कृषकको नाम : कमल प्रसाद अर्याल
ठेगाना : मनहरी ३ ,भुन्द्रुंग मकवानपुर
मनहरी गांउपालिका ३ भुन्द्रुङ बस्ने ६५ वर्षिय कमल अर्याल लामो समयदेखी कृषि पेशामा संलग्न रहदै आएका कृषक हुन प्राविधिक ज्ञान नपाएका उनि परम्परागत तरिकाले कृषि पेषा गर्दै आइरहेका थिए र उनिमा आफ्नो व्यवसायमा कति लगानि लाग्यो कति आम्दानि भयो र त्यसबाट कति नाफा भयो त्यसको समेत जवाफ थिएन तैपनि आफ्नो काम गरिरहन्थे र केहि समस्या परेमा विषदि पसलमा गएर पसलेले दिएअनुसारको विषादि प्रयोग गर्दथे यसै क्रममा यसै सहकारी ले किसान २ परियोजना संग समन्वय गरी संचालन गरेको कृषि कार्यक्रममा शक्ति जनमुखी कृषक समुहमा उनिपनि सामेल भइ प्राविधिक कुराहरु सिक्न थाले क्ष्एः पद्धतिबाट खेतिगर्न सुरु गरे उनले समुहमै क्ष्एm तालिम नर्सरी व्यवस्थापन तालिम पोष्ट हार्भेष्ट तालिम बालिपात्रो निमार्ण , अभिलेखिकरण आदि तालिमलिई आधुनिक र बैज्ञानिक तरिकाले तरकारी खेती सुरु गरे संस्थाको प्राविधिकसंग राम्रो समन्वय गरी विभिन्न पासो,ल्युर,जैविक विषादि आदि प्रयोग गरी स्वच्छ तरकारी उत्पादन गर्न थाले अहिले उनि आफ्नो बालिमा केहि समस्या आएमा कसरि समाधान गर्ने आफै निर्णय गर्न सक्ने भएका छन् र तुलनात्मक रुपमा क्ष्एः पद्धतिबाट खेति गर्दा लागत समेत कम पर्न जाने उनि बताउछन् तरकारी खतीबाट आफ्नो ६ जनाको परिवार सजिलै चलाई केहि रकम बैक मा जम्मा गर्न समेत सफल भएको उनि बताउछन् उनले तरकारी खेतीबाट वार्षिक ५ लाख सम्म बचत भएको बताए हाल उनले अरुलाइ समेत यस पद्धतिबाट कृषिपेषा गर्न प्रोत्साहित पादै आइका छन् ।
0 comments:
Post a Comment