डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Thursday, May 21, 2020

Saturday, May 9, 2020

सहकारीमा आयकरको व्यवस्था : आर्थिक वर्ष २०७६/०७७

सहकारी समुदायमा आधारीत अर्थात सदस्यहरुको सामूहिक स्वामित्वमा आधारित सामुहिक व्यवसाय हो । सहकारी संघ/संस्थाको कारोवार (व्यापार) को प्रकृति अर्थातसहकारीको प्रकारको आधारमा आफ्ना व्यापार व्यवसाय संचालन गर्दछन् । कतिपय सहकारीहरुको व्यवसायिक गतिविधि सदस्यहरुभित्र मात्र सिमित रहेको हुन्छ भने कतिपय सहकारीहरुको व्यवसायिक गतिविधि सदस्यहरुका साथै अन्य व्यक्तिहरुसँग समेत रहेको हुन्छ । जुनसुकै प्रकारको सहकारी भएता पनि उनिहरुको गतिविधि भनेको व्यवसायिक कार्य नै हो र यसलाई एउटा व्यवसायिक निकायको रुपमा लिईन्छ । व्यवसायिक निकायको कार्यमा नाफा तथा नोक्सानको अंश अवश्य नै रहेको हुन्छ । मुलुकको सहकारी कानून (प्रत्यक्ष कानून) बमोजिम स्थापना भएका सहकारी संघ संस्थाहरुलाई कारोवार गर्ने शिलशिलामा राज्यका अन्य विभिन्न कानूनहरु पनि आकर्षित हुन्छन् । जस अन्तर्गत आयकर कानून सहकारीका व्यवसायिक गतिविधिका लागि एउटा मुख्य सरोकार...

Friday, May 8, 2020

नमुना सहकारीले प्रदेश सरकारबाट प्राप्त अनुदान रकम वितरण ।

🖋️सुनिल अर्याल हाँडीखाेला मनहरी गाउँपालिका वडा नम्बर–३ भुन्द्रुङ मा रहेको नमुना कृषक बहुमुखी सहकरी संस्थाले दुग्ध उत्पादक किसानहरुलाई अनुृदान रकम वितरण गरेको छ । संस्थाले आव ०७५/०७६ को बागमती प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयबाट प्रतिलिटर रु १ का दरले कुल रु.१४२२७९ प्राप्त भएको रकम आज वितरण गरेको हो । संस्थाका अध्यक्ष लाल ब मल्ल उपाध्यक्ष  केशव प्रसाद अर्याल सचिब राम प्रसाद  सुवेदी कोषाध्यक्ष बच्चुुराम उप्रेती लेखा संयोजक नरहरिनन्दन उप्रेती लेखा संयोजक नारायण  सुवेदी को उपस्थितिमा वडा सदस्य उद्दव मल्ल को रोहोबरमा उक्त रकम बितरण  गरिएको हाे...

Page 1 of 3112345Next

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes