डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Sunday, June 20, 2021

सफलताको कथा

कृषकको नाम : बसन्त कुमार अर्याल

ठेगाना : मनहरी ३ ,भुन्द्रुंग मकवानपुर

मनहरी गांउपालिका  ३ भुन्द्रुङ बस्ने ४१ वर्षिय बसन्त कुमार अर्याल रोजगारीको सिलसिलामा लामो समयसम्म काठमार्डौ बसे तर उनको कमाइले दैनिक गुजारा चलाउन सिवाय केहि उपलब्धि नभएपछि गाउमानै केहि गर्छु भन्ने उदेश्यका साथ यस ठांउमा आएर जग्गा खरिद गरी २०६८ सालदेखी कृषि पेषामा लागे सुरुमा उनले आफ्नै हिसावले परम्परागत तरिकाले तरकारी खेती सुरु गरे र गाइपालनलाई प्राथमिकतामा राखि दुध उत्पादन तिर लागे तर उनमा सिप ज्ञानको कमि अथमा अन्य कारणले उनि गाइपालन व्यवसायबाट सफल हुन सकेनन् र तरकारि खेतिवाटपनि सोचेजस्तो सफलता हासिल गर्न सकेनन् र परविार चालउन उनलाइ निकै समस्या पर्दै गयो त्यसपछि उनि परिवार लाइ यहि छाडेर अरुकै कृषि फर्ममा कामदारको रुपमा काम गर्न दाङ जिल्ला तिर गए र उने त्यहा कृषि सम्वन्धि केहि कुराहरु विधिहरु सिकेर पुन यहि आई कृषि कार्य गर्ने सोच बनाए त्यसै क्रममा नमुना कृषक बहुमुखी सहकारीले किसान २ परियोजना संग सहकार्य गरि संचालन गर्न लागेको कृषि कार्यक्रममा उनिपनि सहभागि भई संस्थाले गठन गरेको उद्यमशिलता कृषक समुहको अध्यक्ष पदमा रहि संस्थाको कृषि प्राविधिकको राम्रो साथ र सहयोग लिइ समुहमै क्ष्एm तालिम नर्सरी व्यवस्थापन तालिम पोष्ट हार्भेष्ट तालिम बालिपात्रो निमार्ण , अभिलेखिकरण  आलि तालिमलिई आधुनिक र बैज्ञानिक तरिकाले तरकारी खेती सुरु गरे । बजारमागमा आधारीत रहेर उनले आफ्नो खेतमा विभिन्न जातका तरकारी हरु उत्पादन गरी राम्रो आम्दानि लिएर गाउमै एउटा नमुना कृषकको रुपमा नाम चिनउन सफल भएका छन् उनले हाल एक वर्षमा तरकारी खेतीबाट रु सात लाख सम्म आम्दानि लिन थालेका छन् सोहि आम्दानिबाट आफ्नो छोरो हाल १२ कक्षामा क्अष्भलअभ विषय बढिरहेको,पुराना ऋणहरु चुक्ता गरेको,नर्या घर निर्माण गर्न थालिएको र  आफनो पारिवारिक आर्थिक अवस्था राम्रो हुदै गएको उनि बताउछन् ।   

0 comments:

Post a Comment

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes