एउटा शरीर ढलेर गयो
साथ नपाउदा लडेर गयो
कतैबाट साहारा नपाएपछी
मर्यो सिनो बनी सडेर गयो
अस्तु,देह मिल्यो जमिनमा
चिताको आगोमा जलेर गयो
त्यो दिन हाम्रो पनि आउछ
हो नमिठो छाप छोडेर गयो
दुइदिन को पाउना धर्ती को
अधुरो यो यात्रा मोडेर गयो
“सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता”
श्री बाल जीवन ज्योति मा.बि. मकरी
मनहरी १, मकवानपुर, वागमती प्रदेश, नेपाल
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
शैक्षिक सत्र २०८१ का लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्म नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउदछौ
सम्पर्क नं. ९८४३६८७८३५, ९८४१३७६१४८, ९८४५१६२६००
व्यावसायिक योजना के हो ?
तपाईंको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले र कसरी गर्ने) भन्ने विषयमा एकै ठाउँमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यवसायिक योजना हो।
२. व्यावसायिक योजनामा कस्ता जानकारीहरु उल्लेख हुनुपर्छ ?
तपाईंले सुरु गर्ने व्यवसायमा आउन सक्ने सबै किसिमका समस्याहरुको उत्तर हुनुपर्छ। ती प्रश्नको उत्तर तपाईको व्यावसायिक योजनामा समावेश भएको हुनुपर्छ। ती हुन् :–
– तपाईंको व्यवसायको नाम, उदेश्य के हो ?
– मेशिन उपकरण के कति चाहिन्छ ? के कस्ता दक्षताका कति कामदार चाहिन्छ ?
– कति पूँजी आवश्यक पर्छ ? अन्य खर्चहरू के कति लाग्ला ?
– लगानीको कति नाफा पाउन सकिन्छ ?
–तपाईंले कुन/कस्तो गुणस्तरको वस्तु/सेवा उत्पादन गर्ने वा दिने हो ?
– कति परिमाणमा उत्पादन गर्ने हो, सेवा दिने हो ?
– वस्तु/सेवाको बजार क्षेत्र कहाँ हो ?
– बजार माग कस्तो छ ? त्यहाँ कस्ता उमेर समूह र रुचिका मान्छेहरु बस्छन् ?
– तपाईंको व्यावसायका प्रमूख चुनौति के–के हुन्, ती चुनौति सामना गर्ने तपाईका बिकल्प के छन् ?
३. व्यवसायिक योजना किन चाहिन्छ ?
– व्यवसाय सञ्चालन गर्दा अलमल नभइकन दैनिक काम तथा निर्णयहरु गर्न व्यावसायिक योजना चाहिन्छ।
– व्यवसायका लागि ऋण लिँदा व्यवसायिक योजना भयो भने ऋण लिन सजिलो र छिटो पनि हुन्छ।
– लगानी गर्ने कि नगर्ने लेखाजोखा गर्न व्यावसायिक योजना चाहिन्छ।
– तपाईंले गर्न लाग्नुभएको व्यवसायमा कुन–कुन कुराहरु राम्रा छन्, कुन–कुन कुराहरुको कमी छ ? त्यसको लेखाजोखा गर्न व्यावसायिक योजना चाहिन्छ।
४. व्यावसायिक योजनामा अरु के गर्ने ?
– व्यावसायिक योजना व्यवसायी आफैँले बनाउन गाह्रो भयो भने पढेलेखेका अरु साथीभाइ, आफन्त वा पैसा तिरेर जान्ने मान्छेको पनि मद्दत पनि लिन सकिन्छ। तर, त्यसमा व्यावसाय गर्ने मान्छेको भिजन समेट्ने कुरामा ध्यान दिनुपर्छ।
– समय–समयमा विभिन्न संघसंस्थाहरुले व्यावसायिक योजना बनाउने सम्बन्धि तालिमहरु पनि दिइरहेका हुन्छन्, त्यहाँ गएर पनि तालिम लिन सकिन्छ।
Posted in: Business Studies 12 Class
Posted in: Business Studies 12 Class
वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु
Posted in: Account 10 Class
Posted in: Account 10 Class
> आर्थिक कारोबारहरु का लागि तयार गरिएका प्रारम्भिक अभिलेखहरू ठिक छन् या छैनन् सम्बन्धित खाताहरुमा ठिक संग प्रविष्टि गरिए गरिएनन् सोको परीक्षण गरी हेर्ने बिधि संतुलन परीक्षण हो।
> दोहोरो लेखा प्रणाली अनुसार तयार गरिने हुँदा सन्तुलन परिक्षण मा डेबिट र क्रेडिट को योगफल बराबर हुनुपर्छ।
> एक निश्चित समयमा सम्पूर्ण बही खातालाई बन्द गरी त्यसको डेबिट र क्रेडिट मौज्दातलाई क्रमबद्ध रूपमा शिर्षक अनुसार राखिन्छ जसबाट डेबिट को रकम र क्रेडिटको रकम मेल खान्छ खादैन भनी जाँच गरिन्छ। यदि डेबिट र क्रेडिट बराबर छन् भने गोश्वरा भौचर तथा बहीखाता ठिक छन् तथा बराबर छैन भने कारोबारको प्रविष्टि ठिक छैन भन्ने बुझ्नुपर्दछ।
> सन्तुलन परिक्षण ले लेखा अंकित कारोबारको अंकगणितीय शुद्धताको पहिचान गर्दछ।
> सन्तुलन परिक्षण लाई खाताहरु निचोड तथा लेखा सम्बन्धी गल्तिहरु को निरुपण गर्ने साधनको रुपमा मानिएको छ।
सन्तुलन परिक्षण को महत्व:
> सुरुको अभिलेखको हिसाबको परीक्षण गर्न,
> खाताको सारांश पत्ता लगाउन,
> अंकगणितीय शुद्धता परीक्षण गर्न,
> अन्तिम खाता तयार गर्ने आधार बनाउन,
> गल्ती पत्ता लगाई सुधारमा सहयोग गर्न,
> लेखापरीक्षणमा मद्दत पुर्याउन,
> व्यवस्थापनमा सहयोग पुर्याउन,
> दोहोरो प्रविष्टि सम्बन्धी गल्तीहरु पत्ता लगाउन,
> वासलात तयारीको आधिकारिकता प्रमाणित गर्न,
> अभिलेखहरू विश्वसनीय बनाउन मद्दत गर्दछ,
> लेखा राख्ने क्रममा तयार गरिएका अभिलेखहरू को अंकगणितीय शुद्धताको जाँच गर्नमा सहयोग गर्दछ,
> गल्ती तथा छलकपट रोकथाम गर्न मद्दत गर्दछ,
> दोहोरो प्रविष्टि सम्बन्धि गल्तीहरु सुधार गर्न सहयोग पुर्याउँछ,
> विभिन्न खाताहरु को सारांश प्रदान गर्दछ आदि।
सन्तुलन परिक्षण को उद्देश्य:
> खाताहरु को सारांश पत्ता लगाउनु,
> अंकगणितीय शुद्धता परिक्षण गर्नु,
> अन्तिम खाता तयार गर्ने आधार बनाउनु,
> गल्ती पत्ता लगाई सुधारमा सहयोग गर्नु,
> सुरु अभिलेखका हिसाबको परीक्षण गर्नु,
> लेखापरीक्षणमा मद्दत पुर्याउनु,
> दोहोरो प्रविष्टि सम्बन्धी गल्तिहरु पत्ता लगाउनु,
> वासलात तयारीको आधिकारिकता प्रमाणित गर्नु आदि।
Posted in: Account 10 Class

