जिन्दगी रहरपनी हो र बाध्यतापनी हो जस्तो लाग्छ
कैलेकहि यो सबै समयको मनपरी हो जस्तो लाग्छ
जनसङ्ख्या बृद्धिको प्रकोप ह्वात्तै बढेको बेला
हत्यारा बन्नु पनी त एउटा प्रगती हो जस्तो लाग्छ
एकदिन चिहानमा तिमिलाई राखेर आगो राखिन्छ
आज तिमिलाई पैसा भनेको नै जिन्दगी हो जस्तो लाग्छ
जब जब तिमिले बनाएका घाउका खाटाहरु देख्छु
मदिरा,मदिरा होईन औषधी हो जस्तो लाग्छ



May 20, 2021
स्मार्ट खबर.कम
Posted in: 

0 comments:
Post a Comment