🖋️सुनिल अर्याल हाँडीखाेला
मनहरी गाउँपालिका वडा नम्बर–३ भुन्द्रुङ मा रहेको नमुना कृषक बहुमुखी सहकरी संस्थाले दुग्ध उत्पादक किसानहरुलाई अनुृदान रकम वितरण गरेको छ । संस्थाले आव ०७५/०७६ को बागमती प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयबाट प्रतिलिटर रु १ का दरले कुल रु.१४२२७९ प्राप्त भएको रकम आज वितरण गरेको हो । संस्थाका अध्यक्ष लाल ब मल्ल उपाध्यक्ष केशव प्रसाद अर्याल सचिब राम प्रसाद सुवेदी कोषाध्यक्ष बच्चुुराम उप्रेती लेखा संयोजक नरहरिनन्दन उप्रेती लेखा संयोजक नारायण सुवेदी को उपस्थितिमा वडा सदस्य उद्दव मल्ल को रोहोबरमा उक्त रकम बितरण गरिएको हाे ।



May 08, 2020
स्मार्ट खबर.कम

Posted in: 

0 comments:
Post a Comment