सेयर बजार उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ । मंगलबारको बजारमा पनि नेप्से परिसूचक ४३.०२ अंकले उकालो लागेर १५४५.१९ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.८६ प्रतिशतले बढेको हो ।
पछिल्लो एक साताको अवधिमा नेप्से परिसूचक १४५ अंकले उकालो लागिसकेको छ । गत मंगलबार नेप्से परिसूच १४०० अंकमा रहेको थियो । त्यसपछि निरन्तर जसो उकालो लागेर आज १५४५ अंकमा पुगेको छ ।
आजको बजारमा कूल २ अर्ब ९९ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभर कूल १८० कम्पनीको ७० लाख ५९ हजार कित्ता सेयर किनबेच भएको छ ।
जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १६ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ८ सय ३७ रुपैयाँ रहेको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीको क्रमशः १४ करोड ३६ लाख र १० करोड...