https://www.youtube.com/watch?v=TDr_BsDzNTU
Fill Data In Combo box
1.
click Developer tab
2.
Click View code option
3.
Double click data entry form
4.
right click
desire combo box
5.
click properties
6.
Row source -Set Data range of sheet
7.
save
मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर ५ राज दमार स्थायी बसोबास गर्ने बिरबल काजि मोक्तान आफ्नो ४ जनाको परिवार सहित १० कठ्ठा पाखो बारीमा परम्परागत खेती गर्दथे जसबाट उनको परिवारलाई ६ महिना मात्रै खान पुग्ने अन्न मुस्किलले उब्जाउथे । ज्याला मजदुरी गरेर परिवार धान्दै आएका उनले बेकरी उद्योगमा उत्पादन भएको सामानहरू पसलसम्म पुर्याउने कामको सुरूवात गरे यसैक्रममा बिस्तारै काम सिक्दै दुनोट घरमै बनाई पसलहरूमा बेच्न सुरूवात गरे । घरमै दुनोट उत्पादन व्यवशाय सुरू गरेका उनले बिभिन्न सहकारी सस्था, स्थानिय बेकरी उद्योग, मकवानपुर उद्योग बाणिज्य सघं , युवा व्यवशायी स्वरोजगार कोष आदिबाट बिभिन्न समयमा तालिमहरू लिई ब्यबसायीक रूपमा बेकरीका सामानहरू उत्पादन गर्न सक्षम भए । प्रयाप्त लगानी को अभावमा सिमित उत्पादन गरिरहेका उनले युवा तथा साना व्यवसायी तथा स्वरोजगार कोष मकवानपुर बाट परम्परागत पेशा व्यवसायलाई सुधार गर्दै युवाहरूलाई स्वरोजगार बनाउने तथा बिपन्न बर्गको आर्थिक अवस्था उकास्ने उदेश्यले बकैया ५ मा रहेको पावस दुग्ध उत्पादक सहकारी सस्था ली ले युवा ब्यबसायी स्वरोजगार कोषको सहयोमा युवा व्यवसायीहरूलाई लगानी उपलब्ध गराईरहेको जानाकारी पाएपछी उक्त सहकारी को शेयर सदस्य बनी स्वरोजगार कोषको कर्जाबाट सहुलियत ब्याजदरको रू २०००००/- ( दुईलाख रूपैयाँ मात्रै) कर्जा लगानी रकम प्राप्त गरि आधुनिक भट्टी, ओभन, लगायत मेसिन उपकरणको जडानगरी ब्यबस्थित रूपमा उद्योग दर्ता गरी दिदीभाई बेकरी उद्योग सञ्चालन गरेका छन् । हाल उनको बेकरी उद्योगमा परिवार का २ जना तथा अन्य ४ जना गरी ६ जनाले नियमित रोजगारी पाईरहेका छन् । दैनिक १०० केजी बेकरी सामग्री उत्पादन गरिरहेको उनले हाल आम्दानी राम्रो भएकोले घरायसी खर्च गरी बाँकी रकम सहकारीहरुमा मासिक रुपमा बचत गरी हाल मासिक बचतमा वृद्धि गरेका छन्। सहकारीमा नियमित वचत तथा किस्ता बुझाएका छन् । आर्थिक अवस्थामा अझ प्रत्यक्ष सुधार भई हाल मासिक औसत रु.३०,०००।– (तिस हजार) भन्दा बढी मासिक खुद नाफा बचत गर्न सफल भएका छन् ।यसरी उनले युवा तथा साना ब्यवशायी स्वरोजगार कोष मार्फत बेरोजगार युवाहरूलाई ऋण लगानी गरेर आधुकिन प्रविधिमामा आधारीत बेकरी उत्पादन व्यवशायबाट स्वरोजगारको अवसर प्राप्त गरि जिवनस्तर सुधार तथा आय आर्जनमा बृद्धि गरी नमुना उद्योगी/व्यवसायी बन्न सकिन्छ भनि अन्य बेरोजगार युवाहरूलाई प्रेरणाको स्रोत बनेका छन् ।
🖋 सुनिल
अर्याल,मनहरी
मनहरी गाउँपालिका वडा नम्बर–३
भुन्द्रुङ मा रहेको नमुना कृषक बहुमुखी सहकरी संस्थाले दुग्ध उत्पादक किसानहरुलाई उत्पादनका आधारमा आनुदन रकम वितरण गरेको छ । संस्थाले आव ०७६/०७७ को पशु पन्छी तथा
मत्स्य विकास निर्देसनालय बागमती प्रदेश बाट प्रतिलिटर रु २ का दरले कुल रु.३०६९७२ प्राप्त भएको रकम आज वितरण गरेको हो ।
संस्थाको संचालक समिति तथा जन प्रतिनिधि को उपस्थितिमा उक्त रकम बितरण गरिएको हो । यस प्रकारको
अनुदान सहयोग ले कृषक हरु प्रोत्साहित भई देसलाई दुधमा आत्म निर्भर बनाउन सकिने देखिन्छ । दुधको
भुक्तानीमा हुने ढिलाई र प्रतिकुल समयमा दुधको बजारीकरणमा आउने समस्या समाधान गर्न सकिए दुध उत्पादन प्रति कृषक अझै आकर्षित हुने देखिन्छ ।
कृषकको नाम माधव कुमार
वर्तौला (धर्म)
ठेगाना मनहरी ३ ,भुन्द्रुंग मकवानपुर
मनहरी गांउपालिका ३ भुन्द्रुङ बस्ने ३९ वर्षिय माधव कुमार
वर्तौला(धर्म) रोजगारीको सिलसिलामा लामो समयसम्म खाडि मुलुक बसे तर खासै उपलब्धि नभएपछि गाउमानै केहि गर्छु
भन्ने उदेश्यका साथ स्वदेश फर्किए र कुखुरापालन व्यवसाय सुरु गरे आर्थिक अभावको
कारण उनले सुरुमा सामान्य तरीकाले ४–५ सय जति ब्रोइलर कुखुरा पालन गर्न थाले त्यसै
क्रममा यसै ठाउमा रहेको नमुना कृषक बहुमुखी सहकारीले युवा तथा साना व्यवसायि
स्वरोजगार कोष संग समन्वय गरी संचालन गरेको
युवा स्वरोजगार कार्यक्रम उनिपनि सहभागि भई २०७०।०१।०५ मा रु २००००० ऋण लगि
व्यवसायिक तरीकाले आफ्नो व्यवसाय संचालन गर्न थाले र उनले त्यसबाट भएको सम्पुर्ण
आम्दानि व्यवसाय विस्तारमानै लागानी गर्दै गए हाल ९–१० हजार सम्म ब्रोइलर र लेयर्स
कुखुरा पालन गरी अण्डा तथा मासुबाट मनग्य आम्दानि लिइरहेका छन् र गाउमा अरुले समेत
उनिबाट सिकि कुखुरा पालन गरीरहेका छन् र गाउमै एउटा नमुना कृषकको रुपमा नाम चिनउन
सफल भएका छन् कुखुराबाट हुने आम्दानि बजार भाउमा भर पर्ने उनि बताउछन् कुनै बेला
वर्ड ºलु र अन्य कारण
कम नाफा हुने र अनुकुल वातावरण हुंदा १५–१६ लाख सम्म आम्दानि हुने उनि बताउछन ।
सोहि आम्दानिबाट आफनो पारिवारिक आर्थिक अवस्था राम्रो हुदै गएको उनि बताउछन् ।
कृषकको नाम : कमल प्रसाद अर्याल
ठेगाना : मनहरी ३ ,भुन्द्रुंग मकवानपुर
मनहरी गांउपालिका ३ भुन्द्रुङ बस्ने ६५ वर्षिय कमल अर्याल लामो समयदेखी कृषि पेशामा संलग्न रहदै आएका कृषक हुन प्राविधिक ज्ञान नपाएका उनि परम्परागत तरिकाले कृषि पेषा गर्दै आइरहेका थिए र उनिमा आफ्नो व्यवसायमा कति लगानि लाग्यो कति आम्दानि भयो र त्यसबाट कति नाफा भयो त्यसको समेत जवाफ थिएन तैपनि आफ्नो काम गरिरहन्थे र केहि समस्या परेमा विषदि पसलमा गएर पसलेले दिएअनुसारको विषादि प्रयोग गर्दथे यसै क्रममा यसै सहकारी ले किसान २ परियोजना संग समन्वय गरी संचालन गरेको कृषि कार्यक्रममा शक्ति जनमुखी कृषक समुहमा उनिपनि सामेल भइ प्राविधिक कुराहरु सिक्न थाले क्ष्एः पद्धतिबाट खेतिगर्न सुरु गरे उनले समुहमै क्ष्एm तालिम नर्सरी व्यवस्थापन तालिम पोष्ट हार्भेष्ट तालिम बालिपात्रो निमार्ण , अभिलेखिकरण आदि तालिमलिई आधुनिक र बैज्ञानिक तरिकाले तरकारी खेती सुरु गरे संस्थाको प्राविधिकसंग राम्रो समन्वय गरी विभिन्न पासो,ल्युर,जैविक विषादि आदि प्रयोग गरी स्वच्छ तरकारी उत्पादन गर्न थाले अहिले उनि आफ्नो बालिमा केहि समस्या आएमा कसरि समाधान गर्ने आफै निर्णय गर्न सक्ने भएका छन् र तुलनात्मक रुपमा क्ष्एः पद्धतिबाट खेति गर्दा लागत समेत कम पर्न जाने उनि बताउछन् तरकारी खतीबाट आफ्नो ६ जनाको परिवार सजिलै चलाई केहि रकम बैक मा जम्मा गर्न समेत सफल भएको उनि बताउछन् उनले तरकारी खेतीबाट वार्षिक ५ लाख सम्म बचत भएको बताए हाल उनले अरुलाइ समेत यस पद्धतिबाट कृषिपेषा गर्न प्रोत्साहित पादै आइका छन् ।
कृषकको नाम : बसन्त कुमार अर्याल
ठेगाना : मनहरी ३ ,भुन्द्रुंग मकवानपुर
मनहरी गांउपालिका ३ भुन्द्रुङ बस्ने ४१ वर्षिय बसन्त कुमार अर्याल रोजगारीको सिलसिलामा लामो समयसम्म काठमार्डौ बसे तर उनको कमाइले दैनिक गुजारा चलाउन सिवाय केहि उपलब्धि नभएपछि गाउमानै केहि गर्छु भन्ने उदेश्यका साथ यस ठांउमा आएर जग्गा खरिद गरी २०६८ सालदेखी कृषि पेषामा लागे सुरुमा उनले आफ्नै हिसावले परम्परागत तरिकाले तरकारी खेती सुरु गरे र गाइपालनलाई प्राथमिकतामा राखि दुध उत्पादन तिर लागे तर उनमा सिप ज्ञानको कमि अथमा अन्य कारणले उनि गाइपालन व्यवसायबाट सफल हुन सकेनन् र तरकारि खेतिवाटपनि सोचेजस्तो सफलता हासिल गर्न सकेनन् र परविार चालउन उनलाइ निकै समस्या पर्दै गयो त्यसपछि उनि परिवार लाइ यहि छाडेर अरुकै कृषि फर्ममा कामदारको रुपमा काम गर्न दाङ जिल्ला तिर गए र उने त्यहा कृषि सम्वन्धि केहि कुराहरु विधिहरु सिकेर पुन यहि आई कृषि कार्य गर्ने सोच बनाए त्यसै क्रममा नमुना कृषक बहुमुखी सहकारीले किसान २ परियोजना संग सहकार्य गरि संचालन गर्न लागेको कृषि कार्यक्रममा उनिपनि सहभागि भई संस्थाले गठन गरेको उद्यमशिलता कृषक समुहको अध्यक्ष पदमा रहि संस्थाको कृषि प्राविधिकको राम्रो साथ र सहयोग लिइ समुहमै क्ष्एm तालिम नर्सरी व्यवस्थापन तालिम पोष्ट हार्भेष्ट तालिम बालिपात्रो निमार्ण , अभिलेखिकरण आलि तालिमलिई आधुनिक र बैज्ञानिक तरिकाले तरकारी खेती सुरु गरे । बजारमागमा आधारीत रहेर उनले आफ्नो खेतमा विभिन्न जातका तरकारी हरु उत्पादन गरी राम्रो आम्दानि लिएर गाउमै एउटा नमुना कृषकको रुपमा नाम चिनउन सफल भएका छन् उनले हाल एक वर्षमा तरकारी खेतीबाट रु सात लाख सम्म आम्दानि लिन थालेका छन् सोहि आम्दानिबाट आफ्नो छोरो हाल १२ कक्षामा क्अष्भलअभ विषय बढिरहेको,पुराना ऋणहरु चुक्ता गरेको,नर्या घर निर्माण गर्न थालिएको र आफनो पारिवारिक आर्थिक अवस्था राम्रो हुदै गएको उनि बताउछन् ।
ल्यापटप वा डेस्कटपमा काम गर्दै जाँदा विस्तारै डिभाइस स्लाे भएको भएको महसुस गर्नुभएकाे छ हाेला । यसका कारण धेरै हुन सक्छन् । तर, त्यसमध्ये एउटा कारण पक्कै पनि क्यास फाइल नै हो ।
क्यास फाइल तपाईंले प्रयोग गर्ने प्रोग्राम र सिस्टमले सिर्जना गर्ने टेम्पोररी फाइल हुन् । डिभाइसमा भरिएर बस्ने यस्ता फाइल डिलिट गर्ने सहज तरिका हुँदाहुँदै पनि हामीले त्यसलाई हटाउने गरेका हुन्नौं । जसले गर्दा तपाईंको कम्प्युटरको स्पेस भरिने समस्या हुन्छ । स्लो चल्न थाल्छ ।
त्यसैले समय–समयमा क्यास फाइल डिलिट गर्न आवश्यक छ । क्यास फाइल डिलिट नगर्दा तपाईंको कम्प्युटर तथा ल्यापटप स्लो हुनुका साथै अन्य विभिन्न समस्यासमेत देखा पर्न सक्छन् । त्यसैले यहाँ हामी तपाईंले विण्डाेज १० मा क्यास फाइल डिलिट गर्ने सहज तरिका सिकाउँदै छौं ।
त्योभन्दा अघि क्यास फाइल दुई प्रकारका हुन्छन भन्ने कुरा बुझ्न जरुरी छ । जसमा एउटा टेम्पोररी फाइल र अर्को फाइल एक्सप्लोरर हिस्ट्री । त्यसैले अब हामी यहाँ सुरुवातमा टेम्पोररी फाइल क्यास डिलिट गर्ने तरिका सिकाउँदै छौं ।
यती गरेसँगै तपाईंको फाइल डिलिट हुने केही समय लाग्न सक्छ । त्योसँगै तपाईंकाे टम्पोररी फाइल क्यास डिलिट हुनेछ ।
यती गरेसँगै तपाईंको विण्डाेज १० मा रहेको फाइल एक्सप्लोरर हिस्ट्री सबै हट्नेछ ।
जिन्दगी रहरपनी हो र बाध्यतापनी हो जस्तो लाग्छ
कैलेकहि यो सबै समयको मनपरी हो जस्तो लाग्छ
जनसङ्ख्या बृद्धिको प्रकोप ह्वात्तै बढेको बेला
हत्यारा बन्नु पनी त एउटा प्रगती हो जस्तो लाग्छ
एकदिन चिहानमा तिमिलाई राखेर आगो राखिन्छ
आज तिमिलाई पैसा भनेको नै जिन्दगी हो जस्तो लाग्छ
जब जब तिमिले बनाएका घाउका खाटाहरु देख्छु
मदिरा,मदिरा होईन औषधी हो जस्तो लाग्छ
यादहरु सारथि भएपछी,
आँशुहरु मन्जिल बनाइरहें !!
जुन संगै सपना सजाएर,
रातहरु झिलमिल बनाइरहें!!!
न तोडिए वाचा कसमहरू,
ज्युन झन् मुस्किल बनाइरहें!!
घर बिक्रिमा छ मेरो गोठ बिक्रिमा छ ,
वर्षौँ पूरानो रहिरहेको त्यो चोट
बिक्रिमा छ।।
देखेका सारा सपना लिलाम गर्दै छु,
फूल नफूल्दै झरेको ,त्यो बोट
बिक्रिमा छ॥॥
झुटो मायामा भुलायौ ठिकै गर्यौ ।
पराईमा राखी खुलायौ ठिकै गर्यौ ।।
झुट सहन सक्दिन थाहा हुँदा नि ।
मिठो त्यो झुटले रुलायौ ठिकै गर्यौ ।।
दु:खीको सहारा कोही हुन्न साथमा ।
मायालु भ्रम मा डुलायौ ठिकै गर्यौ ।।
बिझ्ने काँडा भाको रैछ माया तिमीलाई ।
माया गरे झैँरी झुलायौ ठिकै गर्यौ ।।
पिल्सिएर पीडाले गलेको मुटु यो ।
अचानोले थिची धुलायौ ठिकै गर्यौ ।।
पोलेको घाउमा नुनचुक छर्काएर ।
चुक अमिलो घुलायौ ठिकै गर्यौ ।।
प्रतीतपत्र भन्नाले ग्राहकको (आयातकर्ता र निर्यातकर्ता) अनुरोधमामा बैंकले ग्यारेन्टी बसिदिने एक बैंकिङ प्रक्रिया हो । यस्तो कारोबार सामान्यतया अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग गरिन्छ । जसबाट, आयातकर्तामाथि निर्यातकर्ताले कारोबारको भुक्तानी पाउने विश्वसनीयता प्रत्याभूत गरेको हुन्छ । यसमा आयातकर्ता ग्राहकले विदेशबाट सामान खरिद गर्न विदेशी निर्यातकर्तालाई अनुरोध गर्छ ।
यसका लागि ग्राहकले मात्र सक्दैन । आयातकर्ता देशको बैंक जमानत चाहिन्छ । आयातकर्ता देशको बैंकले निर्यातकर्ता देशको बैंकलाई रकम भुक्तानी हुने ग्यारेन्टी गर्ने प्रक्रियालाई नै लेटर अफ केडिट (एलसी) भनिन्छ । यता, सामान आइसकेपछि पैसा भुक्तानी गर्न आयातकर्ताको बैंक बाध्य हुन्छ भने नमुनामा देखाइएको गुणस्तरअनुसार सामान पाउने ग्यारेन्टी निर्यातकर्ताको बैंकले प्रत्याभूत गरेको हुन्छ ।
सामान्यतया प्रतीतपत्र निम्न प्रकारका हुन्छन् :
१) रिभोकेबल (परिवर्तनीय) एन्ड इभोकेबल एलसी
२) स्ट्यान्ड बाई एलसी
३) कन्फर्मड (निश्चित) एलसी
४) ट्रान्सफरेबल (हस्तान्तरणीय) एलसी
५) ब्याक टु ब्याक (एकपछि अर्को निरन्तर) एलसी
६) पेमेन्ट एट साइट (पाउनेबित्तिकै भुक्तानी गर्नुपर्ने) एलसी
७) डिफर्ड पेमेन्ट (भुक्तानी सार्न मिल्ने) एलसी
८) रेड क्लाउज एलसी
प्रतीतपत्र खोल्ने प्रयोजनका लागि निवेदनसहित निम्न कागजात बैंकसमक्ष पेस गर्नुपर्ने हुन्छ :
(क) आयातकर्ता फर्मको अद्यावधिक दर्ता प्रमाणपत्र
(ख) अध्यावधिक आयकर दर्ता प्रमाणपत्र
(ग) नेपाल राष्ट्र बैंकले प्रदान गरेको विविनि फारम
(घ) प्रोफर्मा इन्भ्वाइस, वा करारपत्र
यस्तो कागजातमा निम्न व्यहोरा खुलेको हुनुपर्नेछ :
⇒सामानको नाम, ब्रान्ड र मोडेल नम्बर भए सोसमेत
⇒सामान उत्पादन गर्ने मुलुकको नाम
⇒एकाइ मूल्य, परिमाण र जम्मा मूल्य
⇒सिआइएफ, एफओबी, सिएफआर कागजात
⇒भुक्तानीको किसिम
⇒कम्तीमा आठ अंकको हार्मोनिक कोड
⇒आयातकर्ता तथा निर्यातकर्ताको नाम, ठेगाना र टेलिफोन
१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।
२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउछ। यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ।
३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला। आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ।
४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला। यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ। तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला। छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल र एन्टिबायोटिक ) खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ।
५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला। अक्सिजनले रोग निको गर्दैन। चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ। अक्सिजन उपचार हैन। धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ।
६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ। तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला। अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न कुनै उपचार पाउनुहुन्छ।
७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन। यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ।
८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला।
९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला। यसपटकको प्रजाति निकै संक्रामक छ।
१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला।
११. पानीको बाफ लिंदा आराम हुन्छ।
१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला।
१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला।
१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला। नआत्तिनुहोला।
१५. दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला। सामाजिक संजाल नहेर्नुहोला। अनधिकृत समाचारले तनाव बढाउँछ।
१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला ।
( जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे)
यस्तोमा यो कुरा निश्चित छ कि विण्डोज टेन प्रयोगकर्ताबीच निकै नै लोकप्रिय छ । माइक्रोसफ्टका अनुसार अहिले १ अर्बभन्दा धेरै ल्यापटप तथा कम्प्युटरमा विण्डोज टेन अपरेटिङ सिस्टम रन भइरहेको छ ।
विण्डोज टेन सार्वजनिक भएको ६ वर्षभन्दा धेरै भइसकेको छ । तर अझै पनि यसका कतिपय फिचर र ट्रिक्स धेरै प्रयोगकर्तालाई थाहा छैन ।
यसमा तपाईंले स्टार्टअप प्रोसेसको स्पिड बढाउनेदेखि हराएका फाइलहरु खोज्ने, प्रयोग गरिरहेको प्रोग्राम बन्द गर्ने लगायतका सबै काम तपाईँले विण्डोज टेनमा सहजै गर्न सक्नुहुन्छ ।
साथै विण्डोज टेनका धेरै पक्षहरुलाई कस्टमाइज समेत गर्न सकिन्छ । आज हामी तपाईंलाई विण्डोज टेनका यस्तै दश ओटा ट्रिक्सका बारेमा बताउँदै छौं ।
१. छिटो स्क्रोल गर्न कीबोर्डको ट्रिक
तपाईंसँग राम्रो स्क्रोल ह्विल भएको फेन्सी माउस छ भने स्क्रोल गर्न एकदमै सजिलो हुन्छ । तर यदि माउसले राम्रो काम गरिरहेको छैन भने कीबोर्डको प्रयोग गर्नुहोस् ।
ब्राउजर खोल्नुहोस् र पेजलाई तलतिर स्क्रोल गर्न स्पेसबारमा थिच्नुहोस् । अब माथि स्क्रोल गर्न चाहानुहुन्छ भने सिफ्ट की र स्पेसबारलाई एकसाथ थिच्नुहोस् ।
तपाईँले जुनसुकै ब्राउजरमा यो ट्रिक प्रयोग गर्न सक्नुहुन्छ । यदि यसो गर्दा काम भएन भने आफूले चलाउन खोजेको पेजको ब्याकग्राउण्डमा क्लिक गरिदिनुहोस् ।
२. आफ्नो सिक्रेट मेनुमा एक्सेस गर्नुहोस्
तपाईंको विण्डोज स्टार्ट मेनु ल्यापटपको बायाँ तर्फ सबैभन्दा तल्लो कुनामा हुन्छ । त्यहाँ क्लिक गरेपछि तपाईंले आफूले सर्वाधिक प्रयोग गर्ने प्रोग्रामका साथै कम्प्युटर सेटिङको पावर अप्सन र सर्टकट देख्न सक्नुहुन्छ ।
तर के तपाईंले कहिल्यै सिक्रेट स्टार्ट मेनुको बारेमा सुन्नु भएको छ ? आफ्नो किबोर्डको विण्डोज की र एक्स कीलाई एकसाथ ट्याप गर्नुहोस् ।
यसो गर्दा तपाईं एड्भान्स मेनुमा पुग्नुहुन्छ, जहाँ डिभाइस म्यानेजर, टास्क म्यानेजर तथा डिस्क म्यानेजर जस्ता अप्सनहरु हुन्छन् । यो चलाउन एकदमै सजिलो, शर्टकट र सफा हुन्छ ।
३. डिस्क क्लिनअप टूलको मद्दतले फोहोर हटाउनुहोस्
नयाँ कम्प्युटरमा फाइल व्यवस्थापन गर्न धेरै गाह्रो काम हो । अनावश्यक फाइल डिलिट गर्नेदेखि आवश्यक फाइल सही तरिकाले फोल्डरमा मिलाएर राख्नुपर्ने हुन्छ । डेस्कटपलाई सफा गर्नुपर्छ ।
यदि तपाईंको डेस्कटमा धेरै अनावश्यक कुराहरु छन् र स्पेस खाली गर्न तिनलाई सफा गर्नुपर्ने छ भने सबैभन्दा पहिले स्क्रिनको तल बायाँ भागमा जानुहोस् । त्यहाँ टास्कबारमा ‘Disc Cleanup’ सर्च गर्नुहोस् र त्यसलाई खोल्नुहोस् ।
जब तपाईंले डिस्क क्लिनअप एप खोल्नुहुन्छ तब एउटा ड्रप डाउन मेनु देख्नुहुन्छ, जसले तपाईंलाई सफा गर्न चाहेको ड्राइभ छनौट गर्ने मौका दिन्छ ।
यहाँबाट तपाईंले डाउनलोड प्रोग्राम फाइल, टेम्पोररी क्यास इन्टरनेट फाइल, विण्डोज इरर रिपोर्ट, रिसाइकल बिन कन्टेन्ट जस्ता विभिन्न फाइलहरुलाई डिलिट गरेर तपाईंले स्पेस खाली गर्न सक्नुहुन्छ ।
४. दुईवटा क्विक की स्ट्रोक्सको सहयोगले जूम ईन र जूम आउट गर्नुहोस्
आफूले हेरिरहेको वेब पेजलाई ठूलो वा सानो बनाएर हेर्न मन छ भने जूम ईनका लागि कन्ट्रोल कीसँगै माथि रहेको प्लस बटन थिँच्नुहोस् ।
यस्तै वेब पेज जूम आउट गर्न कन्ट्रोलसँग माइनस बटन थिँच्नुहोस् । यदि पुरै स्क्रिनमा जूम ईन गर्न चाहानुहुन्छ भने विण्डोज बटनसँगै प्लस बटन थिँच्नुहोस् ।
५. स्क्रिनशट्स लिनुहोस्
जब स्क्रिनशट्सको कुरा आउँछ, त्यसका लागि धेरै अप्सनहरु हुन्छन् । केही उपयोगी अप्सनबारे यहाँ बताउँदै छौं ।
क) यदि स्क्रिनको सिङ्गल भाग लिने हो भने विण्डोज की, सिफ्ट अनि एस बटन एकसाथ थिच्नुहोस् । यसो गर्दा स्निप र स्केच आउँछ र स्क्रिनसट्सको लिन चाहेको भागलाई कर्सरले कोरेर तान्नुहोस् ।
अब यसलाई आफ्नो क्लिपबोर्डमा जोड्नुहोस् । त्यो इमेज स्क्रिनको दायाँ कुनामा तल्लो भागमा पपअप हुन्छ ।
यदि तपाईंले यसलाई सही समयमा क्याच गर्नु भएन भने टास्कबारको दायाँतिर रहेको नोटिफिकेसन आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईँले स्निप इमेज देख्नुहुनेछ, त्यसलाई सेभ गर्न क्लिक गर्नुहोस् ।
ख) पुरै स्क्रिनलाई क्याप्चर गर्न विण्डोज की र प्रिन्ट स्क्रिन कीलाई एकसाथ क्लिक गर्नुहोस् । अब फोटोज एपमा गएर आफ्नो स्क्रिन सट्स हेर्नुहोस् ।
ग) पुरै ईमेल वा वेबपेजको स्क्रिनसट्स लिने चाहनुहुन्छ भने ब्राउजर एक्सटेन्सन उपयुक्त अप्सन हो । क्रोम र माइक्रोसफ्ट एजमा गोफूलपेजमा स्क्रिनशट्सका लागि तपाईंले निःशूल्क भर्सन पाउनुहुनेछ ।
५. ईमोजी
ईमोजीको प्रयोग स्मार्टफोनमा मात्र नभएर ल्यापटप तथा कम्प्युटरमा समेत बनाउन सकिन्छ । कम्प्युटरको किबोर्डको सहयोगमा तपाईंले सहजै ईमोजी तयार पार्न सक्नुहुन्छ ।
यसका लागि तपाईंले विण्डोज की र फुल स्टप की एकसाथ दबाउनुपर्ने हुन्छ । यति गरिसकेपछि तपाईंले एउटा नयाँ स्क्रिन देख्नुहुनेछ, जसमा ईमोजी दिइएका हुन्छन् । अब तपाईंले माउसको सहयोगमा यसमा रहेका कुनै पनि ईमोजी छानेर प्रयोग गर्न सक्नुहुन्छ ।
६. कपी पेस्ट
त्यसो त कपी पेस्ट सबैजसो प्रयोगकर्ताका लागि सामाान्य विषय हो । विण्डोज टेनको क्लिपबोर्ड हिस्ट्री फिचरको प्रयोग गरेर तपाईंले कपी पेस्टलाई अझ सहज र प्रभावकारी बनाउनु सक्नुहुन्छ ।
यसको माध्यमबाट तपाईंले सबै कपी गरिएका सामग्रीलाई एकसाथ एउटै स्थानमा स्टोर गर्न सक्नुहुन्छ । यो फिचर विण्डोजमा पहिले थिएन ।
यसका लागि तपाईंले विण्डोज कीको साथमा भी दबाउनुपर्ने हुन्छ । त्यसपछि क्लिपबोर्ड हिस्ट्री खुल्नेछ र तपाईंले त्यसलाई सेट गर्न सक्नुहुनेछ ।
तपाईंले सबै कपी गरिएका विषयवस्तुलाई क्लिपबोर्ड हिस्ट्रीको रुपमा देख्न सक्नुहुनेछ । जसलाई डबल क्लिक गरेर प्रयोग गर्न सकिन्छ ।
यसबाट के हुन्छ भने तपाईंले एकपछि अर्को गर्दै विभिन्न टेक्स्टहरु कपी गर्दै जान सक्नुहुन्छ र त्यसलाई एकै ठाउँमा पाउन सक्नुहुन्छ । एक एक गर्दै कपी पछि पेस्ट गरिरहनु पर्दैन ।
७. फोकस असिस्ट
विण्डोज टेनमा एउटा फोकस असिस्ट फिचर रहेको छ । यो डु नट डिस्टर्ब फिचर जस्तै हो । यसलाई अन गरेपछि तपाईंले नोटिफिकेसन देख्न सक्नुहुन्न ।
यसमा तीन वटा विकल्प हुन्छन् । जसमा टर्न अफ, प्रायोरिटी र अलार्म मोड रहेका छन् ।
जसलाई तपाईंले आफ्नो आवश्यकता र अनुकुलतामा सेट गर्न सक्नुहुन्छ । टास्क बारमा गएर “Focus Assist” सर्च गर्नु भयो भने तपाईंले यो फिचर फेला पार्न सक्नुहुनेछ ।
८. वाईफाई कनेक्सन शेयर गर्नुहोस
विण्डोज टेनमा आफ्नो वाईफाई जो कसैसँग शेयर गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो विण्डोज टेनको इन्टरनेट कनेक्सनबाट अर्को डिभाइसमा कनेक्ट गराउन सक्नुहुन्छ ।
यसका लागि तपाईंले टास्कबारबाट नेटवर्क स्टाटसमा गएर हटस्पट सेट गर्न सक्नुहुन्छ । त्यहाँ तपाईंले हटस्पटको नाम र पासवर्ड देख्न सक्नुहुनेछ ।
छिल्लो समय सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताका संख्या हरेक दिन बढिरहेको छ । अझ सेयर कारोबार अनलाइनमार्फत् नै गर्न मिल्ने भएपछि लगानीकर्ताहरु यसतर्फ आकर्षित भएको देखिन्छ । नेपालमा सेयरको कारोबार शुरु हुँदा बैंकमा गएर सेयर खरिदका लागि आवेदन दिनु पर्ने अवस्था थियो । त्यसपछि ब्रोकर कार्यालयमा गएर चिच्चाएर अर्डर दिनुपर्ने अवस्था थियो ।
समय क्रमसँगै सेयर कारोबार अनलाइनबाट पनि सम्भव भएको छ । जसलाई हामी टीएमएस भन्छौं । नेप्सेका अनुसार अहिले औसतमा ८० प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाट मात्रै हुन थालेको छ । नेप्सेका अनुसार टीएमएस लिनेको संख्या करिब ३ लाख ५० हजार पुगेको छ । तथ्यांक हेर्दा हालसम्म २८ लाख ८३ हजारभन्दा बढीले डिम्याट अकाउन्ट खोलेका छन् । त्यसैगरी मेरो सेयर खोल्नेहरुको संख्या पनि १५ लाखभन्दा बढी छ ।
तथ्यांक हेर्दा पछिल्लो १ वर्षमा मात्रै दोब्बरभन्दा बढीले डिम्याट र मेरो सेयर खोल्ने बढेका छन् । कोरोना महामारीको शुरुवातमा आएको नेपाल पुनर्बीमा कम्पनी र हालै निष्कासन भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओका कारण डिम्याट र मेरो सेयर लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।
अझ सानो लगानीबाट पनि सेयर कारोबार गर्न सकिने भएकाले मानिसहरुले आफूले बचत गरेर राखेको पैसा सेयरमा लगानी गर्न थालेको देखिन्छ । अन्य कुनै व्यवसाय शुरु गर्नका लागि १÷२ लाख रुपैयाँले पुग्दैन । तर सेयरमा लगानी गर्नका लागि २० हजारबाट मात्रै शुरु गर्छु भन्न पनि सकिन्छ वा त्योभन्दा कम पैसाबाट लगानी शुरु गर्न सकिन्छ ।
के हो टीएमएस ?
टीएमएसको पूरा रुप हो, ट्रेड म्यानेजमेन्ट सिस्टम । यो अनलाइनबाट सेयर कारोबार गर्नका लागि प्रयोग गरिन्छ । परम्परागत रुपमा ब्रोकर कार्यालयमा गएर मौखिक वा लिखितरुपमा सेयर खरिद वा बिक्रीको आदेश दिएपछि मात्रै सेयर कारोबार हुन्थ्यो । तर टीएमएस आइसकेपछि यो सेवा लिएका लगानीकर्ताले ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता छैन ।
लगानीकर्ताले घर, कार्यालय वा आफू बसेकै ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका डिभाइसमा लगइन गरी सेयर कारोबार गर्न सक्छन् । यसका लागि सबैभन्दा पहिले तपाईंले कुनै ब्रोकर कार्यालयमा गएर टीएमएस सेवा लिनुपर्ने हुन्छ । यो लिए वापत कुनै शुल्क लाग्दैन । ब्रोकर कार्यालयमा केवाई (नो युअर कस्टमर)फारम अपडेट गराएपछि टीएमएसका लागि फारम भर्नुपर्ने हुन्छ । ब्रोकर कार्यालय अनुसार सोही दिन वा भोलिपल्टसम्म तपाईंको इमेलमा टीएमएसको युजर नेम र पासवर्ड आउँछ ।
ब्रोकर कार्यालयलाई उनीहरुको नामसँगै १, २, ३ जस्ता नम्बरले पनि चिनिन्छ । यदि तपाई ब्रोकर नम्बर १ मा गएर टीएमएस सेवा लिनुहुन्छ भने तपाईंले www.tms01.nepsetms.com.np मा गएर ब्रोकर कार्यालयबाट उपलब्ध गराइएको युजर नेम र पासवर्ड टाइम गरी लगइन गर्नुपर्ने हुन्छ । ब्रोकर कार्यालयको नम्बर ब्राउजरमा टीएमएस लगइन गर्दा नै उल्लेख हुन्छ ।
यसरी युजर नेम र पासवर्ड आइसकेपछि तपाईंसँग भएको सेयर बिक्री गर्नका लागि कुनै समस्या छैन । तपाईंले विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार गर्न सक्नुहुन्छ । त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सक्नुहुन्छ । टीएमएसबाट सेयर बिक्री गर्नका लागि तपाईंले अर्डरमा क्लिक गरेर सेल भन्ने अप्सनमा गइसकेपछि कम्पनीको नाम, बिक्री गर्न चाहेको सेयरको मात्रा र मूल्य लेखेर बिक्री गर्न सक्नुहुन्छ । यसरी बिक्री भए वा नभएको तत्कालै देख्न सकिन्छ ।
यसरी सेयर मूल्य राख्दा तत्कालको मूल्यभन्दा अधिकतम र न्यूनतम २ प्रतिशतसम्ममा राख्न सकिन्छ । त्यसैगरी टीएमएसबाट कुनै कम्पनीको सेयर खरिद गर्दा पनि बाइ अर्डरमा गएर कम्पनीको नाम, खरिद गर्न चाहेको कित्ता र मूल्य राखेर समिट गर्न सकिन्छ । तर यसका लागि तपाईंसँग खरिद गर्न लागेको कुल रकमको २५ प्रतिशत रकम टीएमएसमा धितोका रुपमा राख्नुपर्ने हुन्छ । तपाईंले ब्रोकर कार्यालयमार्फत् कनेक्ट आइपीएसमार्फत् टीएमएसको कोल्याट्रर राख्न सक्नुहुन्छ ।
कोल्याट्रलरमा जति रकम देखिन्छ त्यसलाई २५ प्रतिशत रकम मान्न सकिन्छ । जस्तै तपाईंको कोल्याट्रलमा २५ हजार रुपैयाँ छ भने तपाईंले १ लाख रुपैयाँसम्मको सेयर खरिद गर्न पाउनु हुन्छ । तपाईंले अर्डर र सेयर खरिद गरेसँगै धितोका रुपमा राखिएका कति रकम खर्च भयो भन्ने देखिन्छ ।
यदि तपाईंले सेयर खरिद गर्नु भयो भने त्यसवापतको पैसा ब्रोकर कार्यालय वा कनेक्ट आइपीएसमार्फत् भुक्तानी गरिसकेपछि धितो पुरानै अवस्थामा देखिन्छ । यसरी खरिद गरेको सेयर कित्ता ३ दिनभित्रमा तपाईंको खातामा आइसक्नुपर्ने व्यवस्था छ भने सेयर बिक्री गरे वापतको पैसा ३ दिनभित्र तपाईंको बैंक खातामा आइसक्छ ।
सेयर कारोबार गर्दा कति लाग्छ शुल्क ?
सेयर कारोबार भनेको खरिद वा बिक्री गर्नु हो । तपाईंले कुनै सेयर खरिद वा बिक्री गर्दा लाग्ने खर्च कतिको कारोबार हो भन्नेले अर्थ राख्छ । अर्थात् तपाईंले ५० हजार रुपैयाँसम्मको कारोबार गर्नु भएको छ भने ०.४ प्रतिशत शुल्क बुझाउनु पर्छ भने ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत शुल्क, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.३० प्रतिशत शुल्क १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत शुल्क लाग्छ । सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ भने डिपी शुल्क भनेर प्रतिकारोबार २५ रुपैयाँ लाग्छ । त्यसबाहेक धितोपत्र बोर्डले पनि ०.०१५ प्रतिशत कमिसन लिन्छ