डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Monday, January 25, 2021

नमुना सहकारीको नयाँ भबन उदघाटन

नमुना कृषक बहुमुखी सहकारी संस्था लि. मनहरी ३ को नयाँ भबन संचालनमा आएको छ / आज मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती बाट  बिधिबत रुपमा उक्त भवनको उदघाटन गरिएको छ / एग्रोभेट,सुपथ मूल्य उपभोक्ता पसल संचालन गर्ने उदेस्यका साथ निर्माण गरिएको उक्त भबन दुई वटा व्यबसायिक सटर सहित छ कोठा बराबरको  निर्माण भएको छ / उदघाटन कर्यक्रममा  संस्था का अध्यक्ष लाल बहादुर मल्ल,लेखा संयोजक नरहरीनन्दन  उप्रेती,सचिब राम प्रसाद सुबेदी, सदस्य बासुदेव ढकाल लगायतले आ आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो .

0 comments:

Post a Comment

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes