डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Tuesday, February 25, 2020

सेयर बजारमा उछाल कायमै

सेयर बजार उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ । मंगलबारको बजारमा पनि नेप्से परिसूचक ४३.०२ अंकले उकालो लागेर १५४५.१९ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.८६ प्रतिशतले बढेको हो ।
पछिल्लो एक साताको अवधिमा नेप्से परिसूचक १४५ अंकले उकालो लागिसकेको छ । गत मंगलबार नेप्से परिसूच १४०० अंकमा रहेको थियो । त्यसपछि निरन्तर जसो उकालो लागेर आज १५४५ अंकमा पुगेको छ ।
आजको बजारमा कूल २ अर्ब ९९ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभर कूल १८० कम्पनीको ७० लाख ५९ हजार कित्ता सेयर किनबेच भएको छ ।
जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १६ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ८ सय ३७ रुपैयाँ रहेको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीको क्रमशः १४ करोड ३६ लाख र १० करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजारमा कारोबारमा आएका सबैसमूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६७३ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा ३०७, उत्पादनमूलक ११८ अंकले उकालो लागेका छन् । म्युचअल फण्ड समूह बाहेक बाँकी समूह दोहोरो अंकले बढेका छन् ।
मंगलबार १३ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । जसमध्ये पनि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ ।
त्यस्तै, यूनिलिभर नेपालको ९.९९, शिखर इन्स्योरेन्सको ९.९८, लाइफ इन्स्योरेन्स कम्पनी नेपालको ९.९३, नेशनल हाइड्रो पावर कम्पनीको ९.८४, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको ९.७१, अपी पावर र राधी विद्युत कम्पनीको सेयर मूल्य ९.६३ प्रतिशतले उकालो लागेको छ ।
१८० वटा कम्पनीको कारोबार भएको बजारमा ९ वटा कम्पनी बाहेक बाँकी सबैको सेयर मूल्यमा वृद्धि भएको छ । मंगलबार १७१ कम्पनीका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा धेर थोर भने पनि कमाएका छन् ।
बाँकीले सामान्य अंकले गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी दिब्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ३.६३ प्रतिशत गुमाएका छन् । त्यस्तै, बाँकीले शुन्यदेखि साढे २ प्रतिशतसम्म गुमाएका छन् ।याे समाचार विकास न्यूिजबाट साभार गरिएकाे हाे ।

0 comments:

Post a Comment

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes