । (३) राष्ट्र बैंकले तोकेको शर्त पालना गर्ने गरी आवश्यकता अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उपदफा (२) बमोजिमको कारोबार गर्न पाउने गरी अधिकार प्रदान गर्न सक्नेछ ।


Thursday, May 9, 2019

RBB Tayari


विश्वमा सबैभन्दा पहिला स्थापना भएको बैंकः–बान्सा मोन्टे डीपस्सी डी सीना
विश्वको सबैभन्दा पुरानो केन्द्रिय बैंकः– स्वीडेनको स्भेरिगेज रिक्स बैंक
विश्वमा सर्वप्रथम नोट छाप्ने अधिकार पाउने बैंकः– बैंक अफ इङ्ल्याण्ड
नेपालको पहिलो बैंकः– नेपाल बैंक लिमिटेड
नेपालको पहिलो विकास बैंकः– नेपाल औधोगिक विकास निगम
नेपालको पहिलो ग्रामीण विकास बैंकः– पूर्वाञ्चल ग्रामीण विकास बैंक
नेपालको केन्द्रीय बैंकः– नेपाल राष्ट्र बैंक
नेपालको सबैभन्दा ठुलो वाणिज्य बैंकः– कृषि विकास बैंक
स्वदेशी र विदेशी संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको पहिलो वाणिज्य बैंकः– नेपाल अरब बैंक (नबिल)
नेपालको पहिलो क्षेत्रिय वाणिज्य बैंकः– लुम्बिनी बैंक लिमिटेड
नेपाली निजी लगानीकर्ताहरुको पूर्ण लगानीमा खोलिएको नेपालको पहिलो वाणिज्य बैंक:– लुम्बिनी बैंक लिमिटेड
नेपालमा सर्वप्रथम एटिएम मेसिन र डेविट कार्ड प्रचलनमा ल्याउने बैंकः– एभरेस्ट बैंक
नेपालमा सर्वप्रथम इन्टरनेट बैंकिङ सेवाको सुरुवात गर्ने बैंकः– कुमारी बैंक
नेपालमा सर्वप्रथम क्रेडिट कार्ड प्रचलनमा ल्याउने बैंकः– हिमालयन बैंक
नेपालमा सर्वप्रथम Multi currency Card प्रयोग गर्ने बैंकः– सेन्चुरी कमर्सियल बैंक
नेपालमा सर्वप्रथम रोबर्ट प्रयोग गर्ने बैंकः– एस.बि.आई. बैंक
नेपालमा सबैभन्दापछि स्थापना भएको वाणिज्य बैंकः– सेन्चुरी बैंक

Thursday, May 2, 2019

साञ्जेन र रसुवागढी हाइड्रोपावरको सेयर बाँडफाँड

रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको सेयर उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा बाँडफाँड भएको छ । गत बैशाख ६ देखि १२ गतेसम्म निष्काशन गरेको साधारण सेयर बिहीबार मन्त्रालयमा बाँडफाँड भएको हो ।
रसुवागढी हाइड्रोपावर कम्पनीमा आवेदन दिएका आवेदकले अधिकतम ५० सम्म सेयर पाएका छन् भने ४० कित्तासम्म माग गर्ने आवेदकले माग अनुसार नै सेयर पाएको बताइएको छ । ४० कित्ताभन्दा बढी सेयरका लागि आवेदन दिएका लगानीकर्ताहरुले ४० कित्ताका दरले सेयर बाँडफाँड गरी बाँकी रहेको २ लाख ३६ हजार ९३० कित्ता सेयर गोलाप्रथाबाट २३ हजार ६९३ जनालाई थप १० कित्ता गरी ५० कित्ता बाँडफाँड भएको छ ।
रसुवागढीको साधारण सेयरमा एक करोड ७१ लाख ७ हजार ८४० कित्ताको लागि ३ लाख २ हजार ३४३ जनाले आवेदन दिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ । यस्तै साञ्जेन जलविद्युत कम्पनीमा आवेदन दिएका आवेदनकर्तामध्ये १० कित्ताका लागि आवेदन गरेका ५९ हजार ४५५ जना आवेदकलाई माग अनुसार नै सेयर परेको छ । २० देखि २ हजार कित्तासम्म आवेदन दिएका २ लाख २९ हजार ४४२ आवेदकमध्ये दुई लाख ९ हजार ३२८ आवेदकलाई गोलाप्रथाबाट थप १० कित्तासहित २० कित्ताका दरले सेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
साञ्जेनको साधारण सेयरमा आवेदन दिएका २ लाख ८८ हजार ७९७ जना मध्ये १० कित्ताका दरले २८ लाख ८८ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी २० लाख ९३ हजार २८० कित्ता सेयर २० कित्ताभन्दा बढी आवेदन गर्ने २ लाख ९ हजार ३२८ जना लगानीकर्तालाई गोलाप्रथाबाट थप १० कित्ता दिइएको छ ।

Tuesday, April 30, 2019

कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण, कसरी बच्ने?

डिजिटल सामग्रीहरु मानव जीवनको अभिन्न हिस्सा बनेका छन्। मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर , टेलिभिजन जस्ता डिजिटल सामानको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन।
पछिल्लो एक दशकमा नेपालीमाझ मोबाइल र ल्यापटपको प्रयोग ह्वात्तै बढेको पाइन्छ। यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले हाम्रो दैनिक जीवन सहज गराए तापनि लामो समयसम्मको प्रयोगले आँखा र दृष्टिामा गम्भीर असर गर्ने गरेको पाइन्छ।
यस्ता समस्याबाट नेपाली समाजमा धेरै मानिस अन्जान छन्। "भिजन काउन्सिल" नामक एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा विश्वमा हरेक मानिस औसतमा प्रत्येक दिन सात घन्टा कम्प्युटरजन्य सामाग्री नजिक रहेर काम गर्ने गर्छन्। यही संस्थाको अनुसन्धान रिपोर्टका अनुसार अमेरिकामा मात्र ५०-८० प्रतिशत कम्प्युटर प्रयोगकर्तालाई "कम्प्युटर भिजन सिन्ड्रोम" नामक समस्याले पिरोलेको पाइन्छ। यो समस्या निकट भविष्यमा अझै बढ्ने अनुमान रहेको छ।
के हो कम्प्युटर भिजन सिन्ड्रोम?
मेडिकल भाषामा "डिजिटल आई स्ट्रेन" पनि भनिने यो समस्या लामो समयसम्म कम्प्युटरजन्य डिजिटल सामग्रीहरुको प्रयोगले गर्दा हुन्छ। यसरी कम्प्युटरको अत्यधिक प्रयोगले आँखा तथा दृष्टििमा आउने समस्यालाई "कम्प्युटर भिजन सिन्ड्रोम" भनिन्छ।
कम्प्युटर भिजन सिन्ड्रोमका लक्षण
यो सिन्ड्रोम भएमा धेरै खालका लक्षण देखिन्छन्। सबै मानिसमा सबैखालका लक्षण देखिन्छन् भन्ने हुँदैन। यसरी देखिने लक्षणहरु मानिसले गर्ने काम र कम्प्युटरमा दैनिक बिताउने कुल समयमा पनि भरपर्छ।
१. आँखा थाकेको महसुस हुनु,
२. टाउको दुख्नु,
३. आँखा सुक्खा हुनु, आँसु बग्नु,
४. आँखा चिलाउनु, बिझाउनु, पोल्नु,
५. घाँटी, काँध तथा ढाड दुख्नु,
६. धेरै समय काम गरेपछि धमिलो देखिने र कहिलेकाही एक वस्तुलाई दुई वटा देखिनु,
७. कार्य क्षमता तथा कामप्रती रुची घटेको महसुश हुनु
८. रातीमा निन्द्रा घटेको महसुश हुनु
किन हुन्छ कम्प्युटर भिजन सिन्ड्रोम?
ब्लु लाइट : डिजिटल सामग्रीको स्क्रिनबाट आउने प्रकाश अलिक शक्तिशाली हुन्छ, त्यसैले गर्दा ब्लु लाइटलाई हाई इनर्जी भिजिबल लाइट पनि भनिन्छ। ब्लु लाइटसँगको अत्यधिक सम्पर्कले टाउको दुख्ने, आँखा थाक्ने जस्ता लक्षण निम्त्याउँछ। अनुसन्धानलाई आधार मान्ने हो भने ब्लु लाइटले हाम्रो शरीरमा हुने मेलाटोनिन नामक तत्वको मात्रा कम गर्छ, जसले गर्दा निन्द्रा नलाग्ने लक्षण देखिन्छ।
ग्लेर : स्क्रिनबाट आउने अत्यधिक उज्यालोपनले पनि आँखालाई असर गर्छ। यसरी हुने ग्लेरले आँखा थाक्ने, आँखा भारी हुने गराउँछ।
लामो समयसम्म नजिकको काम
कम्प्युटर, मोबाइलको प्रयोग नजिक गरिने काममा पर्छन्। लामो समयसम्म नजिकको काम गर्दा आँखाभित्र र बाहिरका मांसपेसी थाक्ने हुँदा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या झन् बढेर जान्छ।
आँखा कम झिम्क्याउनु
सामान्यतया: हामीले औसतमा १५-१६ पटक प्रतिमिनेट आँखा झिम्क्याउँछौं। तर अनुसन्धानलाई आधार मानेर हेर्दा कम्प्युटरको काममा केन्द्रित भएको समयमा हामीले आँखा झिम्क्याउने दर घटेको पाइएको छ। जसले गर्दा आँखा सुक्खा हुने, आँखा चिलाउने, बिझाउने, पोल्ने जस्ता लक्षण देखिन्छन्।
गलत मुद्रामा रहेर काम गर्ने
काम गर्ने वातावरण आफूअनुकूल हुन जरुरी हुन्छ। आफूले काम गर्ने ठाउँमा पर्याप्त मात्रमा उज्यालो भए–नभएको ख्याल गर्नुपर्छ। उज्यालोपन कम वा धेरै भए पनि आँखालाई थकान महसुस हुन्छ । आँखा र स्क्रिनबीचको दूरी, कम्प्युटर स्क्रिन र आँखाको लेवल, आँखामा सिधै पर्ने फ्यानको हावा जस्ता कुरामा ध्यान नदिँदा समस्या झन् बढेर जाने देखिन्छ। यसरी गलत मुद्रामा रहेर काम गर्दा घाँटी, काँध, ढाड दुख्ने तथा कार्यक्षमता घट्ने हुन्छ।
दृष्टिदोष
दूरदृष्टिो, अदूरदृष्टिकले पनि कम्प्युटर भिजन सिन्ड्रोम हुनुमा भूमिका खेल्छन्। दृष्टिदोषले आँखामा झन् स्ट्रेस बढाउँछ।
कम्प्युटर भिजन सिन्ड्रोमबाट कसरी बच्ने?
– २०-२०-२० नियमको प्रयोग : २० मिनेट काम गरेपछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केहीबेर हेर्ने।
– ब्लु रेज कट ग्लास वा एआरसी कोटेड चस्माको प्रयोग : यो चस्माको प्रयोगले आँखामा पुग्ने ब्लु रेज न्यूनीकरण गर्नुका साथै ग्लेर पनि कम गर्छ, जसले गर्दा आँखा थाक्ने कम हुन्छ र ब्लु रेजको नकारात्मक असरबाट पनि जोगिइन्छ।
– कृत्रिम आँसु थोपाको प्रयोग : कृत्रिम आँसु थोपाको प्रयोगले आँखा सुक्खा हुन दिँदैन, जसले गर्दा आँखा पोल्ने, बिझाउने, चिलाउने कम हुन्छ। मेडिकलमा पाइने आँसु थोपा चिकित्सकको सल्लाहअनुसार वा कम्प्युटर प्रयोग गर्दा १-१ घन्टाको अन्तरमा प्रयोग गर्न सकिन्छ।
– काम गर्ने वातावरण आफूअनुकूल र सहज बनाउने : तल दिइएका केही बुँदाहरुलाई ध्यानमा राखी आफूले काम गर्ने वातावरण आफूअनुकूल बनाउन सकिन्छ।
क) कोठामा पर्याप्त उज्यालो को प्रयोग गर्ने,
ख) कम्प्युटरको स्क्रिनको उज्यालोपन र अक्षरको साइज आफूअनुकूल बनाउने,
ग) आँखा र स्क्रिनबीचको दूरी कम्तीमा २५ इन्च राख्ने,
घ) काम गर्दा आँखामा सिधै पर्ने हावा वा झ्यालढोकाबाट आउने बाहिरी प्रकाशबाट जोगिने,
ङ) कम्प्युटरको स्क्रिन लगभग ३० डिग्री माथितिर ढल्काउने र स्क्रिनलाई आँखाको लेबलभन्दा अलिकति तलै राख्ने,
च) आफु काम गर्ने टेवल र कुर्सीको उचाइ आफुलाई सहजहुने गरी मिलाउने ,
– रेगुलर आँखा जाँच गराउने : रेगुलर आँखा जाँच गराउँदा आँखाको पावर, आँखाको मांसपेसीको अवस्था, आँखामा आँसुको मात्राको जाँच गराउनुपर्छ। प्रत्येक ६ महिनामा दृष्टि विशेषाज्ञ वा नेत्ररोग विशेषज्ञद्वारा आँखा जाँच गराउनु उपयुक्त हुन्छ।
Source -swasthya khabar

Monday, April 29, 2019

गाईबस्तुको दुधको प्रयोग गरि रोग किरा नियन्त्रण बिधि!!

गाईबस्तुको दुधको प्रयोग गरि रोग किरा नियन्त्रण बिधि!!

* गाईको दुध र पानी बरावर भाग मिसाएर प्रत्येक २ दिनको अन्तरालमा पात, डाँठ सबै भाग भिज्ने गरी स्प्रे गर्दा केराउ, टमाटर, खुर्सानी, जुकुनी, लहरे तरकारी र गहुँमा लाग्ने सेतो धुले ढुसी नियन्त्रण गर्न सकिन्छ (भण्डारी, २०६३) ।
* एक लिटर पानीमा १०० मिलिलिटर गाईवस्तुको दूध मिसाएर छर्कदा
भाईरसबाट लाग्ने रोगहरुबाट बोट बिरुवालाई जोगाउन सकिन्छ । यस्तो
कृषकहरुले काउली र बन्दाको पात गुजमुजिने, पहेंलो हुने, पातको छिर्के सेतो थोप्लेरोग लाग्न नदिन र बिरुवा राम्रोसंग बढ्छ भन्ने उद्देश्यले १ लिटर दूध ४लिटर पानीमा मिसाएर नर्सरीबाट बेर्ना सारेको १ महिना पछि स्प्रे गर्ने चलन पाईएको छ (भण्डारी, २०६३) ।

* एक लिटर गाइको दुधमा २ लिटर पानी थपी छर्कनाले काँक्रो, फर्सी, करेला, गोलभेंडा, खुर्सानी, आलु आदिको भाईरस रोग नियन्त्रण हुन्छ (बाली संरक्षण निर्देशनालय, २०६४) ।
                                                                                                                                Source: Smart Krishi

Saturday, April 13, 2019

Tuesday, April 9, 2019

photo


Sunday, April 7, 2019

Tuesday, April 2, 2019

तरकारीको उचित मुल्य नपाउंदा हांडीखाेलाका कृषक चिन्तित


 सबै किसानकाे उचित बजारिकरिकरणकाे पहुंच नहुनु बिचाैलियाहरूकाे बिगबिगि सम्वन्धित निकायकाे माैनता  अाधुनिक प्रविधिकाे अभावले उत्पादन लागत बृदि किसानले बजारमुखी उत्पादन गर्न नसक्नु  लगायत विविध समस्याकाे चपेटामा यस हांडीखाेलाका कृषकहरू पर्ने गरेका छन ।जसकाे परिणाम स्वरूप उत्पादित तरकारी नविकि खेतमै कुहिएर जाने गरेकाे छ । हाल भण्टा उत्पादन गर्ने किसानलाइ यस्तै समस्याले सताइरहेकाे छ । प्रति के.जी. ४/५ मा पनि भण्टा नविक्दा यहांका किसानहरू चिन्तित छन् ।यस्तै अवस्था रहने हाे भने कृषिलाइनै मुख्य पेषा बनाएका  कृषकहरू चरम अार्थिक संकटमा  पर्न सक्ने देखिन्छ ।यस वर्ष काउलिकाे सिजनमा पनि यंहाका किसानले यस्तै समस्या भाेग्नु परेकाे थियाे । ऋण सापट गरि तरकारी खेतीमा गरिएकाे लगानि यसरीनै फस्दै जानेहाे भने  कृषि पेसानै धरासायीमा पर्न सक्छ । मकवानपुर जिल्लाकाे यस हांडीखाेला भुन्दुङ पाल्दमारमा हरेका वर्ष कराेडाैकाे तरकारी उत्पादन हुने गरेकाे छ तर त्यसकाे उचित मुल्य भने कमैले पाएका छन्  सरकारले उचित बजारिकरणकाे व्यवस्था गरिदिने ,न्युनतम समर्थन मुल्य निर्धारण गरिदिने तथा कृषाकहरूले पनि बजार अध्ययन गरि बजारमुखी उत्पादन गर्न सके  केहि मात्रामा भनेपनि याे समस्या कम हुने देखीन्छ ।

Monday, April 1, 2019

jyotish

विर्यान्विते राहुसमेतराशिनाथान्विते राहुयुते विलग्ने।
सर्पाद् भयं विक्रमराशिनाथे बुधेन युक्ते गलरोगमेती।।
अर्थात् >:- 
        यदि तृतीयेश बलवान् भएर राहु जुन राशिमा छ उसैको साथ होस् तथा राहु लग्नमा छ भने सर्पको डर भए हुन्छ।
       ज्योतिषमा राहुलाई सर्प सग विशेष सम्बन्ध राख्ने मानिन्छ। फलदिपमा राहुको अधिपति सर्प लाई मानिन्छ। त्यसैले भावार्थमा भन्नू पर्दा…………………………………………।
       जहाँ राहु त्यहा सर्प भुजगाधिनाथ को योग मानिन्छ भने जहाँ राहु त्यहा पुत्र सुखमा बाधा अर्थात् जुन राशिमा राहु छ त्यहा परासरले भन्दछ। " सर्पशापात् सुतक्षय:" त्यसैले जुन राशिमा राहु त्यसै भावलाई अवश्य प्रभाव पार्दछ।
कश्यप ज्योतिष सेवा 
कुश कश्यप

Sunday, March 31, 2019

Hamro Barema

धेरै बिसयबस्तुलाई  एकै  ठाउमा  समेटी  एउटै  पेज बाट धेरै जानकारी  गराउने यस  पेज को मुख्य उद्देश्य हो . बिशेस गरी ग्रामीण  परिबेश कृषि सहकारी  ज्योतिषि  पशुपालन  नेपाली साहित्य  आधुनिक प्रबिधि तथा समसामयिक  बिसयबस्तु बारे भरपूर  जानकारी दिने  हाम्रो उद्देश्य  हो . 


 पेजका एडमिनहरु 

१. सुनील कुमार अर्याल - मनहरी  ३ मकवानपुर



















२. ज्योतिष कुशहरी  अधिकारी -हेटौडा ४ मकवानपुर










Saturday, March 30, 2019

कश्यप ज्योतिष सेवा

*कम्प्युटरबाट चिना
हेराउन।
*घर निर्माणकाे लागि
वास्तु र माटाे परिक्षण
गर्न ,
*बास्तु सम्बन्धि घर
निर्माण स्थल मै
पुगेर विशेष जानकारी ।
*बिभिन्न साईत तथा
मुहुर्त।
*चिना/ कुण्डलि बनाउनु
परे, जन्म
मिति र
समयबाट सन्तान
सम्बन्धि
जानकारि र समाधानका
उपाय

*मुद्दा
मामिला,पारिवारिक
कलह,स्वास्थ्य ,शिक्षा।
*प्रेम / प्रेमबिवाह,
बिवाहकालागि वर-
बधुको कुण्डलि मिलान।
*जागिर ,व्यावसाय एवं
बैदेशिक
यात्रामा समस्या देखा
परेमा,
ग्रह दशा अनुसार
समाधान उपाय र
यन्त्रबाट
समाधान।
:-> साथै घरमै गएर चिना
कुण्डली वास्तु तथा
माटो परिक्षण सम्बन्धि
सेवा दिन सकिने ।
सम्पर्क :-9845286535,
9808698318,
9849622892

ज्योतिष शास्त्रअनुसार
मानिसको जन्म कुण्डलीमा हुने नौ
ग्रहहरुमध्ये एउटामात्र
ग्रह बलवान छभनेपनि त्यो मानिस जीवनमा
सफल हुन्छ । एक भन्दा बढी ग्रह बलवान छन् भने त मानिस चक्रवर्ती हुनसक्छ तर सफलताका लागि शिक्षा र पेशा भने त्यहि बलवान ग्रहलाई सुहाउँदो हुनुपर्छ । ग्रहले एउटा काम गर्नु भनेको छ, काम अर्कै ग्रहको गरिन्छ भने असफलता हात लाग्न
जान्छ, अक्सर समाजमा मानिस असफल हुने कारण
यहि हो साथै
विद्यार्थीहरुले पनि
ग्रहले एउटा विषय पढ्न ईङ्गित गरेको तर विद्यार्थीले अर्को
विषय पढेको हुन्छ जसले गर्दा सफलता हात नलाग्न सक्छ ।
यदि तपाईं ज्योतिष
शास्त्रमा बिश्वासै गर्नु हुन्न भने यी कुराको
कुनै अर्थ छैन, आफ्नो
कर्ममा मात्रै बिश्वास
गर्नुस्, तर यदि
बिश्वास गर्नुहुन्छ भने
एकपटक आफ्नो जन्म
कुण्डली कुनै जान्ने
ज्योतिषीलाई
देखाउनुहोस् र सल्लाह
अनुसार अगाडि बड्नुस ।
अन्त्यमा, ग्रह जति
बलवान भएपनि कर्म
भने कहिल्यै गर्न
छोड्नहुन्न ।
> कुश कश्यप 9845286535

Friday, March 29, 2019


What is a Computer ? कम्प्युटर भनेको के हो ?


Computer कम्प्युटर
'"कम्प्युटर"' Scientific बैज्ञानिक आविस्कार द्धारा गरिएको बिज्ञानको एक अति उन्नत विकास भएको यन्त्र या उपकरण हो। A computer is an electronic device that manipulates information, or data. It has the ability to store, retrieve, and process data. You may already know that you can use a computer to type documents, send email, play games, and browse the Web. You can also use it to edit or create spreadsheets, presentations, and even videos. कम्प्युटर एक इलेक्ट्रोनिक उपकरण हो जुन सूचना, वा डाटा को प्रबन्ध गर्दछ। योसँग भण्डार, पुनःप्राप्त र डाटा प्रक्रिया गर्ने क्षमता छ। तपाईंले पहिले नै थाहा पाउन सक्नुहुन्छ कि तपाइँ कागजातहरू टाइप गर्न, ईमेल पठाउनुहोस्, खेल खेल्न, र वेब ब्राउज गर्न कम्प्युटर प्रयोग गर्न सक्नुहुनेछ। तपाईं यसलाई सम्पादन गर्न वा स्प्रिेडिडसिटहरू, प्रस्तुतीकरण, र भिडियोहरू सिर्जना गर्न पनि प्रयोग गर्न सक्नुहुनेछ। जसलाई नेपालीमा ' सुशाङख्या ' पनि भनिन्छ।यो एक मानव निर्मित Device यन्त्र भएतापनि मानब लेनै घण्टौ,घण्टा लगाएरपनि गर्न नसक्ने कुनै पनि सरल या जटिल काम लाई क्षीणभरमै सरल तरिकाले छिटैनै गर्न सक्दछ । यो मानवजातीले बनाएतानि यसको मेमोरी मानवजातीको भन्दा अरबौ गुणा बढी हुने हुदा यस एक्काईसौं शताब्दी मा कम्प्युटर अति आवस्येक भएकोछ । यो एउटा प्रोग्रामेबल यन्त्र हो । यस यन्त्रको बनावट लगातार स्वचालित भई गणितिय अथवा तार्किक क्रमांकहरुको कार्य पुरागर्ने यन्त्र हुन्छ । हामीले दिने सबै आदेश हरु Computer कम्प्युटर ले पढ्न सक्ने भाषामा अनुबादगर्ने कार्य भाषा (Program) ले मानबभाषा र Computer कम्प्युटर  बिचमा अनुवादकको काम गर्छ त्यस्तो सम्यन्त्र लाई Interpreter ईन्टरपेटर भनिन्छ । कुनै पनि क्रमांकहरुको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटर लाई एक भन्दा धेरै समस्याहरु समाधान गर्न प्रयोग गर्न सकिन्छ।सामान्यत कम्प्युटरमा हुने एक प्रकार  को Computer Memory मा तथ्याङ्क भण्डारण गरिन्छ,कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमांक तथा नियन्त्रण वस्तुले कार्य को श्रेणी जानकारी को भण्डारणको आधारमा परिवर्तन गर्दछ। यस मा हुने पेरिफेरल साधन हरु ले जानकारिलाई बाहिरी स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोतासमक्ष पुर्याउँछ्न् । कम्प्युटरको प्रोसेसिङ बिभाग ले जानकारीहरुको पंक्ति  सम्पादन गरेर  तथ्याङ्क पाठने निर्वाहित गर्ने तथा भण्डारण गर्ने गर्दछ ।निर्णायक जानकारीले क्रमांकिक जानकारीलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको क्रित्यका आधारमा परिवर्तन गर्छ । पहिलो बिध्युतिय कम्प्युटरहरु बिसौ शताब्दिको मध्ये (सन्1940_1945)मा युरोप मुलुक को ब्रिटिस या( युनाईटेड किगडम्) यू .के र अमेरिका (यु .एस) जस्ता देश बाट विकसित भएका हुन् । यस को पहिलो  आबिस्कारक यिनी हरु धेरै ठुला ,ठुला थिए  जस्तै एक कम्प्युटर  राख्न लाई एक  ठुलो घर नै चाहिन्थ्यो । किनकि तिनीहरु ठुला कोठाको जत्रो नाप भएक  बिध्युतिय खपत हजारौं आधुनिक कम्प्युटरहरु ले जति खालका थिए । आधुनिक कम्प्युटरहरु ईन्टि ग्रेटेड सर्किट्स प्रविधिका आधार मा बन्ने भएकाले यिनीहरु पहिलेका यन्त्र भन्दा लाखौ-करोडौ  गुना बडि क्षमतावन्  र नाप मात्र केहि अंशका  हुन्छन् ।सामान्य कम्प्युटरहरु प्रशस्तै सानो  हुने हुदा यिनिहरु मोबाईल साधन मा सजिलै अटाउँछन् Mobile Phone मोबाईल फोन  Computer कम्प्युटर लाई विध्युतिय पावर साना Battery ब्याट्री बाट उपलब्ध गराउन सकिन्छ।  पर्सनल Computer कम्प्युटरहरु आफ्नो अनेकौ रुप , ईन्फर्मेसन् युग का मर्ति हुनुका साथै धेरै मनिसले सोच्ने गरेका "कम्प्युटर्स "हुन् ।अन्तत : ईम्बेडेड कम्प्युटर हरु धेरै खाले उपकरणहरु Mp3 players एम पि थ्रि प्लयेर्स देखि आधुनिक युद्ध बिमान र  खेलौना देखि उध्योग यन्त्रमानब सम्म पनि प्रयोग गरिन्छ ।अर्को तरिका ले भन्नुपर्दा कम्प्युटर भन्नाले स्वचालित रूपमा शब्द, अंक, चित्र तथा आवाजहरूलाई प्रशोधन तथा भण्डारण गर्न सक्ने विद्युतिय साधन भन्ने बुझिन्छ। यो शब्द ल्याटिन भाषाको कम्प्युटारे Computare भन्ने शब्दवाट व्युत्पत्ति भएको हो जसको अर्थ हरहिसाब गर्नु भन्ने हुन्थ्यो। हरहिसाब गर्न सरल बनाउने उद्देश्यका साथ मानवजातीले गरेको निरन्तर अध्ययन र विकासको नतिजा आज कम्प्युटर अत्यन्त शक्तिशाली, शिघ्र प्रशोधन र व्यापक भण्डारण गर्न सक्ने साधनको रूपमा प्रस्तुत भैरहेको छ र यसको विकास गति अथै थामिएको छैन बरू अझ उच्च दरमा बढ्दैनै छ।आजको विश्वमा प्रयोग भैरहेका विभिन्न विद्युतिय डिजिटल साधनहरू र कम्प्युटरका बीचमा के भिन्नता छ र कम्प्युटरलाई एक अलग अस्थित्व कसरी प्राप्त भैरहेको छ भन्ने बुझ्नको लागि यसका विशेषताहरूबारे जानकारी हुनु जरूरी हुन्छ। एउटा क्यालकुलेटर पनि डाटा प्रशोधन गर्ने विद्युतिय साधन नै हो तर यो कम्प्युटर होइन। मोवाइल फोन, आइपोड र अरू विभिन्न आधुनिक साधनहरू कम्प्युटरका सुविधाहरूमध्ये केही सुविधा प्रदान गर्न सक्षम छन् तर ती कम्प्युटर किन होइनन् भन्ने बुझ्न कम्प्युटरको विशेषताहरू माथि ध्यान दिनु पर्दछ। कुनैपनि साधन कम्प्युटर हुन निम्न लिखित विशेषताहरू ग्रहण गरेको हुन पर्दछ। आधुनिक युग को बिकास मा कम्प्युटर को योगदान अमूल्य हरेको  छ।   किनकिआज एक्काईसौं शदब्ती को युगमा कुनै पनि क्षेत्रमा जस्तै सरकारी कम काज देखि लिएर बिजिनेस क्षेत्र मा उदाहरण जस्तै हवाई जहाज टिकेट ATM card एटीएम कार्ड मेसिन Digital studio डिजिटल स्टूडियो कुनै पनि कम को लागि बिज्ञान टेक्निक  संचार एबं शिक्षा को साथ कम्प्युटर को अहम् भूमिका रहेको छ। आज को यो युग मा सबै काम लाई एक सुत्र मा बाधिदिएको छ Internet इन्टरनेट ले त Computer कम्प्युटर को प्रचार-प्रसार को बडो भूमिका निभाएको छ आज हामी यहि इन्टरनेट ले गर्दा नै  संसार को एक कुना बाट दोस्रो कुना मा आखा झिमक नहुदै सम्पर्क गर्न  सकिन्छ। जस्तै Email इमेल ले त पत्र ब्यबहार को काम छिन भर मै गरिदिन्छ जसलाई हुलाक या  डाक बाट कयौ दिन लाग्थियो  जस्तो तरिका ले कम्प्युटर को विकास भएको छ तेस्तै  तरिका बाट नै दुनिया को विकास पनि उन्नत भएर गएको छ यसै ले त अब को यूग लाई कम्प्युटर को युग भनिन्छ यसरिले हर क्षेत्र  को एक नया आयाम दिन्छा शिक्षा को क्षेत्र  यसको बढी महत्व छ आज को यो पाठ्यक्रममा Computer कम्प्युटर अनिबार्य बने को छ संगीत सुन्न होस् या फिल्म हेर्न Computer कम्प्युटर कै आबसेकता छ यसै खुबी भएकोले कम्प्युटरको हर कार्यमा सक्षम को प्रमाण प्रदान गर्दछ। Computer कम्प्युटर मा प्रयोग हुने आई.सी.चिप सिलिकन ले बनेको हुन्छ ।कम्प्युटर एउटा अति नै उपयोगी विद्यूतीय उपकरण हो जसले छिटोछरितो रूपले दिइएको तथ्यांङ्क प्रशोधन गरी चाहिए जसरी प्रस्तुत गर्दछ। सानोदेखि ठूलोसम्म हरहिसाब छिनमै गर्ने, ठूलठूला रेकर्डहरू राख्‍ने र चाहिएका बेला हेर्न, झिक्न सकिने भएकाले दिनदिनै यसको लोकप्रियता बढीरहेको छ। टाइप गर्न होस् वा घरबसीबसी विश्वभर सुचना आदान प्रदान गर्न होस्, सिनेमा हेर्न होस् वा खेल खेल्न आधुनिक युगमा कम्प्युटर हरेक घरको अनिवार्य आवश्यकता हुन थालेको छ। त्यसैले यसबारे सामान्य जानकारी हासिल गर्न सबैका लागि आवश्यक छ। 
कम्प्युटर लोकप्रिय हुनाका कारणहरूः
Compatible (हरेक क्षेत्रमा प्रयोग हुनसक्ने)- यसले आवश्यकता अनुसार विभिन्न क्षेत्रको काम गर्नसक्ने बनाउन र विभिन्न क्षेत्रमा काम लगाउन सकिन्छ। सिंगो कम्प्युटर एक्लै चलाउन सकिन्छ भने विभिन्न अन्य उपकरणहरूलाई संचालन र नियन्त्रण गर्नमा पनि यसको उपयोग हुन्छ।Efficient (प्रभावकारी)- यसले सानासाना देखि लिएर ठूला ठूला जटील र झन्झटिला कामहरू नथाकिकन निरन्तर गरिरहन सक्छ।Reliablity (विश्वसनीय)- यसले कठीन र जटील कामहरू सही ढंगले गर्दछ। मानिसले गर्ने काममा अन्जानमै गल्तीहरू हुने सम्भावनाहरू धेरै हुन्छन् तर कम्प्युटरलाई सही तथ्याङ्क र सही निर्देशन दिएमा यसले गर्ने काममा गल्ती (Error) हुँदैन।Storage & Quick Processing (भण्डारण र तीब्र तथ्याङ्क प्रशोधन)- यसले धेरै तथ्यांङ्क भण्डार गर्ने र चाहिएको बेलामा आवश्यकता अनुसार छानेर झट्टै उपलब्ध गराउन सक्छ।आधुनिक जमानामा सूचना प्रणाली (Information Technology) को विकास भै विश्वब्यापी रूपमा यसले बजार मात्र लिन सकेको होइन कि ब्यापक लोकप्रियता पनि हासिल गर्नसक्यो। इन्टरनेटको आविस्कारबाट इ-कमर्स (विद्यूतिय ब्यापार) सम्भव भयो। अब मानिसले घर बसी-बसी विश्वको कुनैपनि ठाउँबाट चाहिएको बस्तु हेर्न, मोलतोल गर्न र किन्न पनि सक्ने भयो। इन्टरनेट र इमेलको प्रयोगबाट छोटो समयमा, सस्तो मोलमा विश्वका कुना-कुनामा चिठीपत्र-समाचार आदान प्रदान गर्न मात्र होइन अहिले त इन्टरनेट फोन मार्फत लोकल फोन सरह अमेरिका, अष्ट्रेलिया आदि टाढाटाढाका देशहरुमा फोन गर्न सकिने भएको छ। त्यसैले आधुनिक युगका नरनारी सूचना प्रणाली तर्फआकर्षित हुन थाले र विश्व बजारका ब्यापारीहरु पनि यसै क्षेत्रमा लगानी गर्न हात धोएर लाग्न थाले। यी सबैको पछाडी एउटै कुरा थियो कम्प्यूटर। भू उपग्रहभित्र र पृथ्वीमा रहने भू उपग्रह केन्द्रको कन्ट्रोल रुममा रहने कम्प्यूटरले एक सेकेण्डको सयौं भागमा सूचना आदान प्रदान गर्ने भएकोले अत्याधुनिक सूचना प्रविधिहरुको विकास गर्न सम्भव भयो।
कम्प्युटरमा के के हुन्छ -
कम्प्युटरमा मुख्यतः ३ अंग हुने गर्छन्
१. इनपुट (Input) -तथ्यांक हाल्ने माध्यम
२.प्रोसेसर (Processor)- कार्य सम्पादन कक्ष
३.आउटपुट (Output) -निस्कने माध्यम
Input 
इनपुट डिभाइस मा किबोर्ड, माउस, स्क्यानर, माइक्रोफोन, जोएस्टीक पर्दछन्। यी डिभाइसहरूबाट कम्प्युटरलाई काम अह्राउने र तथ्यांक हाल्ने गरिन्छ।
Processor
प्रोसेसिङ (सम्पादन कक्ष) मा सिपियू बाकस पर्दछ। प्रोसेसरले अह्राए अनुसार तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
Output
आउटपुट डिभाइस (निस्कने माध्यम) का माध्यमबाट कम्प्युटरले प्रशोधन गरेका तथ्यांकहरू हेर्न वा झिक्न सकिन्छ। मोनिटर प्रिण्टर, साउण्ड बक्स आदिलाई आउटपुट डिभाइस का रूपमा लिन सकिन्छ।
यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम भैरहेको छ, के काम गर्न के निर्देशन (Command) दिनु पर्छ भन्ने हेर्न मोनिटर प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA (Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ। मोनिटरको लागि छुट्टै बिजुली चाहिने भएकाले यसमा एउटा पावर केबुल पनि जोडिएको हुन्छ। कुनै मोनिटरमा सिपियूको पावर सप्लाई यूनिट बाटै पावर केबुल जोड्न मिल्छ भने कुनै मोनिटर सीधै बिजुलीको प्लगमा जोडिन्छ। साधारण मोनिटर टेलिभिजन सेट जस्तै क्याथड्रे ट्युब प्रयोग गरी बनाइएको हुन्छ। आजकल एल.सी.डी. डिस्प्ले भएका फ्ल्याट र प्लाज्मा मोनिटरको प्रयोग पनि बढ्दै गैरहेको छ। कुनैकुनै मोनिटरबाट नै कम्प्युटरमा निर्देशन (Command) दिन मिल्छ जसलाइ टचस्क्रीन भनिन्छ। मोनिटरलाई भि.डि.यू. (Visual Display Unit) पनि भनिन्छ।कम्प्युटरमा प्रयोग हुने आई.सी.चिप सिलिकन ले बनेको हुन्छ सि पि यू बाकस (CPU Box) वा क्याविनेटक्याविनेट वा केसिङ सबैतिर बन्द गरिएको बाकस आकारको हुन्छ। साधारण बोलचालको भाषामा कम्प्युटरको मुख्य बाकसलाई सि पि यू बाकस भन्ने गरिन्छ। कम्प्युटरका इनपुट र आउटपुट का सबै यन्त्रहरू यसमा आवद्ध हुन्छन्। त्यसैले कम्प्युटरको सबैभन्दा महत्वपूर्ण भाग पनि यही नै हो। कम्प्युटरको दिमाग नै सि पि यू अर्थात् केन्द्रीय सम्पादन इकाइ हो। छोटकरीमा यसलाई प्रोसेसर मात्र पनि भनिन्छ। यो सिपियू बाकसभित्र रहेको मदरबोर्ड मा जोडिएको हुन्छ। यसैको गति (CPU Speed) का आधारमा कम्प्युटरको क्षमता निर्भर रहन्छ। हामीले अह्राए अनुसार प्रोसेसरले तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
कम्प्युटर विकास क्रमको संक्षिप्त इतिहास
कम्प्युटर करिब इशापूर्व ३००० तिर भएको एवाकसको आविस्कार कम्प्यूटरको प्रारम्भिक रूप मानिएको छ। पछि अंकको प्रयोग हुनथालेपछि हिसाब किताबको विकास अत्याधिक भएको मानिन्छ। सन् १६१४ मा स्कटल्याण्डका जोन नेपियरले नेपियर्स बोन, १६२० मा विलियम ओज्ट रेड ले स्लाइड रुल, १६४२ मा फ्रान्सका पास्कलाइनले पास्कलाइन नामक जोड घटाउ यन्त्र, १६७१ मा लेबनाइट्ज ले लेबनाइट्ज क्यालकुलेटर तथा सन् १८२२ मा बेलायतका चार्ल्स बेबेजले डिफरेन्स इन्जिन र एनालिटिकल इन्जिनको आविस्कार गरेका थिए। तर यी सबै कार्यहरु कम्प्यूटरको पूर्णताबाट बाहिर थिए। सन १८८० मा अमेरिकाको जनगणना सर्बप्रथम प्रयोग शुरु गरिएको रेकर्डहरु प्रशोधन गर्ने कार्यमा धेरै समस्या देखिएकाले अमेरिका बसाईं सरेका जर्मन डा. हर्मन होलेरिथले सन् १८८७ तिर प्रतिमिनट २०० वटा कार्डहरु पढेर छुट्याउन सक्ने Punched कार्ड Tabulating Machine बनाए जसका लागी उनीले सम्मान पनि पाएका थिए। अन्तमा सन् १९३६ मा Howard Akin ले MARK-I नामको अटोमेटिक हिसाब गर्ने यन्त्र बनाएपछि यस क्रमले नयाँ मोड लियो। त्यस्तै १९४२ मा जोन भी एटानासफ्टले ABC (Atanasoft Berry Computer), १९४३ मा जुसे कोनरेडले Z-3, १९४४ मा हावर्ड एकिनले MARK-II कम्प्यूटर बनाएका थिए तापनि यी कम्प्यूटरहरु अति अजंगका थिए। यी सबै Electro-mechanical Computer थिए।अन्तत, १९४४ मा हंगेरीका गणितज्ञ जोन भोन न्यू मेनले Edvac नामको कम्प्यूटरको परिकल्पना गरी कार्य गरे पनि पूर्ण रूपमा सफल हुन सकेनन्। सन् १९५२ मा जे प्रेस्पर एकर्ट र जोन मौच्ले ले संयुक्त रूपमा Univac कम्प्यूटर तयार गरे। यी सबै प्रथम पुस्ताका कम्प्यूटरहरु थिए। आधुनिक कम्प्यूटरको शुरुवात यसै लाइ मानिएको छ। त्यसपछि दोश्रो, तेश्रो, तथा चौथो पुस्ताका कम्प्यूटरहरु को आविस्कार भयो। अहिले बजारमा IBM PC, Apple Macintosh, Acer, Siemens, Compaq, Dell, Gateway आदि नामका कम्प्यूटरहरु पाइन्छन्। नेपालमा पनि मर्केन्टाइल अफिस सिस्टमले मर्केन्टाइल पि सी र बेल्ट्रोनिक्स ट्रेडर्सले बेल्ट्रोनिक्स पिसी नामका कम्प्युटर उत्पादन गर्न थालेका छन्।हाल पाइने कम्प्यूटरहरुमा अत्याधुनिक कम्प्यूटर भनेर माइक्रो कम्प्यूटर पेन्टीयम IV लाइ मान्न सकिन्छ। यी कम्प्यूटरहरुमा अति तीब्र गतिमा काम गर्नसक्ने माइक्रो प्रोसेसरको प्रयोग गरिएको हुन्छ। यस्ता कम्प्युटरलाइ जुनसुकै सफ्टवेयर राखेर पनि काम गर्नसक्ने बनाइएको हुन्छ। कम्प्यूटरमा नेटवर्क तथा इन्टरनेटको सहायताले ब्याङ्क तथा वित्तीय संस्थाहरुले केही मिनटमैं विदेशमा भएको पैसा नेपालमा भुक्तान दिने प्रविधिको विकास भएको छ, त्यसैले ब्याङ्कहरुले यसको प्रयोग अत्याधिक रूपमा गर्नथालेका छन्। यसका अतिरिक्त एयर टिकटिङ्ग, ट्राभल एजेन्सी हरुले आफ्नो ब्यवसायमा कम्प्यूटरको प्रयोग बाट अत्याधिक लाभ लिन सफल भैरहेका छन्। वास्तवमा भन्दा सूचना, संञ्चार, यातायात, शिक्षा, स्वास्थ्य, रक्षा आदि लगायतका सबै क्षेत्रमा कम्प्यूटरको ब्यापक प्रयोग भएको छ। 

Wednesday, March 27, 2019

गाईभैंसीको थुनेलो रोग रोकथामको उपाय

गाईभैंसीको थुनेलो रोग रोकथामको प्रभावकारी प्रविधि : टिट डिपिङ्ग

सामान्यतया थुनेलो भन्नाले थुन तथा कल्चौडोको संक्रमणलाई जनाउछ, भने टिट डिपिङ्गको शाब्दिक अर्थ थुन चोप्नु वा थुन डुवाउनु भन्ने वुझिन्छ । थुनेलो रोगवाट आर्थिक क्षति धेरै हुने भएकोले यो गाईभैसीको लागि सवैभन्दा महँगो रोगको रुपमा लिइन्छ । स्तनधारी सवैमा यो रोग लाग्ने भए पनि दुधालु गाईभैसीमा यस रोगको प्रकोप बढी देखिन्छ ।
थुनेलो रोगले गाईभैंसीको थुन तथा कल्चौडो सुन्निने, रातो, तातो र दुख्ने हुन्छ । दूध आउन वन्द हुन्छ, दूध उत्पादन घट्छ । दुधमा पिप, रगत, छोक्रा आउने गर्नुको साथै कुनै कुनै थुनमा घाउ भएर खस्ने समेत हुन्छ ।
यसरी दूध दिने अवस्थाको गाईभैसीमा यो रोग लाग्दा आर्थिक नोक्सानी धेरै हुने र अन्य गाईभैसीमा पनि सर्न सक्ने भएकोले डेरी फार्मलाई धरासायी वनाउनको साथै यसको असर दूग्ध उद्योगलाई समेत पर्न जान्छ । भने अर्को तफ थुनेलो रोग लागेको पशुको दूध मानव स्वास्थ्यकोलागि हानिकारक हुन्छ । गाईभैसी पालक कृषकहरुको लागि थुनेलो (Mastitis) एकदम समस्याको रुपमा देखा परेको रोग हो । यसको मुख्य कारक जीवाणु र ढुसी भए पनि दुधालु पशुको उचित व्यवस्थापन गर्न नसक्दा यसको समस्या हुने भएकोले यसलाई व्यवस्थापकिय रोगको नामले पनि परिचित छ ।
यो रोगले दुधालु भैसी पालक कृषकहरुलाई भन्दा गाई पालक कृषक लाई वढी हैरानी पारेको हुन्छ । किन भने भैसीको पुरै थुन काम नलाग्ने अवस्थामा पुगे पनि दूध उत्पादनको लागि अनुपयुक्त भएता पनि मासुको लागि विक्री गर्न सकिन्छ र केही पैसा आउँछ तर गाई पालक कृषकको लागि कुनै उपाय छैन बरु थप वोझ मात्र थपिन्छ । यसरी यस्तो भयानक आर्थिक हानी नोक्सानीबाट बच्नको लागि यस रोगको रोकथाम गर्नु नै उपयुक्त हुन्छ । यसको लागि टिट डिपिङ्ग / थुन चोप्ने /थुन डुवाउने प्रविधि उपयुतm तथा उपयोगी सावित भईसकेको छ ।
नेपाल कृषि अनुसन्धान परिषदले (Nepal Agriculture Resource Council-NARC) टिट डिपिङ्ग प्रविधि सिफारिस गरी सकेको निकै समय भए पनि यसको व्यापक रुपमा प्रचार प्रसार भई सकेको भने पाईदैन । यसका लागि पोभिडिन आयोडिन ९ भाग र ग्लिसरिन १ भाग ( १०:१ अनुपात ) झोल तयारी गरी यस झोलमा थुनहरु डुवाउने गर्दा थुनेलो रोकथाम हुन्छ ।
टिट डिपिङ्ग प्रविधिको प्रयोगले थुनेलो रोकथाम हुनुको साथै स्वच्छ दूध उत्पादनमा समेत सहयोग पुग्न जान्छ ।
यो प्रविधि सस्तो, सुलभ, सरल, किफायति र प्रभावकारी हुदा हुदै पनि ब्यापक रुपमा गाईभैसी पालक कृषकहरु माझ सूचना प्रवाह हुन नसक्दा प्रभावकारी रुपमा प्रयोग भएको पाइदैन । यसको व्यापक प्रचार प्रसार गर्ने मुख्य जिम्मेवारी पशु सेवामा संलग्न सम्पूर्ण प्रविधिकहरुको हुन आउछ ।
थुनेलो रोग
========
रोग लगाउने सुक्ष्म जीवाणु थुन भित्र पसेर कल्चौडामा गर्ने खराबी अवस्था हो । कल्चौडो सुन्निने वा यसवाट निस्कने दूधको गुणमा फरक पार्ने रोग थुनेलो हो । पशुको कल्चौडामा असर गर्ने स्टाफाइलोकोकस (Staphylococcus), स्टेप्टोकोकस (Streptococcus) र माईकोप्लाज्माको (Mycoplasma) कारणले लाग्ने रोग थुनेलो हो । दुधालु गाईभैसीहरुको फाँचो तथा थुनमा जीवाणुहरुले संक्रमण गरी थुन तथा फाँचो सुनिन गई दूध उत्पादन कम तथा बन्द भएको अवस्थालाई थुनेलो (Mastitis) भनिन्छ ।
कल्चौडो सुनिनु ,वा संक्रमण हुनुलाई थुनेलो भनिन्छ ।

(२.१) थुनेलोका किसिम :
सामान्यतया थुनेलोलाई दुई किसिममा बिभाजन गरेको पाईन्छ । जस्तैः
(क) लक्षण देखिने थुनेलो(Clinical Mastitis)
लक्षण देखिने थुनेलोमा निम्न लक्षण देखा पर्दछन् ।
* दुध पातलो वा पानी जस्तो , पहेलो , रगत मिसिएको , दहि जस्तो ,पिप मिसीएको लेद्रा वा छोक्रा आउँछ ।
* थुन तथा कल्चौडो रातो ,तातो , सुन्निएको र दुख्ने भई पशुले थुन समाउन नदिई उफ्रिने गर्छ ।
* थुनमा गिर्खा ,गाँठो देखा पर्ने , साह्रो हुने , दूध कम आउने वा नआउने गर्छ ।
* आखाले नदेखिने थुनेलोको अन्तिम रुपमा देखा पर्छ ।
* उपचार सफल नभएमा कल्चौडो ढुङ्गा जस्तो साह्रो भई दुध बन्द हुन्छ ।
* यस किसिमको थुनेलोले २०—३० % सम्म क्षति गराउदछ । ( डा .ढकाल—२०७१ )

(ख) आँखाले नदेखिने थुनेलो (Sub Clinical Mastitis)
आंखाले नदेखिने थुनेलोमा निम्न लक्षण देखा पर्दछन्
* यस किसिमको थुनेलोमा आँखाले देखिने थुनेलोमा देखिने कुनै पनि लक्षणहरु देखिदैन ।
* दुध उत्पादनमा कमी हुन्छ ।
* यो धेरै भएपछि आँखाले देखिने थुनेलोमा परिणत हुन्छ ।
* यो आँखाले देखिने थुनेलोको प्रारम्भिक रुप हो ।
* यो खास गरी ईकोलाइ(E.Coli) जीवाणुको कारणले लाग्दछ ।
* यसले ७०— ८०% सम्म क्षति गराउँछ । ( डा. ढकाल—२०७१)

(३) थुनेलो रोगको कारक तत्व : यो रोग मेकानिकल (Mechanical),केमिकल (Chemical), थर्मल (Thermal) र ईन्फेक्सियस एजेन्टस (Infectious Agents) द्वारा लाग्दछ । साथै यो रोग १५० भन्दा बढी थरीका जीवाणुहरुका प्रजातिले गराउछ । यो रोग लाग्नमा खास गरी (Staphylococcus), स्टेप्टोकोकस (Streptococcus) र माईकोप्लाज्मा (Mycoplasma) प्रजाति मुख्य कारकको रुपमा रहेको भएतापनि ईकोलाई (E.Coli), कोराइनेव्याक्टेरियम (Corynebacterium), स्यूडोमोनस (Pseudomonas) आदि यस रोगको लागि जिम्मेवार कारक तत्वको रुपमा रहेको पाईन्छ ।
(४) थुनेलो रोग लाग्ने बढी संभावनाः
धेरै दूध उत्पादन क्षमता भएका उन्नत नश्लका गाईभैंसीहरुमा नै थुनेलो रोग लाग्ने बढी संभावना रहेको हुन्छ ।

(५) थुनेलो रोगको लाग्नको लागि उपयुक्त वातावरणः
* दूध निथारेर नदुहुनु ।
* गोठ र गोठ वरिपरि सधै सफा सुग्घर नराख्नु ।
* दूध दिने गाईभैसीलाई सधै सफा सुग्घर नराख्नु ।
* दूध दुहुने व्याक्तिको हात सफा नहुनु ।
* दूध दूहुन प्रयोग हुने सरसमानको सरसफाई नराख्नु ।
* दूध दुहुने अन्तराल असमान हुनु ।
* थुन र कल्चौडोलाई धेरै चिसो र धेरै तातोवाट जोगाउन नसक्नु ।
* दाना अचानक परिवर्तन गर्नु ।

(६) टिट डिपिङ्ग/थुन चोप्ने/ थुन डुबाउने प्रविधि :
टिट डिपिङ्ग/ थुन चोप्ने / थुन डुबाउने प्रविधि थुनेलो रोगको रोकथामका लागि प्रभावकारी प्रविधि हो । नेपाल कृषि अनुसन्धान परिषदले यो प्रविधि सिफारिस गरी सकेको र कतिपय दूध उत्पादन कृषकहरुले यो प्रविधि अपनाउदै आएका छन । यस प्रविधिमा पोभिडिन आयोडिन र ग्लिसरिन झोल (१० : १ अनुपातमा) तयार गरी थुन चोप्ने वा डुवाउनुलाई टिट डिपिङ्ग (Tit Dipping) भनिन्छ । यसको नियमित प्रयोग द्वारा ५०—८०% थुनेलो रोगको प्रकोप कम गर्न सकिन्छ । (डा. साखी —२०६२)
(६.१) आवश्यक सामाग्रीहरु :
* कप / गिलास
* पोभिडिन आयोडिन झोल
* ग्लिसरिन झोल
* सफा स्टिक

(६.२) मिसाउने तरिका : मुख चौडा भएको विर्को लगाउन मिल्ने सफा भाडो वा कप / गिलासमा पोभीडिन आयोडिन नौ भाग र ग्लिसरिन एक भाग राखी सफा स्टीकले वेस्सरी चलाउने जुन एकदम राम्रोसँग उक्त वस्तु मिसियोस र १० : १ को अनुपातको पोभिडिमन आयोडिन र ग्लिसरिनको झोल तयार हुन्छ । जस्तैः १०० मिलिलिटर तयार गर्नु पर्दा पोभिडिन आयोडिन ९० एम.एल. र ग्लिसरिन १० एम.एल. नापेर मिसाउदा उक्त अनुपातको झोल तयार हुन्छ ।

(६.३) प्रयोग विधि : विहान वेलुकी गाई भैसीको दूध दुहिसके पछि उपयुक्त तरिकाले तयार पारिएको पोभिडिन आयोडिन र ग्लिसरिनको झोल युक्त भाडोमा एक एक गरी चारै थुनलाई आधा देखि एक मिनेट सम्म चोप्ने वा डुवाउने गर्नुृपर्दछ । जति जति पटक दूध दुहिन्छ त्यति त्यति पटक यो प्रक्रिया दोहो¥याउनु पर्दछ । यो कृया दूध दुहुन शुरु गरे देखि नथाके सम्म गरी रहनु उपयुक्त हुन्छ ।

(टिट डिपिङ्ग गर्दा र गरिसके पछिको दृश्य)
(६.४ ) टिट डिपिङ्ग प्रविधिबाट थुनेलो रोकथाम प्रकृया :
दुधालु गाईभैसीको दूध दुहिसकेपछि त्यसका थुनमा भएका प्वालहरु (Teat Cistern) एक घण्टा सम्म खुल्ला रहन्छन । त्यसरी ती खुल्ला प्वालवाट थुनेलो रोग लगाउने जिवाणु थुन भित्र पसि रोग लाग्दछ । यदि हामीले दूध दुहि सकेपछि उपरोतm तरिकावाट टिट डिपिङ्ग गरेको खण्डमा पोभिडिन आयोडिन र ग्लिसरिनको (१० : १ अनुपातमा) झोलले थुनमा भएका प्वाल वन्द गरी दिन्छ र थुन भित्र जीवाणु प्रवेश गर्नमा रोक लाग्न गई थुनेलो रोगको रोकथाम हुन्छ ।
(६.५) टिट डिपिङ्गकोलागि लाग्ने खर्च :
यस प्रविधिवाट टिट डिपिङ्ग गर्दा एउटा गाई वा भैसीलाई एक वेतको लागि पोभिडिन आयोडिन र ग्लिसरिनको झोल करिव डेढ लिटर आवश्यक पर्दछ,भने उक्त झोलको मूल्य प्रति एम.एल.एक रुपैया पर्न जादा करिव रु एक हजार पाँच सय देखि दुई हजार सम्म खर्च लाग्दछ । त्यस्तै यसको विकल्पमा प्रयोग हुने स्प्रे औषधि विस्पे्रक स्प्रे (Wispreck Spray) १०० एम.एल.को मूल्य रु.दुई शय पचास पर्दछ । यो औषधि एक महिनाकोलागि करिव २०० एम.एल.आवश्यक पर्दछ र यसको मूल्य मासिक रु. पाच शय का दरले एक वेतको लागि करिव पाचहजार देखि छ हजार रुपैया सम्म पर्न जान्छ । टिट डिपिङ्ग प्रविधि भन्दा स्प्रे औषधि विस्पे्रक स्प्रे (Wisprek Spray) प्रयोग गर्दा 3 /4 दोब्बर खर्च बढी हुन जान्छ । यस कारण यो प्रविधि सरल, सस्तो, सुलभ, किफायती, विश्वसनीय र प्रभावकारी छ । कुनै पनि बस्तुको मूल्य स्थिर नरहने भएकोले स्थान र अवधि फरक पर्दा बस्तुको मूल्यमा फरक पर्न सक्दछ ।
(६.६) टिट डिपिङ्गको लागि आवश्यक पर्ने झोल औषधिको उपलब्धता :
पोभिडिन आयोडिन र ग्लिसरिन झोल औषधि नेपाल राज्य भरी जहां मेडिकल सेवा तथा औषधि पसल उपलब्ध छ त्यहां यसको उपलब्धता रहेको पाईन्छ ।
(७) थुनेलो रोगको रोकथामको लागि यसका अलावा अबलम्वन गर्नु पर्ने अन्य उपायहरु :
* दूध दुहुन अगाडि गाईभैंसीको कल्चौंडौ, थुन एवं दूध दुहुने मानिसले हात पोटास पानीले धुनु पर्दछ ।
* कल्चौंडो सफा गरिसके पछि सफा रुमालले पुछि दिनु पर्दछ ।
* हरेक दुई दुई हप्तामा दूध परीक्षण गरी थुनेलो रोगको निदान गर्नु पर्दछ ।
* थुनेलो रोग लागेको निदान भएमा दक्ष पशु चिकित्सकबाट तुरुन्तै उपचार गराई हाल्नु पर्दछ ।
* कल्चौंडो एवं थुनमा भएको दूध निथारेर दुहुने गर्नु पर्दछ ।
* गोठ र गोठ वरिपरि सधै सफा सुग्घर राख्नु पर्दछ ।
* दूध दिने गाईभैसीहरुलाई सधै सफा सुग्घर राख्नु पर्दछ ।
* दूध दुहुने व्याक्तिको व्याक्तिगत सरसफाई तथा सधै सफा सुग्घर रहनु पर्दछ ।
* दूध दूहुन प्रयोग हुने सरसमानहरु सधै सफा गर्नु पर्दछ ।
* दूध दुहुने अन्तराल सधै एउटै राख्नु पर्दछ ।
* थुन र कल्चौडोलाई धेरै चिसो र धेरै तातोवाट जोगाउनु पर्दछ ।
* धेरै दुधालु गाईभैसीहरुलाई व्याएको एक हप्ता सम्म धेरै दाना र वढी दूुध आउने आहारा कम गर्नु पर्दछ ।
* भखरै व्याएको गाईभैसीको कल्चौडो र सुत वरिपरिको भाग एन्टिसेप्टिक पानीले वा तताएर मनतातो पानीले सफा गर्ने गर्नु पर्दछ ।
* दूहुना गाईभैंसीहरुलाई बिहान बेलुका दूध दुहि सके पछि एक घण्टा सम्म बस्न नदिनको लागि घांस,पराल, हे, साईलेज वा अन्य आहारा खान दिनु पर्दछ जस्ले गर्दा तत्काल बस्दैनन र थुनमा फोहर लागि थुन संक्रमण हुन पाउदैन ।
* दूध दिई रहेका गाईलाई ब्याउनु भन्दा दुई महिना अगाडि दूध सुकाउनु पर्दछ ।
* धेरै दूध दिने गाई ब्याउने भई बाच्छालाई दूध छुटाएको अवस्थामा थुनबाट भित्र राखिने औषधिहरु प्रयोग गर्नु पर्दछ ।
* थुनेलो रोग लागेको बथानमा दूध दुहुदा सवैभन्दा पहिला निरोगी गाईभैसी दुहुनु पर्दछ ।
* रोगी पशु दुहुनु पर्दा सबैभन्दा पहिला निरोगी थुन दुहुनु पर्दछ अनि मात्र संक्रमित थुन दुहुनु पर्दछ ।
* रोगी थुनको दूध दुहेर उपभोगको लागि प्रयोग नगरी सुरक्षित साथ नष्ट गर्नु पर्दछ ।

(८) सहभागिता मूलक अनुसन्धान ( Participatory Research) :
नवलपरासी जिल्ला गैडाकोट नगरपालिका वडा नं. १० मुकुन्दपुर निवासी तथा सुवेदी नमुना पशु विकास फार्मका प्रोपराईटर श्री दधिराम सुवेदीका ( सम्पर्क नं. ९८४५०५२५९६) अनुसार टिट डिपिङ्ग प्रविधि एक बर्ष सम्म आफ्नो फर्ममा प्रयोग गरेको यसवाट थुनेलो रोग सो अवधिमा पुरै नियन्त्रण भएको जानकारी दिनु भयो । उनका अनुसार यो प्रविधि झन्झटिलो हुने, थुन चोप्दा झोल पोखिने, झोल तीन चार दिनमा र्फेनु पर्ने जस्ता समस्या भएता पनि स्प्रे गर्न मिल्ने गरी यो झोल प्रयोग गर्न सकिने हो भने यो साह्रै नै सस्तो, सुलभ, किफायति, प्रभावकारी र विश्वसनीय हुने कुरामा दुई मत नभएको बताउनु भयो । साथै वहाले हाल आफूले यो प्रविधि प्रयोग नगरेको र नेपालमा रहेका पशुपालन फार्महरु मध्ये आफ्नो फर्म सरसफाई तथा जैविक सुरक्षाको दृष्टिकोणले उच्चकोटीमा रहेकोले गर्दा पनि थुनेलो रोग देखानपरेको बताउनु भयो ।

(९)थुनेलो रोग लागेको पशुको दूध खान नहुने:

* थुनेलो रोग लागेको पशुको दूधमा रगत, लेद्रा वा छोक्रा, पिप लगायतका जीवाणुहरु मिसिएका हुन्छन यसकारण यस्तो दूध स्वास्थ्यको लागि हानिकारक हुन्छ ।
* थुनेलो रोग लागेको पशुको दूधमा ब्रुसेलोसिस (Brucellosis), क्षयरोग(Tuberculosis), साल्मोनेलोसिस (Salmonellosis), क्यू फिवर (Q Fever) लगायत अन्य जीवाणुहरु समेत हुनसक्ने भएकोले यी रोगहरु सर्न सक्दछन




लेखक: बासुदेव नाथ
पशु विकास अधिकृत
केन्द्रीय गाईभैंसी प्रवद्र्धन कार्यालय,
हरिहरभवन, ललितपुर

coop info


सहकारीका सिद्धान्तहरुः
सहकारी संस्थाहरु स्वावलम्बन, स्व–उत्तरदायी, प्रजातान्त्रिक, समानता न्याय र ऐक्यवद्धताका मूल्यहरुमा आधारित छन् । आफ्ना संस्थापकहरुको परम्परामा सहकारी संस्थाका सदस्यहरुले इमान्दारिता, खुलापन, सामाजिक दायित्व र अरुको चासो राख्ने नैतिक मूल्यहरुमा विश्वास राख्दछन् । सहकारीका मूल्य मान्यताहरुलाई कार्यरुपमा उतार्न यसका सिद्धान्तहरुले मार्गदर्शन गरिरहेका छन् ।
१. स्वैच्छिक तथा खुला सदस्यता 
सहकारी संस्था एक स्वच्छिक संगठन भएकोले यसको यसको सदस्यता पनि स्वेच्छिक हुन्छ । जुनसुकै जाति, धर्म र भेषभुषाका मानिसहरुले सहकारीको सदस्यता लिन र आफूलाई मन नपरेमा सदस्यता त्याग्न सक्छन । संस्थाको सेवा उपभोग गर्न र जिम्मेवारी वहन गर्न इच्छुक जो सुकै व्यक्तिहरुले विना भेदभाव सदस्यता प्राप्त गर्न सक्दछन् । यसको सदस्यता सदैव खुल्ला हुन्छ ।
२. सदस्यद्धारा प्रजातान्त्रिक नियन्त्रण 
यस सिद्धान्त अनुसार सहकारी संस्थाहरुमा सदस्यहरुद्धारा सदस्यकै लागि प्रजातान्त्रिक नियन्त्रण पद्धति अपनाईन्छ । सदस्यहरु मध्ये बाटै प्रजातान्त्रिक पद्धतिद्धारा कार्य समिति तथा उप समितिका सदस्यहरु बहुमत सदस्यको स्वीकृतिमा नीति निर्र्णातय गरी लागू गरिन्छ र्। एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्त अर्न्तर्गत सञ्चालन हुने प्रारम्भिक सहकारी संस्थाहरुमा एक व्यक्ति एक मतको अधारमा समान मताधिकार हुन्छ । 
३. सदस्यको आर्थिक सहभागिता 
यस सिद्धान्त अनुसार सहकारी संस्थामा सदस्यहरु आफ्नो लगानीको आधारमा न्यायिक रुपमा आर्थिक सहभागिता जनाउँछन् । संस्था नाफामा गएमा सदस्यहरुले नाफाको केही अंश संरक्षित पूँजीकोषको रुपमा सिमित बचत फिर्ता पाउँछन् र संस्थामा रहेको सम्पत्ति सवैको साझा हुन्छ । सहकारी संस्था सेवामूलक व्यबसाय भएकोले यसबाट आर्जित मुनाफालाई सदस्यहरुकै हित अर्थात संस्थामा जगेडा कोष खडा गर्न, ऋण सुरक्षण कोष स्थापना गर्न, संस्थाको विकास गर्न, सदस्यहरुलाई राहत दिन र सदस्यहरुद्धारा स्वीकृत विभिन्न कार्यक्रमहरुमा खर्च गर्ने ब्यबस्था गरिन्छ ।
४. स्वायत्तता र आत्मनिर्भरता 
सहकारी संस्था एक स्वायत्त निकाय भएकोले प्रचलित सहकारी ऐन, नियम तथा कानुन सँग नबाझिने गरी यसको सञ्चालन, सर्म्वर्द्धन गर्न आफ्नो नीति तथा कार्यक्रम आफै बनाउन र लागू गर्न सक्छ । यो एक आत्मनिर्भर संस्था भएको कारण पूँजी संकलन तथा लगानी गर्दा पारदर्शि तथा न्यूनतम आर्जनदर कायम गरी आत्मनिर्भर बन्न सक्दछ । 
५. शिक्षा, तालिम र सूचना 
सहकारी संस्था प्रभावकारी रुपमा सञ्चालन गर्न र आफ्ना सदस्यहरुलाई सुसुचित गराउन विभिन्न खालका शिक्षा तथा तालिम कार्यक्रमको आयोजना गरी संस्थाका पदाधिकारी एवं सदस्यहरुलाई संस्था सञ्चालन गर्न योग्य बनाउछ । सहकारीको सञ्चालन, लाभ तथा विकासको वारेमा सदस्यहरुलाई सूचना प्रदान गरी चेतना जगाउने कार्य गर्दछन् ।
६.सहकारी संस्थाहरुका वीच सहयोग 
यस सिद्धान्त बमोजिम सहकारी संस्थाहरु वीच आपसमा सहयोगहरु आदान प्रदान गरी स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा संचालन हुन्छन् । विभिन्न अन्तरक्रिया कार्यक्रमहरु, सामाजिक उन्नतीका साझा कार्यक्रमहरु आयोजना गरी आफ्ना सदस्यहरु र स्थानिय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संरचनामा सहभागि भई सहकारी आन्दोलनलाई र्मूतरुप दिन योगदान पु(याउछन् । 
७. समूदाय प्रति चासो 
यस सिद्धान्त बमोजिम सहकारी संस्थाहरुले आफ्ना समूदाय प्रंति र्पूण चासो राख्दछन् । समूदायका सदस्यहरु सम्मिलित भई समूदायकै सदस्यको हीतको निमित्त संचालित संस्था भएकोले समाजको विकास, विस्तार र चेतना अभिवृद्धि आदि कार्यहरुमा सहभागि भई समूदायको दिगो विकास गर्न लागि पर्दछन् ।

photo


photo


new photo


Talley




How to create new company?

Ø  Open the Tally Software first.
Ø Then you will see the Tally screen.
Ø From the menu choose Create Company option.
Ø You will see a form to be filled.
Ø Apply the name of company and other related information as asked in the form.
Ø In the Maintain field select Accounts Only or Accounts With Inventory as per the nature of your company.
Ø Apply Tally Vault Password if you want to secure your data in encrypted form otherwise skip this field.
Ø Select Yes in the field of Use Security Control option.
Ø Apply the name of administrator and type the password twice.
Ø Set No to Use tally audit feature and press Enter key.
Ø At last press enter key to save the applied information.
Ø Now you can keep your transactions in Tally After applying your user name and password.

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes