डेंगु रोगबाट बच्ने उपायहरू :

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ : १.पानी जम्न नदिने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ | २.पुरै शरीर ढाक्ने कपडा लगाउने लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ | ३.लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ | ४.ढोका झ्याल बन्द राख्ने झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |

Sunday, June 20, 2021

सफलताको कथा

 



कृषकको नाम  माधव कुमार वर्तौला (धर्म)

ठेगाना मनहरी ३ ,भुन्द्रुंग मकवानपुर

मनहरी गांउपालिका  ३ भुन्द्रुङ बस्ने ३९ वर्षिय माधव कुमार वर्तौला(धर्म) रोजगारीको सिलसिलामा लामो समयसम्म खाडि मुलुक  बसे तर खासै उपलब्धि नभएपछि गाउमानै केहि गर्छु भन्ने उदेश्यका साथ स्वदेश फर्किए र कुखुरापालन व्यवसाय सुरु गरे आर्थिक अभावको कारण उनले सुरुमा सामान्य तरीकाले ४–५ सय जति ब्रोइलर कुखुरा पालन गर्न थाले त्यसै क्रममा यसै ठाउमा रहेको नमुना कृषक बहुमुखी सहकारीले युवा तथा साना व्यवसायि स्वरोजगार कोष संग समन्वय गरी संचालन गरेको  युवा स्वरोजगार कार्यक्रम उनिपनि सहभागि भई २०७०।०१।०५ मा रु २००००० ऋण लगि व्यवसायिक तरीकाले आफ्नो व्यवसाय संचालन गर्न थाले र उनले त्यसबाट भएको सम्पुर्ण आम्दानि व्यवसाय विस्तारमानै लागानी गर्दै गए हाल ९–१० हजार सम्म ब्रोइलर र लेयर्स कुखुरा पालन गरी अण्डा तथा मासुबाट मनग्य आम्दानि लिइरहेका छन् र गाउमा अरुले समेत उनिबाट सिकि कुखुरा पालन गरीरहेका छन् र गाउमै एउटा नमुना कृषकको रुपमा नाम चिनउन सफल भएका छन् कुखुराबाट हुने आम्दानि बजार भाउमा भर पर्ने उनि बताउछन् कुनै बेला वर्ड ºलु र अन्य कारण कम नाफा हुने र अनुकुल वातावरण हुंदा १५–१६ लाख सम्म आम्दानि हुने उनि बताउछन । सोहि आम्दानिबाट आफनो पारिवारिक आर्थिक अवस्था राम्रो हुदै गएको उनि बताउछन् ।



0 comments:

Post a Comment

 
Design by Blog Theme | Bloggerized by Sunil aryal | coupon codes