‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशुलीको पहिलो आइपीओ, यस्तो भुक्तानी व्यवस्था
सरकारले फागुन २ गते घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत
त्रिशुलीको आइपीओ जारी हुन लागेको हो । उक्त घोषणा अनुसार पहिलो किस्ता
अन्तर्गत लगानीकर्ताले आवेदनका साथ खरिद गर्न प्रतिबद्धता गरेको रकमको १०%
बुझाउनुपर्छ ।
आयोजना निर्माणको न्यूनतम ७५% भौतिक प्रगति हासिल भएपछि मात्रै
प्रतिबद्धता अनुसारको बाँकी ९०% रकम दोस्रो किस्तामा बुझाउनुपर्ने व्यवस्था
छ ।
त्रिशुली जलविद्युत आयोजनाको कुल क्षमता ३७ मेगावाट रहेको छ । सरकारले
जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ
लागतमा १९ वटा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम घोषणाकै बेला चैतमा पहिलो सेयर
जारी हुने बताएका थिए । सरकारले प्रदेश नं २ बाहेक अन्य ६ वटै प्रदेशमा
आयोजना निर्माण गर्न प्रस्ताव गरेको छ । ६ वटा प्रदेश गरेर कुल ३ हजार ४७९
मेगावटको १९ अयोजना निर्माण हुनेछन् । सबैभन्दा धेरै प्रदेश १ मा ६ वटा
आयोजना बन्ने भएका छन् ।
0 comments:
Post a Comment